"शङ्कराचार्य" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
पङ्क्ति ४१:
स्त्रीको ज्ञानपूर्ण वचन सुनेर अचम्म परेका आचार्य विचार मग्न भए । उनले अनुभव गरे कि जीव र ब्रह्म अभिन्न छन् । निर्विशेष ब्रह्म केवल द्रष्टा मात्र हुन्–जगतको रचना भने महामायाले गरेकी हुन् ।
यस्तै, अर्को दिनको कुरा हो, शङ्कर नुहाउन जांदै थिए । उनले बाटोमा के देखे भने एउटा चाण्डाल आफ्ना कुकुर सहित बाटो छेकेर बसेको छ । यो देखेर शङ्करले भने– ए चाण्डाल, बाटो छोड, म नुहाउन जांदैछु।
चाण्डालले संस्कृत श्लोकमा भन्यो– ए साधु, तिमीले कसलाई बाटो छोड भनेका छौ ? शरीरलाई कि आत्मालाई ? यदि आत्मालाई हो भने त्यो शुद्ध सर्वव्यापी र निष्क्रिय छ । यदि शरीरलाई हो भने त्यो मूढो हो । बाटो छोड्न सक्दैन । तिमीले ब्रह्म ज्ञानको मिथ्या अभिमान मात्र गरेको रहेछ । वास्तवमा तिमीलाई ज्ञान भएको रहेनछ । गंगा जलमा देखिने सूर्य छायां र मदिरामा देखिने सूर्यको छायांमा केही अन्तर छ ? के यही हो तिम्रो ब्रह्म ज्ञान ?<ref>अपूर्वानन्द, अनु. बाबु राम ज्ञवाली, शङ्कराचार्यको जीवनी,वि.सं.२०७१,विद्यार्थी पुस्तक भण्डार,काठमाडौंकाठमाडौँ, ISBN 978-99946-1-p.४८</ref>
 
==उभय भारतीसंग शास्त्रार्थ==
पङ्क्ति ५६:
 
शंकराचार्य नेपाल आएका छन् भन्ने समाचारले समस्त सनातन धर्मावलम्बीहरुको हृदयमा उत्साहको संचार भयो। आचार्यको दर्शन गर्न पशुपतिनाथ क्षेत्रमा मानिसहरु ओइरिन थाले । मन्दिरमा पूजा अर्चना को व्यवस्था लथालिंग देखेर आचार्यले आफ्ना शिष्यहरुलाई मन्दिरको सरसफाई गर्न भने । तत्काल एक स्तोत्र रचना गरी शिवको भजन गर्न थाले ।
सम्पूर्ण शिष्यहरुले पनि आचार्यका साथ पशुपतिनाथको पूजा अर्चना गर्न थाले । महादेवको जय ध्वनिले काठमाडौंकाकाठमाडौँका चारै दिशाहरु गुंजायमान हुन थाल्यो । पशुपतिनाथमा पुनः पूजा अर्चना हुन थाल्यो भन्ने सुनेर टाढा टाढाबाट मानिसहरु आएर मन्दिर दर्शन गर्न थाले । आचार्य आफैंले पशुपतिनाथ मन्दिरको प्रांगणमा बसेर सबैलाई धर्मोपदेश गर्दथे । आचार्यद्वारा गरिएको मधुर शास्त्र व्याख्या सुनेर श्रोताहरुको हृदय आनन्दले गद्गद् हुन्थ्यो । यसरी नेपालमा हिन्दु धर्ममा नवजागरण देखिन थाल्यो । आचार्यका शिष्यहरुले शहरमा घुमि घुमि धर्म उपदेश गर्न थाले । त्यहांका ब्राह्मणहरु लाई उनीहरुले नित्य नैमित्तिक कर्म– अग्निहोत्र, पंच देवताको पूजा र पंच महायज्ञको शिक्षा दिन थाले । साधारण जनताको अनुरोधमा वेद पारंगत ब्राह्मणहरु ले विभिन्न स्थानमा गएर वर्णाश्रम धर्मको प्रचार र वैदिक धर्मको अनुष्ठान गर्न थाले । यस शुभ कर्मले राजा पनि विशेष उत्साही भए । राजाको खर्चले अनेक स्थानमा मन्दिर बनाइए । तिनीहरुमा देवदेवीहरुको मूर्ति स्थापना गरिए । आचार्यको विशेष इच्छा अनुरुप पशुपतिनाथ मन्दिरको जीर्णोद्धार गरियो तथा शास्त्र सम्मत पूजा अर्चनादि नियमित रुपमा गर्नकालागि विद्वान ब्राह्मण नियुक्त गरिए । जसको नेतृत्व दक्षिण भारतका विद्वान ब्राह्मण स्वामी सोमशेखर आनन्द ले गरेका थिए ।
केही दिन भित्रैमा नेपालमा वैदिक धर्म, सदाचार र वर्णाश्रम धर्मको पुनः प्रचार भयो । ठाउँ ठाउँमा वेद र अन्य शास्त्रहरुको अध्ययनका लागि पाठशालाहरु बनाइए । आचार्यका गृहस्थ शिष्यहरुमध्ये अनेक ब्राह्मणहरुले अध्यापन गराउने भार वहन गर्न तयार भए । शंकराचार्यको यसै परम्परालाई अनुगमन गर्दै पछि [[माधवाचार्य]] आएर शैव मतको पुनः परिपुष्टि गरे ।आचार्य शङ्करको नेपाल आगमन बारे इतिहासकाहरु एक मत छैनन् । प्राध्यापक गोपालनिधि तिवारीका अनुसार बलदेव उपाध्यायकृत श्रीशंकराचार्य पुस्तकमा आचार्य नेपाल आएको कुराको विस्तृत वर्णन पाइन्छ भने ज्ञानमणि नेपालद्वारा लिखित पशुपतिनाथ दर्शन, स्पर्शन र पूजन सम्बन्धमा समीक्षा भन्ने पुस्तकमा आदि शंकराचार्य नेपाल आएको प्रमाण नपाइएको कुरा उल्लेख छ <ref>{{cite book|last1=तिवारी|first1=गोपालनिधि|title=जगद्गुरु श्रीआद्यशंकराचार्य|date=वि.सं.२०४५|location=काठमाडौंकाठमाडौँ}}</ref> सिलभा“ लेभीले भने शंकराचार्य नाम गरेका संन्यासी दुइपटक नेपाल आएको उल्लेख गरेका छन् । आचार्य शङ्कर नेपाल आएको कुरा अंग्रेज इतिहासकाहरुले पनि उल्लेख गरेका छन् ।<ref>{{cite book|last1=लेभी|first1=सिल्भां अनुवादक– डिल्लीराज उप्रेती|title=नेपाल– हिन्दु अधिराज्यको इतिहास भाग १ र भाग २|date=सन् २००७|publisher=हिमाल किताब}}</ref>
 
