"किराँत जाति" का संशोधनहरू बिचको अन्तर

सा
→‎top: clean up, replaced: नागाल्याण्ड → नागाल्यान्ड स्वतःविकी ब्राउजर प्रयोग गर्दै
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा (→‎top: clean up, replaced: नागाल्याण्ड → नागाल्यान्ड स्वतःविकी ब्राउजर प्रयोग गर्दै)
[[चित्र:SunuwarMaleFemale.jpg|thumb|सुनुवार]]
[[चित्र:Limbuwomendrinktongba.jpg|thumb|लिम्बु ]]
'''किराँत''' शब्दले नेपालका बर्तमान सुनुवार,लिम्बु ,राई, याक्खा जाती लाई जनाउँदछ। वेद व्यासले लेखेको संसारको वैदीक सनातन धर्म वेदमा समेत यस भुभागमा वस्ने जातीलाई कीरात भनी व्याख्य गरेको छ। शात्र अनुसार किरात अनआर्य जाती जुन धर्म बिहिन थियो। र सो किराँत भित्र बर्तमानमा धेरै थरहरू रहेको भनिए पनि प्राचीन किरात जाती सबै एक थिए।बर्तमानमाब१५/१६शताब्दी तिर नेपाल भित्रीएका माङ्गोल जातिले आफुलाई किरात भन्ने गरेको पाईन्छ।बर्तमन किरात हु भन्ने जातिका बिभिन्न भाषा, लिपि, संस्कृतिहरू छन् ती मध्ये पनि मूख्य यस प्रकार छन्;<br>
प्रमुख जातिहरु
*[[लिम्बु जाति|लिम्बू]]
*[[याक्खा जाती|याक्खा]]
*[[राई जाती |राई]]
*[[ कुलुङ, थुलुङ, बाहिङ, नाछिरिङ, खालिङ ]]
 
किराँत भनेको नेपालका प्रबजित जाति थियो.किराँतहरूको बसोबास नेपालको पूर्ब र हिमाल सम्म फैलिएको छ भने भारतको असाम,बङ्गाल देखि लिएर त्रीपुरा सम्म रहेको छ. यो जाति भनेको नेपालको सबै भन्दा कम जनसङ्ह्य भाको जाति हो र नेपालमा खेतिको सुरुवात् गर्नुका साथै सुङुर पालन आरम्भ गर्ने यिनै जाती हुन. [[काठमाडौं|काठमाडौं]]का गोपाल राजालाई हटाएर [[यलम्बर]] पहिला किराँती राजा भएका थिए. [[चीन]]को [[तिब्बत]]सग इनिहरूले निक्कै रम्रो बेपार् गरेका थिए। त्यस्तो बेपार् अहिले सम्मको सरकार्ले पनि गर्न सकेको छैन । किनभने त्यतिबेलाको नेपाली मुद्रा तिब्बेत्मा चल्थियो। र मुख्य कुर के भने किरात जातिको उद्द्गम स्थल पनि चिन नै भयेको अनुमान छ।[[चीन]]को ह्यन्ग्गो र यान्सिकन्ग् भन्ने नदिको किनार लाइ किरात उद्द्गम स्थल मानिएको छ। र त्यहा बाट शिकार् गर्न भारतको उत्तर् पूर्वि पहाड् तिर आये र त्यहाको [[कैलाश]] पहाड्मा केही बर्स बसेको इतिहास् म पड्न पाइन्छ्. र त्यहा कुरा अनुकुल् हावा पानीको खोजिमा नेपाल्को पूर्वि भाग् हुदै काठमाडौंसम्म आइपुगेको हो. र अहिले सम्म इनिहरूले राज्नीतिक् शैशिक् छेत्रम धेरै विकास् गरेको छ।
 
यिनीहरू हिमालय पर्वत खण्डको दक्षिण पट्टिको पहाडी भागमा बसोवास गर्ने जातिका रूपमा पनि पौराणिक ग्रन्थहरूमा उल्लेख भएको पाइन्छ । महिषपाल वंशी अन्तिम राजा भुवन सिंहलाई पराजित गरी नेपाल खाल्डोको शासन सत्ता यस जातिले हत्याएका थिए भन्ने विश्वास गरिन्छ । बिभिन्न पौराणिक श्रोतहरूमा यस जातिको उल्लेख भएबाट यो जाति प्राचीन जाति भएको पुष्टि हुन्छ । किरात शब्दको अर्थका आधारमा कतिपय विद्धानहरूले सिमानामा बस्ने जाति वा आर्यहरूलाई सरण दिएर आफ्नो भूमीमा राखेर राज्य गर्ने जातिहरू भन्ने गर्दछन् । संस्कृतमा किरात शब्दको अर्थ वन प्रान्तमा घुम्ने मानव समूह भन्ने हुन्छ । संस्कृत साहित्यमा विभिन्न प्रसंगमा प्रयुक्त यस शब्दको प्रयोग जाति र देशको अर्थमा प्रयोग भएको पाइन्छ । जातिको रूपमा यस शब्दको प्रयोग शुक्लयजुर्वेद, अर्थववेद, वाल्मीकि रामायण र महाभारतका बिभिन्न प्रसंगमा भएको छ । यजुर्वेदमा “गुहाम्य महात्मा” अर्थात गुफा बस्ने वा जंगलमा घुम्ने जातिका रूपमा बर्णन गरिएको छ । इतिहासशिरोमणि बाबुराम आचार्यले भारतको पूर्वोत्तर प्रदेशमा बस्ने आग्नेयदेशी परिवार अन्तर्गत नेपार जातिलाई किरात मानेका छन् ।
 
