"नेपाल प्रहरी" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
सा बोट: स्वचालित पाठ परिवर्तन (-बि.सं. +वि.सं.)
पङ्क्ति ११६:
===प्रहरी सङ्गठनको सुरुवात===
शान्ति-सुरक्षा कार्यमा प्रहरीलाई व्यवस्थित रूपमा परिचालन गर्ने कार्य सन् १९१४ देखि शुरू भएको थियो । यसै साल [[चन्द्र शमशेर जङ्गबहादुर राणा|चन्द्र शमशेर]]ले पहिलो पुलिस सवाल जारी गरी [[वीरगञ्ज महानगरपालिका|वीरगञ्ज]]को शान्ति-सुरक्षा कायम गर्ने जिम्मा प्रहरीलाई सुम्पेका थिए । अगष्ट १९१४ मा [[चन्द्र शमशेर जङ्गबहादुर राणा|चन्द्र शमशेर]]ले अङ्ग्रेज सरकारलाई ८००० फौज तत्कालै सहयोग पठाउन स्वीकार गरे। [[चन्द्र शमशेर जङ्गबहादुर राणा|चन्द्र शमशेर]] कै शासनकालमा सन् १९२८ सम्ममा [[तराई]]का अन्य जिल्लाहरूमा पुलिस गोश्वरा, थाना तथा चौकीहरू स्थापना गर्न [[चन्द्र शमशेर जङ्गबहादुर राणा|चन्द्र शमशेर]]ले विभिन्न सवालहरू जारी गराए।
सन् १९१९ (बिवि.सं. १९७६ पौष)को अन्त्यतिर [[चन्द्र शमशेर जङ्गबहादुर राणा|चन्द्र शमशेर]]ले काठमाडौँ उपत्यकाको शान्ति-सुरक्षाको व्यवस्था प्रहरीलाई सुम्पिने हेतू जिल्ला-पुलिस इन्स्पेक्टर सवाल जारी गरे। यस सवालले [[काठमाडौँ|काठमाडौँ उपत्यका]]मा शान्ति-सुरक्षाका निमित्त एउटा सदर पुलिस गोश्वरा, ६ थाना र १७ चौकी खडा गरी सदर पुलिस गोश्वारा हनुमान ढोकामा स्थापना गरीयो भने ६ थानामध्ये चार थानाहरू क्षेत्रपाटी, [[असन, काठमाडौँ|असन]], कालभैरव र जैसीदेवलमा तथा बाँकी २ थाना ललितपुर र भक्तपुरमा एक एक खडा गरिए। बाँकी चौकीहरू उपत्यकाको शहरी क्षेत्र वरिपरि स्थापना गरिए।
 
===नेपाल पुलिस फोर्स गठन===
२००७ सालको क्रान्ति पश्चात नेपालका बिभिन्न भागमा छरिएर रहेका प्रहरी इकाईहरूलाई संगठित रूपमा परिचालन गर्न सन् १९५१ तिर प्रहरी प्रधान कार्यालयको स्थापना गरी प्रहरी प्रशासनको सम्पूर्ण जिम्मा प्रहरी महानिरीक्षकलाई लगाईएको थियो। [[तोरण शमशेर जङ्गबहादुर राणा|तोरण शमशेर ज.ब.रा.]] पहिलो प्रहरी महानिरिक्षकका (IGP) रूपमा नियुक्त भएका थिए।
सन १९५५ मा प्रहरी व्यवस्थामा बिद्यमान कमजोरीलाई हटाइ यसलाई सङ्गठनात्मक रूपमा सुदृढ पार्न तत्कालिन [[महेन्द्र वीर विक्रम शाह|राजा महेन्द्र]]बाट प्रहरी सुधार आयोगको गठन भयो। यसको सुझावको आधारमा सन् १९५५ (बिवि.सं. २०१२)मा प्रहरी सङ्गठनलाई नेपाल पुलिस फोर्सको रूपमा बैधानिक स्वरूप प्रदान गरियो।
 
==पद तथा श्रेणी बिभाजन==
पङ्क्ति २५७:
===अपराध अनुसन्धान विभाग===
पृष्ठभूमि
लोक कल्याणकारी राज्यको अवधारणा अनुरूप नागरिकको जिउ धनको सुरक्षा गर्न, शान्ति सुव्यवस्था कायम गर्न, मानव अधिकारको संरक्षण गर्न एवं जनकल्याणकारी सेवाहरू प्रदान गर्ने संागठनिक उदेश्य पूर्ति गर्न नेपाल प्रहरी सङ्गठन भित्र विभिन्न विभाग, निर्देशनालय, व्यूरो, तथा महाशाखा शाखाहरूको स्थापना गरिएको छ। यसै अनुरूप अपराध अनुसन्धान विभाग पनि एक महत्वपूर्ण विभाग हो। अपराधिक क्षेत्रमा देखिएको चुनौतिहरूको सामना गर्न अपराध अनुसन्धान विभागको स्थापना हुनु पर्ने भन्ने प्रहरी सुझाव आयोग वि.सं.२००८को सुझाव अनुसार बिवि.सं. २००८ सालमा Central Intelligence Bureau स्थापनाभई एउटा महाशाखाको रूपमा काम गर्दै आएकोमा वि.सं.२०४९ साल पछि यस अपराध अनुसन्धान विभागको स्थापना भएको पाईन्छ।
 
नेपाल प्रहरीको प्रशासनिक सङ्गठनात्मक संरचना अनुसार अपराध अनुसन्धान विभाग प्रहरी प्रधान कार्यालयको प्रत्यक्ष मातहतमा रहेको छ। प्रहरीमा उपलव्ध साधन श्रोतलाई प्रभावकारी ढंगबाट परिचालन गरी अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने यस विभागको प्रमुख उदेश्य रहेको छ। यसका लागि प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग तथा मातहतमा ४०१, काठमाडौँ उपत्यका भित्र १७१ र सो वाहेक पाँचवटा क्षेत्रिय प्रहरी कार्यालयहरूमा १७११ गरी अपराध अनुसन्धान समूह तर्फजम्मा २३७५ जना कर्मचारीहरूको दरवन्दी रहेको छ जुन नेपाल प्रहरीको कूल दरवन्दी संख्या ५६०६९को ४.२३ प्रतिशत मात्र हो।
"https://ne.wikipedia.org/wiki/नेपाल_प्रहरी" बाट अनुप्रेषित