"खस" का संशोधनहरू बिचको अन्तर

सा
बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
सा (बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ))
मानव सभ्यताको इतिहास आज पनि गम्भीर खोज र अनुसन्धानको विषय नै बनिरहेको छ। इतिहासविदहरूको अथक मेहनत, खोज र अनुसन्धानले केही तथ्यहरूलाई हाम्रा अगाडि ल्याएको छ। ती तथ्यहरू नै आज हाम्रो अतितलाई हेर्न, बुझ्ने र विश्लेषण गर्ने ऐना जस्ता भएका छन्। प्राज्ञिक मानव समुदायको चिया गफमा प्रायः यो भनाई एउटा कहावतका रूपमा लिने गरिन्छ। “जसले इतिहास जान्दैन, त्यसले वर्तमान बुझ्दैन। जसले वर्तमान नै बुझ्दैन त्यसले भविष्य जान्दैन।” यसले मानव समुदायको व्यवहारिक जीवनमा समेत इतिहासले ठूलो प्रभाव पार्दछ भन्ने बताउँछ तर वास्तविकता यो छ कि इतिहासको बुझाई भविष्यको बुझाई वा आँकलन भन्दा कठिन छ।
 
मानव समुदायको इतिहासमा पृथ्वीमा मानवको उत्पत्ति भएपछिको एउटा लामो काल आउँछ। इतिहासविद्हरूले त्यसलाई करिब दश लाख वर्षको अवधिको काल मानेका छन्। <ref>[ प्रो.अ.ज. मानफ्रेद संक्षिप्त विश्व इतिहास, प्रथम भाग, प्रगति प्रकाशन मस्को, १९८० पृष्ठ ११]</ref> आदिम कालको लामो अवधिमा पृथ्वीमा रहेका मानवका बीचमा कुनै जातीय विभाजन थिएन। राज्य र त्यसका सीमाहरू पनि थिएनन्। मानव समुदाय छोटा–छोटा गण, गोत्र, कविला अवस्थामा रहन्थे। <ref>[ प्रो.अ.ज. मानफ्रेद संक्षिप्त विश्व इतिहास, प्रथम भाग, प्रगति प्रकाशन मस्को, १९८० पृष्ठ ११]</ref> मानव समुदायको विकास असाध्यै ढिलो गतिमा अगाडि बढेको देखिन्छ। <ref>[राहुल साँकृत्यान, मानव समाज, लोक भारती प्रकाशन, इलाहावाद–१ अठवाँ संस्करण – १९९३ , पृष्ठ ११]</ref> पुरात्वविद्हरूले मानव समुदायले प्रयोग गरेका उपकरणहरूको सामग्रीलाई हेरेर युगहरूको विभाजन गरेका छन्। ती हुन् – पाषण युग, कास्य युग र लोह युग। यो विभाजनलाई पर्याप्त मानिदैन किनभने इतिहासको सबभन्दा लामो युग नै आदिम युग थियो। <ref>[प्रो.अ.ज. मानफ्रेद संक्षिप्त विश्व इतिहास, प्रथम भाग, प्रगति प्रकाशन मस्को, १९८० पृष्ठ ११]</ref> पुरातत्वविद्हरूले आजको मानव सभ्यतालाई नै छक्क पार्ने केही प्राचीन मानव सभ्यताको इतिहास पत्ता लगाएका छन्। जस्तो मिश्रको सभ्यता, मया सभ्यता, इगियन सभ्यता, सिन्धु सभ्यता, होवाङ्हो नदीको सभ्यता, ग्रीक, टाइग्रिस र युफ्रेटिक सभ्यता आदि पर्दछन्। ग्रीकबाट त आजको विश्वनै ऋणी छ। मिस्र विश्वको सबभन्दा प्राचीन सभ्यताको केन्द्र मानिन्छ। <ref>[एलिसमैजेनिस पोटेल्याण्ड ओरेगन और जौनकौनरेड रोपल, संसारका इतिहास युरोसिया पब्लिसिङ हाउस प्रा.