==आचार्य शङ्कर रचित ग्रन्थहरु==
आचार्य शङ्करको नामबाट २२ वटा भाष्य ग्रन्थ, ५४ वटा उपदेश र प्रकरण ग्रन्थ तथा ७५ वटा स्तोत्रहरू छन् । शारीरक भाष्य भने सार्वधिक महत्त्वपूर्ण कृति हो । [[श्रीमद्भगवद गीता|श्रीमदभगवद्गीता]]को शाङ्कर भाष्य आजसम्मकै गीता ग्रन्थको व्याख्याका लागि आधार मानिन्छ । कसैकसैले सम्पूर्ण रचना शंकराचार्यको होइन भनेर शंका उठाएका छन् । केही रचनाहरू प्रक्षिप्त गरिएको बताउने विद्वानहरू पनि छन् । स्वामी विवेकानन्दले भने आचार्य शङ्करलाई आजसम्मको सर्वाधिक उर्वर मस्तिष्क भनी व्याख्या गरेका छन् । उनले अमेरिकामा रहंदा अद्वैत दर्शनको व्याख्या सुन्न त्यहांका वैज्ञानिकहरु घन्टौं ध्यान पूर्वक बसेको विवरण पनि उल्लेख गरेका छन्, यो कुरा विवेकानन्द साहित्यमा पत्रावली मा उल्लेख गरिएको छ ।<ref>अपूर्वानन्द,अनु. बाबु राम ज्ञवाली,शङ्कराचार्यको जीवनी, वि.सं.२०७१, विद्यार्थी पुस्तक भण्डार, काठमाडौंकाठमाडौँ, ISBN 978-99946-1-,पृ. १७०</ref>
 
==अन्तिम उपदेश==
नेपालमा धर्म संस्थापन पछि आचार्य प्रायः ध्यान मग्न रहन थालेका थिए । तथापि शिष्यहरुको आग्रहले आचार्य सोही कार्यका लागि उत्तराखण्ड पुगे । आचार्यको अन्तर्मुखता बढ्दै गएको देखेर शिष्यहरुले के बुझिहाले भने गुरुदेवको ब्रह्म स्वरुपमा लीन हुने समय आइपुगेको छ । उनको आयुका ३२ वर्ष पूरा भइसकेको थियो । यसबाट सम्पूर्ण शिष्यहरु निराश हुन पुगे । एक दिन आचार्यले सबै शिष्यहरुलाई आफ्नो नजीकमा बोलाएर भने– बाबु हो, मेरो शरीरको जुन प्रयोजन थियो त्यो सकिएको छ । मेरो प्रस्थान पछि तिमीहरुले वेदान्तमय जीवन यापन गरेर वेदान्तको महिमाको प्रचार गर्नु । अहं ब्रह्मास्मि यस ज्ञानलाई अनुभव गर्नु अनि मात्र ठीक ठीक धर्म प्रचार हुने छ । ठूलो पीठमा आसन भएर कुनै व्यक्ति महान बन्दैन । आचरणले मात्र महानता प्राप्त हुन्छ ।<ref>अपूर्वानन्द,अनु. बाबु राम ज्ञवाली,शङ्कराचार्यको जीवनी, वि.सं.२०७१, विद्यार्थी पुस्तक भण्डार, काठमाडौंकाठमाडौँ, ISBN 978-99946-1-</ref>
 
==उपसंहार==
"https://ne.wikipedia.org/wiki/शङ्कराचार्य" बाट अनुप्रेषित