"शैलजा आचार्य" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
पङ्क्ति ६:
==राजनीतिक जीवन==
[[वि.सं.]] २०१७ सालमा [[महेन्द्र वीर विक्रम शाह|राजा महेन्द्र]]लाई कालो झण्डा देखाएकाले ३ वर्ष जेल बिताउने आचार्य वि.सं. २०४८ सालको [[आमनिर्वाचन, २०४८|आमनिर्वाचन]]मा मोरङ जिल्ला क्षेत्र नं. ५ बाट [[प्रतिनिधिसभा]]मा निर्वाचित भई करीब १ वर्ष [[कृषि वन तथा भू-संरक्षण मन्त्रालय|कृषि वन तथा भू-संरक्षण]] मन्त्री रहिन्। [[वि.सं.]] २०५१ सालको मध्यावधि निर्वाचनमा उहाँ पुनः मोरङ क्षेत्र नं. ७ बाट प्रतिनिधि सभामा निर्वाचित भईन्।
पिता डा. पिनाकी र आमा इन्दिराको जेठो सन्तान शैलजाले कोइराला परिवार तथा बीपी कोइरालाको सान्निध्यमा राजनीतिक यात्रा शुरु गर्नुभएको थियो। र, मृत्युपर्यन्त बीपीको विचार र नेपाली काङ्ग्रेस प्रति निष्ठासाथ उभिनुभयो। शान्तिपूर्ण सङ्घर्ष होस् वा सशस्त्र आन्दोलन, शैलजाको उपस्थिति अग्रपङ्क्तिमा हुन्थ्यो। १६ पुस २०३३ मा बीपीको राष्ट्रिय मेलमिलापको नीति स्वीकार्दै उहाँसँगै नेपाल फर्कने केही व्यक्तिमा शैलजा पनि पर्नुहुन्छ। काठमाडौंकाठमाडौँ आइपुग्नासाथ गिरफ्तारी र त्यसपछि अनिश्चित भविष्य शुरु हुन्छ भन्ने जान्दाजान्दै पनि उहाँले पहिलो डफ्फामै नेपाल आउन रुचि देखाउनुभयो। उर्लंदो अवस्थाको पञ्चायती व्यवस्थामा सशस्त्र आन्दोलन गरेको दलले राष्ट्रिय मेलमिलापको नीति अँगालेको तथ्यलाई पत्याउन जो-कोहीलाई कठिनाई थियो। त्यो पृष्ठभूमिमा नेपाल भित्रिनु भनेको साहस, धैर्य र त्यागको अनुपम उदाहरण थियो।
 
==ओहदा र कार्यभार==
"https://ne.wikipedia.org/wiki/शैलजा_आचार्य" बाट अनुप्रेषित