लि. रामनगर, नइदिल्ली, प्रथम संस्करण १९६६, पृष्ठ २६]</ref> यिनै मानव सभ्यताको विकासक्रमसँगै राज्य, साम्राज्य र समुदायहरूको अस्तित्व तथा विकास भएको पाइन्छ। यही राज्य, साम्राज्य र समुदायहरूको विकास क्रममा प्राचीन बेबिलोनियाको कक्साइट साम्राज्यको पनि ठूलो महत्व रहेको छ। कस वा कक्साइट खस समुदायकै प्राचीन नाम हुन्। <ref>[प्रा.डा.सूर्यमणि अधिकारी, खस साम्राज्यको इतिहास, भूँडीपूराण प्रकाशन, काठमाडौंकाठमाडौँ प्रथम संस्करण, २०६१, पृष्ठ १९५]</ref> पश्चिम एसियाको मानव समाजको विकासमा यो समुदाय लडाकु, बुद्धिमान,र बिजेता समुदायको रूपमा परिचित भइसकेको थियो। लगभग २९०० ई.पू.मा सुयोग्य सुमेरियोबाट आएको एउटा कविला समुदायको स्थापित गरेको सभ्यतामा एकजना हम्बुरावी भन्ने राजा थिए। यो १००० वर्ष ई.पू.को कुरा हो। त्यतिबेलाको प्रचलित हम्बुरावी कानुनमा “जस्तालाई त्यस्तै खुनको बदला खुन” <ref>[एलिसमैजेनिस पोटेल्याण्ड ओरेगन और जौनकौनरेड रोपल, माथि उल्लेखित पाद टिप्पणी, पृष्ठ ४६,४७]</ref> भन्ने विधानमा आधारित न्यायप्रणाली थियो। यिनै हम्बुरानीका उत्तराधिकारी समसुलुनाले खस आक्रमणबाट जोगिन विशाल किल्ला बनाएका थिए। खसहरूको आक्रमण जारी रह्यो। सन् १७०० ई.पू.देखि ११५५ सम्म कसहरूले त्यही बेबिलोनियामा विजय प्राप्त गरेका थिए। ई.पू. १७०० देखि ११५५ सम्म कसहरूले त्यही बेविलोनियामा शासन गरे भन्ने ऐतिहासिक तथ्यहरू पाइन्छन्। यो समुदाय राज्य सञ्चालनको लामो अनुभवी र विधानमा समाजलाई परिचालन गर्न खोज्ने दक्षिण पश्चिम एसियाको पहिलो समुदाय मानिन्छ। खासस्तान, बडाखसान, हिन्दकुस, काशगर, कश्मिर खसाला, खसमण्डल, खसान,कुशन आदि। भौगोलिक नामले खस समुदायका पूर्व प्रयाणका पद चिन्ह दर्शाउँछन्।
 
खसहरू आर्य भए पनि वैदिक आर्य होइनन्।इनिहरु कौकसिअन बर्न को हुन। <ref>[एलिसमैजेनिस पोटेल्याण्ड ओरेगन और जौनकौनरेड रोपल, माथि उल्लेखित पाद टिप्पणी, पृष्ठ ४६,४७]</ref> यिनीहरू इसापूर्व प्रथम शताब्दीतिर भारत वर्षमा – बिशाल नेपाल-- प्रवेश गरेका थिए र इसाको पाँचौं शताब्दीतिर पश्चिम नेपालमा प्रवेश गर्न थालेका थिए। <ref>[एलिसमैजेनिस पोटेल्याण्ड ओरेगन और जौनकौनरेड रोपल, माथि उल्लेखित पाद टिप्पणी, पृष्ठ ४६,४७]</ref> यो तथ्यले नेपालमा