"हिन्दू वर्ण व्यवस्था" का संशोधनहरू बिचको अन्तर

सा
बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
सा (बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ))
==वर्गीकरणका विशेषता==
 
[[हिन्दू धर्म|हिन्दू]] दर्शनमा मानव समाज, ज्ञान र विज्ञान, जीवनका कर्तव्य, व्यक्तित्व विकास आदि सबै कुराहरूलाई चार चारवर्गमा विभाजन गर्ने परम्परा जताततै देख्न पाइन्छ । उदाहरणका लागि ज्ञानका चार भाग [[ऋग्वेद]], [[यजुर्वेद]], [[सामवेद]], र [[अथर्ववेद]] छन् । प्राणीका चार विभाजन स्वेदज, जरायुज, अण्डज र उद्भिज छन् । वर्गीकरण र विभाजन क्रमको दृष्टिले नभई अध्ययनको दृष्टिले गरिएको हो । यस विभाजनको उद्देश्य मानिसका विशेषताहरूको आधारमा वर्गीकरण र विश्लेषण गर्नु हो । [[खप्तड बाबा|खप्तड स्वामी]]ले वर्णाश्रम व्यवस्थालाई वंशानुक्रम र वातावरण दुवैलाई ध्यानमा राखेर बनाइएको सामाजिक व्यवस्था बताएका छन् । आधुनिक चिकित्सा विज्ञानले पनि मानिसको रगतका श्रेणी तथा क्रोमोजोमलाई चार प्रकारले नै विभाजन गरेको छ ।<ref>{{cite book|last1=खप्तड स्वामी|title=धर्मविज्ञान, सार संक्षेप संपादक चूडानाथ भट्टराय,|date=वि.सं.२०५१|publisher=बबी शाह|location=काठमाडौंकाठमाडौँ|page=६९–७०}}</ref> वर्ण व्यवस्थाको आधार [[ऋग्वेद]] [[पुरुष सूक्त]]मा निहित छ । '''ब्राह्मणस्य मुखामासीद्बाहुराजन्य कृतः। उरु तदस्ययद्वैश्यः पदभ्यांशूद्रो अजायतः।''' <ref>ऋग्वेद., पुरुषसूक्त १०.९०.१२ </ref>। त्यस्तै विचार गीतामा पनि व्यक्त गरिएको छ–
'''चातुर्वर्ण्यं मया सृष्ट्वा गुण कर्म विभागश ।।४.१३।।''' <ref>श्रीमद्भगगवद्गीता ४.१३</ref>
[[वेद|वैदिक]] वाङ्मयको वर्णव्यवस्था अतीव निर्मल र पवित्रतम छ । त्यहा परस्पर भेदभाव, अवहेलना र घृणाको प्रवृत्ति पाईंदैन । चतुर्वर्णक समाज स्वच्छ, समुन्नत र गतिशील हुने कल्पना गरिएको छ । चारवटै वर्णलाई समाजरूपी गाडी चलाउने चार पाङ्ग्राको रुपमा कल्पना गरिएको छ, परस्पर आश्रित हुनुपर्ने स्थिति स्पष्ट रुपमा देखाइएको छ ।<ref>लिंगपुराण पूर्वार्ध– ५२.२९–३०, डा. टीकाराम पन्थी, सांस्कृतिक संवीक्षण, (रुपन्देही विश्व हिन्दु महासंघ, रुपन्देही, वि.सं.२०६५), पृ. ११२ ।</ref>
६७,७३०

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/870868" बाट अनुप्रेषित