"वानीरा गिरि" का संशोधनहरू बिचको अन्तर

निबन्ध: -पर्वतको अर्को नाम -पार्वती र जङ्गल जङ्गल/यात्रा संस्मरण: -रोकिनेले आकार दिन सक्दैन
सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
पङ्क्ति १६:
| resting_place_coordinates = <!-- {{Coord|LAT|LONG|type:landmark|display=inline}} -->
| monuments =
| residence = मीनभवन, [[काठमाडौंकाठमाडौँ]], [[काठमाडौंकाठमाडौँ महानगरपालिका]], नेपाल
| nationality = {{flagicon|Nepal}}[[नेपाली]]
| other_names =
पङ्क्ति ३३:
| influences =
| influenced =
| home_town = [[काठमाडौंकाठमाडौँ]]
| salary =
| height =
पङ्क्ति ६१:
पिता इन्द्रराज गिरी र माता जानकीदेवीका ६ जना सन्तानमध्ये सबैभन्दा कान्छी छोरीका रूपमा वानिरा गिरीको जन्म भएको थियो । उनको जन्म दार्जिलिङको खरसाङमा संवत् २००३ वैशाख २२ गते शनिबार भएको थियो । वानिरा गिरीको नाउँ सानामा सत्यदेवी थियो । उनी अक्षय तृतीयाका दिन जन्मेकीले उनलाई सत्यदेवी भनिएको थियो । वानिरा गिरी सात वर्षकी हुँदा उनकी आमा स्वर्गीय भइन् । त्यसपछि उनका बुबाले छोरीलाई बोकीबोकी हिँडे । छोरीको पढाइ लेखाइबाट इन्द्रराज गिरी धेरै सन्तुष्ट थिए त्यसैले उनी छोरीको भविष्य लगेर डाक्टरमा जोड्न पुग्थे । सोही अनुरूप वानीराले पनि आई.एस्सी. पढिन् । आई.एस्सी. को अन्तिम परीक्षा आउनु केही दिन अघि उनका बुबाको पनि स्वर्गारोहण भयो ।<ref name="rabinsxp1"/>
 
[[File:Banira Giri2.jpg|thumb|मिति ९ मङ्सिर, २०६४ मा राष्ट्रिय नाचघर जमल काठमाडौंमाकाठमाडौँमा साझा प्रकाशनले आयोजना गरेको वृहत् पुस्तक प्रदर्शनीमा कवि दिनेश अधिकारीका साथमा वानिरा गिरी]]
 
==शिक्षा तथा कार्य जीवन==
 
वानिरा गिरी चार वर्ष हुँदा देखि नै नेपाली वर्णमाला पढ्न थालिन् । त्यति बेला उनी आफ्नै गाउँको स्कट मिसन स्कुलमा भर्ना भएकी थिइन् । त्यस स्कुलमा उनले छैटौँ कक्षा उत्तीर्ण गरिन् । उनी कक्षा एकदेखि छ सम्म पढाइमा प्रथम भइरहिन् । त्यसपछि उनलाई त्यहीँको सेन्ट जोसेफ स्कुलमा स्थानान्तरण गरियो । त्यहाँ पनि उनी कहिले कक्षामा प्रथम र कहिले द्वितीय हुन्थिन् । साथै त्यही स्कुलबाट उनले २०१६ सालमा एस.एल.सी. पास गरिन् । उनले स्नातक गरेपछि एम.ए. पढ्न २०२२ सालमा काठमाडौंकाठमाडौँ आइन् र एम.ए. मा भर्ना लिइन् । भारतीय विद्यार्थीलाई नेपाली पढ्ने श्री ५ महेन्द्र छात्रवृत्ति अन्तर्गत नै उनले भर्ना पाएकी थिइन् । उनले [[त्रिभुवन विश्वविद्यालय]]बाट नै एम.एड्. पनि गरिन् । पढाइमा उनको हौसला अझै चुलिँदै गयो । त्यसपछि उनले विद्यावारिधि पनि गरिन् र आफूलाई मन पर्ने कविलाई विद्यावारिधी को विषय बनाइन् ‘गोपालप्रसाद रिमालका काव्यमा स्वच्छन्दतावाद ।’ यसै विषयमा वानिराले विद्यावारिधी गरिन् र नेपाली साहित्यमा विद्यावारिधी गर्ने उनी प्रथम नारी भइन् ।<ref name="rabinsxp1"/><ref name="HimalayanVoices"/>
 
==व्यक्तिगत जीवन==
काठमाडौंकाठमाडौँ टेकेपछि वानिरा गिरीको शङ्कर गिरीसँग परिचय भयो र अन्तत: २०२३ सालमा इन्जिनियर गिरीसँग उनको वैवाहिक जीवन पनि स्थापित भयो । यिनका एक छोरा अपूर्ण तथा एक छोरी अपराजिता छन् ।<ref name="rabinsxp1"/>
 