अहिले बाक्ला बाक्ला तथा अन्य समुदायहरूसित घुलमिल भई बाक्लै बस्तीमा रहेका आर्य कौकसिअन खसहरू (बाहुन, क्षेत्री, ठकुरी, सन्यासी, आर्य दलित) दुई शताब्दीमा मात्र नेपाल आएका समुदाय हुन्। यहाँका रैथाने समुदाय होइनन् भन्ने कतिपयको तर्कले इतिहासका यी तथ्य प्रमाणहरूसित मेल खाँदैनन्। बाह्रौं शताब्दीको प्रारम्भतिर त नागराजले सिञ्जालाई (जुम्ला) खस साम्राज्यको राजधानी बनाइसकेका थिए।<ref>[एलिसमैजेनिस पोटेल्याण्ड ओरेगन और जौनकौनरेड रोपल, माथि उल्लेखित पाद टिप्पणी, पृष्ठ ४६,४७]</ref> पश्चिम नेपालको सिञ्जालाई खस साम्राज्यको राजधानी बनाएर यो समुदायले पन्ध्रौं शताब्दीको आरम्भसम्म करिब ३०० वर्ष शासन गरेको कुरा इतिहास बोल्दछ। नागराज क्राचल्ल, अशोक चल्ल, जितारी मल्ल, रिपु मल्ल, आदित्य मल्ल, पुण्य मल्ल र पृथ्वी मल्ल आदि खस राजाहरूले पश्चिम नेपालमा साम्राज्य कायम गरेका थिए।
 
इतिहासमा एउटा प्रभावशाली समुदायका रूपमा रहेका खससमुदायको बारेमा आधुनिक इतिहास ग्रन्थमा केही उल्लेख पाईदैन। यहाँसम्म कि खस कुरा खस शब्द, शब्दकोषबाट पनि लोप हुंदै गएको थियो।<ref>[यमुनादत्त वैष्णव, 'अशोक' कुमाउँका इतिहास 'खस(कस्साइट) समुदायके परिप्रेक्ष्य मे', मोर्डन बुक स्टोर्स, नैनीताल, २६३००१ १९७७ पृष्ठ १८३ प्रस्तावना (निवेदन)]</ref> यसबाट के देखिन्छ भने यो जति आफ्नो भाषा, संस्कृति, संस्कार र जातीयतामा त्यति कट्टर भएको पाईंदैन। यो जतिले हिन्दूकरणसँगै एउटा परिवेशमा बर्णाश्रम धर्म अपनायो तर त्यसलाई पनि अहिले क्रमशः छोड्दै गएको पाइन्छ। यसको निवास्थान कहाँ हो? यी आज कहाँका रैथाने मानिन्छन् त? भन्ने प्रश्नमा हिन्दी शब्दकोशले दिएको व्याख्या अनुसार यो गढवालको उत्तरको प्रदेशको निवासी नेपाल आदि देशमा रहने वाला ब्राम्य समुदाय<ref>[यमुनादत्त वैष्णव, 'अशोक' कुमाउँका इतिहास 'खस(कस्साइट) समुदायके परिप्रेक्ष्य मे', मोर्डन बुक स्टोर्स, नैनीताल, २६३००१ १९७७ पृष्ठ १८३ प्रस्तावना (निवेदन)]</ref> भन्ने उल्लेख छ। यसबाट कुमाउँ गढवाल र नेपालको विशेषत: पहाडी भाग, पर्वतहरूको काख खस समुदायको मातृभूमि या निवासभूमि हो भन्ने प्रष्ट हुन्छ। धर्म, साम्प्रदाय, संस्कृति आदिमा त्यति कट्टर नभएको यो समुदाय नेपाल प्रवेश गरेपछि बौद्धकरण हुन र यहाँका जनसमुदायहरूको सस्कृतिसँग घुलमिल भई जनसमुदायका कैयौं संस्कृतिलाई अबलम्बन गर्न त्यति कठिनाइ रहेन। अहिले इतिहासको एउटा परिवेशमा खस समुदायले अबलम्बन गरेको वर्णाश्रम धर्मलाई समयको गतिसँगै तिब्र गतिमा परित्याग गर्दै गएको पनि देखिन्छ।