बिक्रम जित हसरत तथा अन्य केही विद्धानहरूले किरात शब्दको उत्पत्ति भूमध्ये सागरीय क्षेत्रमा बोलिने मोवाइट भाषाको किरीयाट भन्ने शब्दबाट अपभ्रंश भई किरात भएको उल्लेख गरेका छन् । किरातहरूको मूल बेबिलोन भएको र यिनीहरू ईसापूर्व २४०० तिर आफ्नो मूलथलो छोडी मेसोपोटामिया तर्फ लागेको मानिन्छ । कतिपयले किरातहरूको उद्गमस्थल अफ्रिकालाई पनि मानेका छन् भने पर्सियाको उत्तरी मैदान र मिश्रलाई समेत किरातहरूको उद्गम स्थलका रूपमा कतिपय इतिहासकारले मानको पाइन्छ । सामान्यतया हिन्दमहासागर र चीन आसपास क्षेत्रमा वसोवास गर्ने मानव नश्लको शारीरिक बनावट मिल्ने हुँदा चीन, जापान, कम्बोडिया, अफ्रिका, भियतनाम र भारतको आसाम, नागाल्याण्डनागाल्यान्ड, मणिपुर आदि क्षेत्रमा बसोबास गर्ने मंगोल जाति र नेपालको पूर्वी भागमा बसोबास गर्ने राई लिम्बू लगाएतका जनजातिहरूको शारीरिक बनावट एवं उद्गमस्थल एउटै रहेको अनुमान लगाउन सकिन्छ । इतिहासविद् इमानसिंह चेमजोङ्गले पनि भोटवर्मेली भाषा बोल्ने जातिहरूलाई किरात कै शाखा मानेका छन् । किराती ग्रन्थ मुन्धुममा उल्लेख भएअनुसार “मनाफेवामाङ” नामक किराती राजा चीनको सिचुवान प्रान्तबाट तिब्बत आएका थिए भन्ने उल्लेख भएको पाइन्छ भने नेपालको हकमा यिनीहरू बाहिरबाट नै नेपाल खाल्डोमा प्रवेश गरेका थिए ।
 
