"सालक" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
पङ्क्ति ३३:
यो जनावरले आफुलाई खतरा महसुस भएमा त्यसबाट जोगिन गुँडुल्किएर भकुण्डो जस्तै डल्लो पर्छ। यसरी जोगिन आफ्ना बलिया मांसपेशीको पकडले एकै ठाउँमा टाँसिएर गुँडुल्किरहन सक्छ।
 
विश्वभर आठ जातिका सालक पाइन्छन् । नेपालमा भने संकटग्रस्त कालो सालक र लोपोन्मुख तामे सालक मात्र पाइन्छन् ।तर पनि धादिङको थाङसिङ बेसी, काभ्रेको बलथली, काठमाडौंकोकाठमाडौँको नागार्जुन साथै रामेछापका केही स्थानमा सेतो सालक पनि पाइने वन्यजन्तुविज्ञ बताउँछन्।२ हजार ५ सय मिटर उचाइको सालको जंगलमा भेटिने सालकको दाँत हुँदैन । तर, ६० देखि ७० सेन्टिमिटरसम्म फैलने यसले जिब्रोले धमिरा र कमिलाको प्रायः धमिरा र कमिला खान्छ। राति आहार खोज्न निस्कने सालक माटोकै रंगको भएकाले छुट्टयाउन मुस्किल पर्छ। कतैबाट आक्रमणको चाल पाउँदा डल्लो परेर बस्छ ।
 
==बासस्थान==
पङ्क्ति ४४:
 
==सालक लोप हुने कारण==
साइटिसले यसको व्यापार व्यवसायलाई दण्डनीय बनाएको छ । तर केही वर्षअघिसम्म मासुका लागि मारिने सालक पछिल्लो समय कत्लाका लागि विदेश चोरी निकासी हुने गरेको छ । तस्करहरू सालकको पिछा गर्दै यसलाई मारेर छाला र कत्ला बेच्छन् । कैयौं तस्कर समातिएका पनि छन् । यसले गर्दा सालकको संख्या घट्दै गएको छ । सालक एसियाको [[नेपाल]], [[चीन]], [[भारत]] र [[श्रीलङ्का]]का साथै [[अफ्रिका]]मा पाइन्छ । यो [[धादिङ जिल्ला|धादिङ]] लगायत नेपालका विभिन्न जिल्लामा फेला परेको छ । नेपालमा समुद्र सतहदेखि दुई हजार मिटर उचाइको क्षेत्रमा सालक भेटिएको छ । काठमाडौंकाठमाडौँ उपत्यका, धादिङ, [[चितवन]], [[सुर्खेत]], [[बर्दिया]]लगायत ४३ जिल्लामा यसबारे अध्ययन थालिएको छ । विश्वमा ८ जातिका सालक छन् । तीमध्ये नेपालमा दुई जातिका मात्र पाइन्छन् । यहा पाइने सालक कालो र तामे रंगका हुन् । आईयूसीएनले सालकलाई जोखिमपूर्ण र लोपोन्मुखजीवको सूचीमा राखेको छ । यसको संरक्षणमा चेतना जगाउन हरेक वर्ष सालक दिवस पनि मनाइन्छ । सालक मारेमा वा यसको अंगको व्यापार गरेमा ४० देखि ७५ हजार रुपैयाँसम्म जरिवाना, एकदेखि १० वर्षसम्म कैद या दुवै सजाय हुन सक्ने निकुञ्ज ऐनमा व्यवस्था छ ।<ref name= "कान्तिपुर"/>
 
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/सालक" बाट अनुप्रेषित