==साहित्यिक यात्रा==
वानिरा गिरी सानैदेखि कवितालेखनमा रुचि राख्थिन् । एघार वर्षकै उमेरमा उनी कविता लेखनमा पुरस्कृत भइसकेकी थिइन् । उनका विषयमा [[ईश्वरवल्लभ]]ले भनेका थिए “बहिनी वानीरा एउटी सशक्त कवयित्री थिइन् । उनको भविष्यको काव्य भूमिको राप मैले त्यतिबेलै देखेको थिएँ । त्यसैले [[अगमसिंह गिरी]]ले आयोजना गरेको कवि गोष्ठीमा मैले उनलाई पुरस्कार स्वरूप केही कृति दिएको थिएँ ।” उनी जसरी कथा, कविता लेख्थिन् त्यसै गरी स्कुलमा आयोजित सांस्कृतिक कार्यक्रममा सहजतापूर्वक भाग लिने गर्थिन् । तेस्रो कक्षामा उनले सर्वप्रथम कलाकारको भूमिका पनि निर्वाह गरेकी थिइन् । चौथो कक्षामा पनि यिनले नाटकमा आफ्नो भूमिका देखाएकी थिइन् । चाहे वक्तृत्व कलामा होस्, चाहे गायनमा होस्, चाहे नृत्यमा होस् र चाहे नाटकमा होस् जुनसुकै विषयमा भाग लिए पनि उनी प्रतियोगितामा प्रथम हुन्थिन् र कहीँ कतै द्वितीय पनि हुन्थिन् । कविता प्रतियोगितामा पनि उनको स्तर अग्रपङ्क्तिमा नै हुन्थ्यो । यिनी आफू मात्र कविता लेख्तिनथिन् अरूहरूलाई पनि प्रोत्साहन दिन्थिन् । उदाहरणका लागि भन्ने हो भने त्यस बेला यिनले ‘मुटु’ नाउँको भित्तेपत्रिका पनि निकालिन् । एघार वर्षको उमेरमा उनी भित्तेपत्रिका सम्पादन र प्रकाशन पनि गर्थिन् । वानिरा गिरीले बाल्यकालदेखि नै आफूलाई साहित्यतर्फ लगाए तापनि पहिलोपल्ट उनको औपचारिक कविता २०२० सालमा छापिएको थियो । डी.के. खालिङको सम्पादनमा [[दार्जिलिङ्ग]]बाट प्रकाशित ‘दियो’ मा ‘मेरो साथी भन्छ’ शीर्षक कविता छापिएपछि उनी जनसमक्ष प्रस्तुत भएकी हुन् । त्यसपछि उनी कविता लेखनमा क्रमश: चम्कँदै गइन् । दार्जिलिङका विभिन्न पत्रपत्रिकाका अतिरिक्त काठमाडौंकाकाठमाडौँका पनि अनगिन्ती पत्रपत्रिकामा उनका रचनाहरू प्रकाशित भइरहे । कृतिकारका रूपमा चाहिँ उनी २०३१ सालमा देखापरिन् । त्यति बेला उनको ‘एउटा एउटा जिउँदो जङ्गबहादुर’ नामक कविता सङ्ग्रह प्रकाशित भयो । त्यसपछि २०३४ सालमा यिनको अर्को कविता सङ्ग्रह प्रकाशित भयो ‘जीवन: थायमरू’ अनि २०३५ सालमा उनको ‘कारागार’ नामक उपन्यास प्रकाशनमा आयो । ‘मेरो आविष्कार’ नामक उनको आत्मकाव्य पनि २०३४ सालमा प्रकाशित भयो । त्यसै गरी २०४४ सालमा उनले ‘निर्बन्ध’ नामक उपन्यास प्रकाशनमा ल्याइन् भने २०५६ मा उनको अर्को उपन्यास ‘शब्दातीत शान्तनु’ प्रकाशित भयो । उनको ‘शब्दातीत शान्तनु’ नेपाली साहित्यमा निकै चर्चित बन्यो । त्यही कृतिले संवत् २०५६ को साझा पुरस्कार पनि प्राप्त गर्‍यो । उनले पाएका पुरस्कारको लेखा जोखा गर्ने हो भने उनी दार्जिलिङबाट काठमाडौंकाठमाडौँ आएकै वर्ष नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट आयोजित कविता महोत्सवमा द्वितीय भएकी थिइन् । उनी प्रबल गोरखा दक्षिण बाहुबाट पनि विभूषित भइन् । यिनी २०३३ सालमा अफ्रो एसियाली लेखक सम्मेलनमा भाग लिन सोभियत रुस गएकी थिइन् ।<ref name="rabinsxp1"/>
 
==लेखनशैली==
पङ्क्ति ८२:
* जीवन: थामहरू - २०३४
* शब्दातीत शान्तनु - २०५६
* काठमाडौँ काठमाडौँ
* काठमाडौं काठमाडौं
 
===उपन्यास===
"https://ne.wikipedia.org/wiki/वानीरा_गिरि" बाट अनुप्रेषित