किरातहरूको नश्ल तथा उद्गम्स्थलका बारेमा मात्र नभई यिनीहरूको मानव समुह सम्बन्धका बारेमा पनि विवाद रहेको देखिन्छ । केही विद्धानहरूको दृष्टिमा यिनीहरू आर्य मूलका मानिएका छन् भने केही विद्धानहरूको दृष्टिमा यिनीहरू अनार्य मूलका मानिएका छन् । [[अमरकोश|अमरकोष]] लगाएतका धर्मग्रन्थहरूमा किरातहरूलाई “म्लेच्छ” मानिएको छ । महाभारत र मनुस्मृतिमा आर्य क्षेत्रिय मानिएको छ । स्वामी प्रपन्नाचार्यले किरात जाति आर्य समुदायकै भएको ठहर गर्दै उनीहरू तागाधारी हिन्दू भएको आफ्नो स्पष्ट अभिमत राखेका छन् । जे भएपनि आज किरातहरू सामान्यतय मङ्गोल परिवार भित्र कै मानिन्छन् र वर्तमान किरातहरूको मातृभाषा पनि तिब्बती वर्मन परिवारको मानिएको छ ।
किरात शासकहरूको संख्या विभिन्न श्रोतहरूमा २४ देखि ३२ जना सम्म उल्लेख भएको पाइन्छ । ३२ जना शासकलाई प्रति शासक २५ वर्ष मानी हिसाब गर्दा यस शासन कालको अवधि ८०० वर्ष हुन आउँछ । यसबाट ४०० ईशापूर्व सम्म किरात काल रहेको हुनसक्छ । तर यो अनुमान भरपर्दो भने देखिदैन् किनभने ईस्वी सम्वत्को पहिलो शताब्दीमा मात्र लिच्छविहरूले किराती शासकलाई पराजित गरेको भन्ने भएबाट बीचको अवधि शासक बिहीन देखिन्छ । पक्कै पनि यो समय शासन बिहीन त थिएन नै, यस्तो देखिनुमा समयको यकिन हुन नसक्नु नै मुख्य कारण हो । इतिहासविद् केदारनाथ प्रधानले लिच्छवि कालको प्रारम्भ ४०० ईशापूर्व मान्नुपर्ने तर्क राख्दै किरातकालको अन्तिम समय ईशापूर्व ४०० मान्नुपर्ने तर्क राख्छन् । यस आधारमा किरात काल ८०० वर्ष, महिषपाल १०० वर्ष, र गोपाल काललाई ३०० वर्ष गरी १६०० ईशापूर्व देखि ४०० ईशापूर्व सम्मको काललाई दासकाल भनी अनुमान गर्नुपर्ने तर्क उनको छ ।
वंशावलीहरूमा सबैभन्दा पुरानो र विश्वासी मानिने गोपालराज वंशावलीले यलम्बर लगाएत ३२ जना किराती शासकहरूले १६६३ वर्ष ८ महिना शासन गरेको उल्लेख छ । राइट वंशावलीले २८ जनाले १११८ वर्ष र कर्कपेट्रीकले २७ जना शासकले १६३० वर्ष शासन गरेको लेख्दछन् । के. पी. जयसवालले २८ जनाले ७०० वर्ष भनी उल्लेख गरेका छन् । भाषा वंशावलीले २८ जना, सिल्वाँ लेवीले २४ जना र इतिहास प्रकाशंमा २९ जनाले शासन गरेको देखाईएको छ तर शासन अवधिका बारेमा भने यिनीहरूले खुलाएका छैनन् । पहिलो किराती राजा यलम्बरलाई भाषा वंशावलीमा किरातेश्वर महादेवको अवतारका रूपमा मानिएको छ । राइट वंशावलीमा महाभारतको चर्चा गर्दै सातौं किराती राजा जितेदास्तीले महाभारतको युद्धमा भाग लिएको उल्लेख गर्दै उनको मृत्यू पनि सोही युद्धमा भएको चर्चा पाइन्छ । बौद्ध वंशावललीहरूमा सातौं किराती राजा जितेदास्तीको समयमा गौतम बुद्ध नेपाल खाल्डोमा आएको प्रसँग उल्लेख भएको पाइन्छ ।
 
राईट वंशावलीमा छैटौ किराती राजा हुमतीको समयमा अर्जुनको किरातेश्वरसँग युद्ध र वर प्राप्तीको कथा पाइन्छ । प्रमुख किराती राजामा चौंथो राजा स्थुंको नाम आउँछ । वंशावलीमा यिनको शासनकालमा सम्राट अशोकको आगमन भएको उल्लेख पाइन्छ । उनीले नेपाल खाल्डोमा आई आफ्नी छोरी चारुमतीको विवाह यहीका क्षेत्रिय राजकुमार देवपालसँग गरी किरातहरूको राजधानी पाटन शहरका चारकुना र बीच भागमा एक एक स्तूप बनाउँन लगाएका थिए । अन्तिम किराती राजा गस्तीको समयमा पश्चिमका सोमवंशी राजा निमिष टंकारले नेपाल खाल्डोमा आक्रमण गरी किरातहरूलाई पराजित गरे । यस पछि यो जाति क्रमसः पूर्वतर्फ लागेको अनुमान गर्न सकिन्छ । तर कर्कपेट्रिकले किरातहरूलाई पराजित गर्ने निमिस टंकारलाई सूर्यवंशी लिच्छवि मानेका छन् ।
 
इ. ५३०को पाटन खपिन्छें अभिलेखमा दक्षिण कोलिग्रामको पहिलो प्रमाणिक चर्चा पाइन्छ । यसैगरी इ. ६१५को जैसिदेवलको मिननारायणस्थानको अभिलेख, इ. ६३० तिरको लगनटोल यंगालहिटीको अभिलेख, इ. ६३३को थानकोटको अभिलेख र इ. ६४०को लगनटोल यंगालहिटीकै अर्को अभिलेख समेतमा दक्षिण कोलिग्रामको उल्लेख पाइन्छ । (धनवज्र वज्रचार्य लिच्छवि कालिन अभिलेख २०३०)
धनवज्र वज्रचार्य र ज्ञानमणी नेपालले दक्षिण कोलिग्रामको कोलि शब्दलाई कपिलवस्तु पूर्वको कोलीराज्यका कोली जातिसँग सम्वद्ध गराएको पाइन्छ भने इतिहासकार बाबुराम आचार्यले पञ्चकोलीका रूपमा पाँच कोलिवस्तिको अनुमानगर्दै कोलि शब्दलाई किरात भाषासँग सम्वद्ध गर्नुभएको पाइन्छ । (आचार्य बाबुराम,किरात नाम लिच्छवि कालका शिलालेखमा किरातकालको झलक, नेपाली पूर्णाङ्क १६,पृ.३-३०) आचार्यले कोलिग्रामलाई किरातकाल देखिकै बसेको बस्तिकोरूपमा लिएको पाइन्छ । आचार्यको मतसँग सहमतहुँदै ठाकुरलाल अमात्यले (विजेल १९८०, ३१६) उध्रितगर्दै सिंहदरवार पछाडिको कुरिया गाउँलाई पञ्चकालि मध्येको एक कोलि भएको अनुमान गर्नु भएकोछ ।
 