नेपाली खस भारतवर्षमा प्रवेश गरेपछि बैदिक आर्यहरूसँग सम्पर्क हुन जाँदा खस आर्यहरू पनि वर्ण व्यवस्थातर्फ आकर्षित भए। प्राचीन खसहरू ब्राम्हण बन्ने प्रक्रिया प्राचिन पौराणिक कालमा मात्र सीमित भयो। मध्यकालमा सत्तामा पुगेका खसहरू ठकुरी बने। खसहरू तागाधारी क्षेत्री बन्ने चलन कायमै छ। तागाधारीमा परिवर्तित नभएका मतवाली क्षेत्री वा पावइ खस भन्निछन्।<ref>[प्रा.डा.सूर्यमणि अधिकारी, खस साम्राज्यको इतिहास, भूँडीपूराण प्रकाशन, काठमाडौंकाठमाडौँ प्रथम संस्करण, २०६१, पृष्ठ १९६]</ref>
 
खस आगमन पहिले पश्चिम नेपाल टुक्रा–टुक्रामा विभाजित थियो। अहिलको सेती–महाकाली अञ्चल कुमाउँका शासकका अधिनमा थिए। मगरातमा मगर मुखियाको शासन थियो। गण्डकी प्रदेशको उत्तरी भागमा गुरुङ समुदायका कविला राज्यहरू थिए। कुमाउँ, गढवाल र नेपालको पश्चिम भागमा जुम्लामा रहेका खसहरूको मध्य तथा पूर्वी पहाडी नेपालतिरको प्रवेशले खस भाषा, खस सभ्यता खस साम्राज्यलाई नै नेपालभरी विस्तार गर्‍यो। जुम्लाको सिञ्जालाई राजधानी बनाइ त्यहाँबाट फैलिएका खसहरू (बाहुन, ठकुरी, क्षेत्री र शुद्र) लाई जुम्ली तथा कुमाउँलाई राज्य बनाएर बसेका र त्यहाँबाट पश्चिम नेपाल हुंदै मध्य तथा पूर्वतिर छिरेका खसहरूलाई कुमाई खस भन्ने प्रचलन अहिले पनि छ। जस्तै उदाहरणका लागि पर्साइ, सिटौला, ओली, कठायत, कुमाई हुन्। भने रिजाल, भण्डारी, पण्डित, थापा, खड्का आदि जुम्ली हुन्। खसहरूको आगमनले नेपालमा रहेको कविला जनजातीय राज्य कब्जासँगै खस भाषा र खस संस्कृतिलाई विस्तारै स्थापित गराएको देखिन्छ।
 
==सामाजिक इतिहासमा खस==
माथि नै बताइसकिएको छ कि खसहरू आर्य हुन् तर बैदिक आर्य होइनन्। {{Citation needed}} एक समय खस साम्राज्यको राज धर्म बौद्ध थियो। राजा भारदार र सामान्य प्रजा समेत बौद्ध धर्ममा प्रवल आस्था राख्थे।<ref>[प्रा.डा.सूर्यमणि अधिकारी, खस साम्राज्यको इतिहास, भूँडीपूराण प्रकाशन, काठमाडौंकाठमाडौँ प्रथम संस्करण, २०६१, पृष्ठ १९७]</ref> तिब्बती लामाहरूका दृष्टिमा खसहरू बोधिसत्वतार नै थिए भने कुमाउँ र गढवालका हिन्दूहरूका अगाडि खसहरूले आफूलाई संस्कारका भक्तका रूपमा उभ्याउँथे। खसहरूमा कुनै धार्मिक वा रिवाजमा कट्टरता थिएन। त्यसैले अवैदिक आर्य भइकन पनि खसहरूलाई वैदिक आर्य बन्न वा हिन्दूकरण हुन असहज