"हनुमान" का संशोधनहरू बिचको अन्तर

सा
बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै)
सा (बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ))
यसरी मल्लकालमा विशेषगरी जगज्योति मल्लको पालादेखि हनुमान सम्प्रदायको व्यापकरूपमा विकास भएको थियो। उपत्यकामा मात्र हनुमानको महìव नभई बाहिरका राज्यमा समेत हनुमान सम्प्रदायको लोकपि्रयता थियो भन्ने कुरा गोरखाका राजा पृथ्वीपति शाहले आफ्नो दरबार नजीक हनुमानको मूर्ति बनाउन लगाएबाट थाहा पाइन्छ।
 
मल्लकालपछि शाहकालमा पनि हनुमान सम्प्रदायको झन् व्यापकरूपमा विकास भएको कुरा काठमाडौंकाठमाडौँ उपत्यका विभिन्न ठाउमा बनेका राम मन्दिर र हनुमानका मूर्तिले पुष्टि गरेका छन्। मल्लकालमा जस्तै यस कालमा पनि हनुमानका मूर्तिहरूको पूजा गर्ने हेतु उही थियो र यस कालमा हनुमानलाई शुक्रबाट रक्षा गर्न स्थापना गर्नको साथै सङ्कटमोचकको रूपमा समेत लिएको देखिन्छ। साथै यिनैलाई कष्टमोचक सिद्धिदाताका रूपमा पनि पूजा गर्न थालियो।
 
जगतनारायणमन्दिर प्राङ्गणमा भएका हनुमानका मूर्तिहरू इस्वीको १८ औँ शताब्दीको मध्यतिर नेपालमा एउटा गजबको मन्दिर बनेको थियो। जुन समयकालीन अरू मन्दिरहरूभन्दा विशिष्ट खालको थियो। पाटनको शंखमुल स्थित जगतनारायणको मन्दिरको अभिलेखबाट इस्वी सम्वत् १८५५ सम्ममा यो मन्दिर बनिसकेको देखिन्छ। यो मन्दिरको निर्माण जङ्गबहादुरका भाइ जगतशमशेरले गर्न लगाएका थिए। विशाल प्रस्तर मूर्तिकलाको लागि यो मन्दिर प्रख्यात छ। यस मन्दिर प्राङ्गणमा दुईवटा हनुमान मूर्ति छन्। तीमध्ये मन्दिरको पूर्वतिर गरुडको साथसाथै भएको हनुमानको मूर्ति एक हो। शिवलिङ्गको जलहरी आकृति जस्तो ढुङ्गाको माथि बायाँ घुँडा जमीनमा राखी बसेको हनुमानका दुईवटा हात छन् तीमध्ये बायाँ हात वरद मु्द्रामा छ भने दायाँ हात अभय मुद्रामा छ। खुट्टामा ठूलाठूला कल्लीहरू, हातमा बाला, पाखुरामा केयुर, कानमा ठूलाठूला कुण्डलहरू लगाएको र घाँटीमा भक्तपुरको हनुमानको मूर्तिमा जस्तै गहना लगाएको यस मूर्तिको शरीरभरि सिन्दूर पोतिएको छ। तल्लो भागमा लङ्गौटी लगाएको अहिलेसम्म बनेका हनुमानका मूर्तिहरूमध्ये सबैभन्दा ठूलो मूर्ति हो। गोला आँखा र सिंह जस्तो मुखको दायाँबायाँ दाँत भएको हनुमानको मूर्ति शाहकालीन मूर्तिकलाको महत्त्वपूर्ण नमुना मान्न सकिन्छ। यो मूर्तिको निर्माण पनि मन्दिरको साथसाथै भएको हो। मूर्तिको आसनको वरिपरि बत्ती बाल्ने दियाहरू छन् भने दायाँबायाँतिर नेपाली झण्डा आकृति, धातुको पाताको अग्लो झण्डा छन् र मूर्तिको शिरमाथि तामाको छत्रावली छ।
 
सन्दर्भ ग्रन्थ
१. धनशमशेर. ज.ब.रा., बृहत् पुरश्वर्यार्णव, प्रथम भाग, काठमाडौंकाठमाडौँ, म.वी.वी.शाह, वि.सं. २०२५, द्वि.ख. पृष्ठाङ्का - ४८२ -४८३
२. टी. ए. गोपीनाथ राव, इलिमेन्ट अफ हिन्दू आइकोनोग्राफी, भाग १, न्यूयोर्कः प्यारागन बुक हाउस, १९६८,पृष्ठ १९०
३. चित्रलेखा सिंह र प्रेमनाथ, 'हनुमान', प्रथम संस्करण, दिल्ली, क्रिट पब्लिकेशन बुक हाउस, ई.सं.२००२ , पृष्ठ ४७
४. [[लैनसिह बाङ्गदेल]] - प्राचीन नेपाली मूर्तिकलाको इतिहास, काठमाडौंकाठमाडौँ, रोयल नेपाल एकेडेमी, वि.सं. २०३९, पृष्ठ १२६ पूर्ववत्
५. [[नयराज पन्त]], 'हनुमानको स्थापन्ना गर्नुमा हेतु' पूर्णिमा, वि.सं. २०२१ वैशाख, १ वर्ष, १ अङ्क पृष्ठ ३०
६. गौत्तमवज्र बज्राचार्य, हनुमानढोका राजदरबार, काठमाडौंकाठमाडौँ, नेपाल एसियाली अध्ययन संस्थान, वि.सं. २०३३, पृष्ठ १५
७. तुलसीराम वैद्य, भक्तपुर राजदरबार, काठमाडौंकाठमाडौँ, नेपाल एसियाली अध्ययन संस्थान, पृष्ठ ५४
 
{{हिन्दू धर्म}}
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/870856" बाट अनुप्रेषित