किरातभित्र पनि कोली, कोइ, कोयु, कोयाङ, कोइँच, कोच, कुकी, कुलुङ, किरावा आदि थुप्रै जातिहरू हुनेहुँदा कोली शब्द जातिविशेष भएपनि किरात जातिविशेष नै हुने अनुमान गर्न सकिन्छ । कोइँच किरात मुग्दुम अनुसार धनुरधर पुरुषलाई पनि कोअ्ली भनिन्छ । लिच्छवीकालका अभिलेखमा उल्लेखित र हालका किरात बस्तिका ठाउहरूसंगको सामिप्यताको अध्ययनगर्ने हो भने धनवज्र र ज्ञानमणी नेपालको कपीलवस्तु पूर्वका कोलीजातिसँग सम्वन्धित तथ्यभन्दा बाबुराम आचार्यको किरात जातिसँग सम्वन्धित पूर्व किरात वस्ति भएको तथ्य नै बडि संभावित देखिन्छ ।
कु उपसर्ग जस्तै बु उपसर्ग लागेका ठाउँहरू पनि लिच्छवीकालिन अभिलेखमा उल्लेख पाइन्छ
प्रोज्ञाम्वु -इ.५९३ बज्रचार्य,२०३०,२३४),
 
थम्वु -इ.६२४,वज्रचार्य २०३०,४०१),
 
यम्वु -इ.१०११,पेटेक१९८४,३६)
अतः किरातलाई हामीले संस्कृतबाट नै आएकाे हाे भनेर जिद्दी गर्ने हाे भने पनि "किरात" शब्दकाे साईनाे "सुँगेर पालेर जीविका धन्ने" कुरासंग हुनै सक्दैन ।
 
यद्यपि किरात शब्द किरातभाषाबाटै आएकाे आधार छ । "किरात" र "किरावा" शब्दबीचमा घनिष्टता छ । किरातभाषामा "कि" धातु भएका शब्दहरू प्रशस्तै छन् । किरातीहरूले आफूलाई गाैरवका साथ कसैलाई रवाफ देखाउनु पर्याे भने " काँ किराती माे म्छा/ आङ्का किरावा छा चि (म त किरातीकाे बच्चा पाे हुँ त)" भन्ने परम्परागत स्थापित आचरण ( traditional custom ) अझै पनि छ । यसाे भन्ने परम्परा त संस्कृतभाषा बाेकेर ल्याउने आर्यहरू हिन्दुउपमाद्वीपमा प्रवेश गर्नुभन्दा अगाडि देखिनै किरातहरूमा थियाे । हिन्दुआर्यकाे आगमन अगाडि नै किरातीले आफूलाई गर्वका साथ किरात भनिरहेकाे यसबाट प्रष्ट हुन्छ ।
 
मानिसकाे स्वभाव कस्ताे हुन्छ भने कसैले हेयकाे दृष्टिबाट दिएकाे उपमाबाट आफूलाई चिनाउन चाहदैन । गर्वकाे साथ भन्ने कुरा त परकै हाे ।
 
नामकाे अर्थ नै हुनुपर्छ भन्ने छैन । त्याे नाम त पछि नामधारण गर्नेकाे व्यावहारले अर्थ लगाइने हाे ।
 
हिन्दुआर्यकाे संस्कृतभाषा प्रवेश गरेपछि मात्र किरात शब्द आएकाे हाे भन्नू भनेकाे काेइलाखानीकाे अाविष्कार पछिमात्र वनस्पतिकाे उत्पति भएकाे हाे भन्नू जस्तै हाे ।
 
त्यस्ता प्रतापी वैभवशाली सभ्यता भएकाे जातिकाे आफ्नै नामकाे पहिचान थिएन हाेला ? अवस्य थियाे । थियाे त केवल "किरात" नै थियाे । जसले आफूलाई किरात भएकाे दाबी गर्दैनन् उनीहरूकाे लागि आफूलाई आदिवासी (indigenous people) भन्नु याेग्यता पुग्दैन ।
१४,६०५

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/870557" बाट अनुप्रेषित