नभएको देखिन्छ। कुनै पनि धार्मिक वा साम्प्रदायिक जड्ता नभएको र संस्काकारमा समेत उदार हुनाले कर्नालि को जतिले नेपालमा प्रचलित रहेका मंगोलियनहरूलाई दशैं पर्व मान्न सिकायो भने मंगोलियनहरूले कुनै उत्सवमा निधारभरी चामलका अक्षता लगाउने प्रचलनलाई [[दशैं]]मा टिकाका रूपमा अनुसरण गर्‍यो। {{Citation needed}} अहिले वर्णाश्रम र खानपानमा समेत मानव सभ्यताको आधुनिकतासँगै यो जातिले आफूलाई समय सापेक्ष बाटोमा सहजै ढाल्दै लगेको देखिन्छ।
 
प्राग एतिहासिक कालदेखि नै नेपालमा मानव जातिको बसोबास भएको थियो। नेपालका आर्य खस, मधेसी आर्य र मंगोल सबै बाहिरबाट आएर बसेका जाति हुन्। मंगोलियन जातिको नेपाल प्रवेश मुख्यतः उत्तर र पूर्वोत्तर दिशाबाट भएको देखिन्छ। भने खसहरू पश्चिम नेपाल प्रवेश गरेका थिए भने मधेसी दक्षिणबाट। यी दुई जाति मध्ये पुराणलाई छोड्दा खस हरु ने पहिले प्रबेश गरेको देखिन्छ । <ref>[प्रा.डा. प्रेमरमण उप्रेती, प्रा. डा. कृष्णबहादुर थापा, नेपालको संक्षिप्त सामाजिक आर्थिक तथा कुटनैतिक इतिहास, साझा प्रकाशन, काठमाडौंकाठमाडौँ २०५३ पृष्ठ १]</ref> नेपाली संस्कृति कुनै जातिको प्रवेशले अर्को जातिको संघर्ष नेपालमा भएन।<ref>[प्रा.डा. प्रेमरमण उप्रेती, प्रा. डा. कृष्णबहादुर थापा, नेपालको संक्षिप्त सामाजिक आर्थिक तथा कुटनैतिक इतिहास, साझा प्रकाशन, काठमाडौंकाठमाडौँ २०५३ पृष्ठ १]</ref> खसहरूले नेपालमा सह जाती मंगोलियनहरूलाई लखेटेर जातीय राज्य खडा गर्ने काम गरेनन्। {{Citation needed}} यहाँका आदिबासी, आर्य र मंगोलियनका बीचमा ठूलो मात्रामा जातीय संघर्ष भएन। दुवै जातिले प्रारम्भकाल देखि नै एक अर्काको अस्तित्व स्वीकारर्दै मेलमिलाप गरेर बसेको देखिन्छ।<ref>[प्रा.डा. प्रेमरमण उप्रेती, प्रा. डा. कृष्णबहादुर थापा, नेपालको संक्षिप्त सामाजिक आर्थिक तथा कुटनैतिक इतिहास, साझा प्रकाशन, काठमाडौंकाठमाडौँ २०५३ पृष्ठ १]</ref> नेपालका यी जातिहरूका बचिमा र अन्य जातिहरूका बीचमा पनि सांस्कृतिक आदानप्रदान रहनसहनको लेनदेन तथा सद्भाव रहंदै आएको छ। नेपालको सामाजिक इतिहासमा यो सांस्कृति व्यावहारिक तथा मनोवैज्ञानिक संगमलाई नेपाली सामाजिक सभ्यताका रूपमा अरूले पनि मूल्यांकन गर्ने गरेका छन्।
==आजको समयमा खस==
[[File:Nepali Hindu groom.jpg|thumb|आधुनिक खस जाति, पर्वते हिन्दु]]
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/870478" बाट अनुप्रेषित