"भानुभक्तीय र तुलसीकृत रामायण" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
पङ्क्ति ३५:
बनोटका पर्याधार (फ्रेम) मा पाइने लघुघटकहरूको कार्य र एउटा घटकको अर्का घटकसँग हुने सम्बन्धलाई बुनोट भनिन्छ । यो लघु, सीमित वा खण्डात्मक साहित्यिक प्रभावको तह हो । बनोट अमूर्त हुन्छ भने बुनोट मूर्त हुन्छ । भानुभक्तीय रामायणमा तथा रामचरितमानसमा बुनोटका घटकहरूमध्ये [[छन्द]], रस, अलङ्कारको प्रयोगबारे निम्नानुसार सामान्य विश्लेषण गर्नु यस लेखको प्रमुख उद्देश्य रहेको छ :
====छन्दविधान====
छन्द ग्रिक शब्द metron बाट व्युत्पन्न metre को नेपाली रूपान्तर हो । metron को अर्थ मापन भन्ने हुन्छ । संस्कृतमा छद्/छन्द् धातुमा घञ् प्रत्यय लागेर व्युत्पन्न छन्दको अर्थ बाँध्नु, आवृत्त गर्नु, रक्षित गर्नु प्रसन्न गर्नु भन्ने हुन्छ (लुइटेल २०६० : १३९)।<ref>लुइटेल, डा.खगेन्द्रप्रसाद (२०६० : १३९), '''[[कविता]] सिद्धान्त र नेपाली कविताको इतिहास''', काठमाडौंकाठमाडौँ : [[नेपाल प्रज्ञा प्रतिष्ठान|नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान]]</ref> यसबाहेक छन्द शब्दले आनन्द दिने वस्तुलाई पनि बुझाउँछ । छन्दकाव्य भनेको पद्यकाव्य हो, किनभने छन्द शब्द पद्यको पर्यायवाची मानिन्छ । जुन रचना स्वर र लयका आधारमा वर्ण र मात्राको निश्चत संख्या र विश्रामको नियमले नियमित हुन्छ, त्यसलाई छन्द भनिन्छ, अर्थात् नियमित आवर्ती रूपविधानलार्इ भाषिक ढाँचा भजिन्छ भने उस्ता ढाँचाका आवृत्तिको नियमसमूहलार्इ काव्यशास्त्रले '''छन्द'''को संज्ञा दिएको छ (शर्मा ...पूर्ववत्)।<ref>शर्मा, ----- (२०५५:१९), '''समकालीन समालोचना सिद्धान्त र प्रयोग''', काठमाडैां : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान </ref> यस परिभाषाबाट छन्द काव्यको अनिवार्य वस्तु हो र यसले आनन्द प्रदान गर्दछ भन्ने कुराको पुष्टि गर्दछ ।
=====भानुभक्तीय रामायणमा छन्द=====
नेपाली साहित्यको काव्यधाराको अध्ययनबाट के देखिन्छ भने नेपाली साहित्यमा छन्दको बीज प्राथमिक कालमा अङ्कुरित भएर आधुनिक कालमा पल्लवित एवं पुष्पित हुँदै अद्यावधि अविच्छिन्न रूपमा काव्यको स्थायी सम्पदा बन्दै आएको छ । यसरी हेर्दा प्राथमिक कालीन कविहरूमा भानुभक्त आचार्य नै यस्ता कवि हुन् जसले रामायणमा वार्णिक छन्दको विस्तृत एवं व्यापक प्रयोग गरेर यसको गरिमा बढाएका छन् । रससिद्ध कविका लागि छन्दबन्धन रहँदैन तापनि छन्द गतिको मर्यादा र सजीवताको द्योतक भएको हुनाले कविले आºना कृतिमा आत्मानुभूतिको जीवन्त गतिमय प्रवाहलाई छन्दको मर्यादाभित्र समावेश गराएर विभिन्न छन्दको प्रयोग गरेका छन् ।
पङ्क्ति ८३:
 
====रसविधान====
'''....रसो वै सः । रसो ह्येवायं लब्ध्वाऽऽनन्दी भवति''' । <ref>कल्याण उपनिषद् अङ्क ११ औं पुनर्मुद्रण (सं. २०६८ : ३४९), '''तैत्तिरीयोपनिषद् सप्तम अनुवाक्''', गोरखपुर,भारत : गीताप्रेस</ref>अर्थात् त्यो(ब्रह्म) नै रस हो । रसलाई पाएर नै त्यो आनन्दमग्न हुन्छ । सुप्रसिद्ध गौडीय वैष्णव आचार्य रूपगोस्वामीले भक्ति रसलाई रसतत्व प्रदान गरेको पाइन्छ । उनको कृति हरिभक्तिरसामृत सिन्धुमा भक्तिरसलाई शास्त्रीय रूप प्रदान गरिएको छ । उनले भक्ति रसलाई मूल रस र अन्य नव रसलाई भक्ति रसमा अन्तर्निहित रस मानेका छन् । त्यसैगरी मधुसूदन सरस्वती (१६०० इ) पनि भक्ति रसलाई शास्त्रीय रूप प्रदान गर्ने अर्का विद्वान् हुन् । केही आचार्यहरूले भक्तिरसलाई शान्तरसभित्रै अन्तर्भाव गरेका छन् । <ref>नेपाली साहित्यकोश (२०५५ : ५४४/४५), '''भक्ति रस''', काठमाडौंकाठमाडौँ : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान</ref> अभिनवगुप्तले शान्तरसभित्र भक्तिरसलाई राखेर धृति, मति, स्मृति तथा उत्साहभित्र यसको अन्तर्भाव गरेका छन् भने आचार्य जगन्नाथले भक्तिरसको स्थायिभाव अनुराग र शान्तरसको स्थायिभाव वैराग्य वा निर्वेद भएकाले शान्तरसभित्र भक्तिरस अन्तर्भूत हुन सक्तैन भन्ने तर्क राखेका छन् । त्यसैले भक्तिरस र शान्तरस भिन्नभिन्न स्थयीभावको परिपाकमय अवस्था हुन् भन्न सकिन्छ।
<br />
निर्गुणोपासक र सगुणोपासक दुबै प्रकारका भक्तहरूले आआफ्ना हृदयको भावना आआफ्ना उपास्यप्रति व्यक्त गर्दै गरिएको रचनालाई भक्ति साहित्य भनिन्छ । यस्ता साहित्य पद्यात्मक र गद्यात्मक दुबै किसिमका हुन सक्छन् । यस्ता रचनाहरू साहित्यको उत्कर्षका लागि भन्दा पनि कसरी आदर्शमय आध्यात्मिक जीवन जिउनुपर्छ भन्ने कुरा सञ्चार गर्न प्रस्तुत गरिएका हन्छन् । मूलतः मानिसले किन र कसरी आदर्शमय आध्यात्मिक जीवन जिउनुपर्छ भन्ने कुरा नै भानुभक्तीय रामायण र रामचरितमानसको प्रमुख सन्देश रहेको पाइन्छ ।