"खैँजडी" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
पङ्क्ति १६:
 
== परिचय ==
विशेषगरी क्षेत्री-ब्राहृमण बसेको समाजमा खैंजडी भजन गाउने प्रचलन छ। काठमाडौंकाठमाडौँ उपत्यकाको साथै पूर्वी पहाडका अधिकांश ठाउँमा यो खैंजडी भजन गाउने चलन छ। प्रायः क्षेत्री ब्राहृमण समुदायका व्यक्तिहरू नै सहभागी हुने भए पनि दर्शक र श्रोताको रूपमा सबै जातजातिले मनोरञ्जन लिने गर्दछन्। यस प्रकारको भजन गाउँदा कम्तीमा पनि आठ-नौ जनाको टोली गोलाकार भई बसेर एक जनाले भट्याउने केहीले खैंजडी लिने गर्दछन्। भट्याउने व्यक्ति बीचमा बस्दछ र भट्याउँछ उसले नारायण भन्दै छोडेका पङ्क्तिलाई राम राम भन्दै टिपेर खैंजडीको तालसँगै नृत्य गर्न थाल्छन्। नृत्य गर्नेहरू एउटा खुट्टा उचालेर जोडीजोडी भई पालैपालो नाच्छन्। चुड्का भजनमा भजन गाउने बाजा बजाउने र नृत्य गर्ने मात्र होइन दर्शकहरू समेत जोसिएका हुन्छन्। यसरी नै भजन अगाडि बढेको पाउन सकिन्छ।
 
खैंजडी भजन गाउन सुरु गर्नुअघि सर्वप्रथम मङ्गलाचरण भजन गाएर मात्र भजन गाउने क्रमलाई अगाडि बढाइन्छ। यसलाई आरती भजन पनि भनिन्छ। गणेश, सरस्वतीसहित अन्य देवीदेवताको आराधना गरी भजन सुरु गरिन्छ। बिघ्न हर्ता गणेशलाई सबै बिघ्न बाधा हटाइदिन र विद्याकी देवी सरस्वतीलाई गलामा आएर बास गरिदिन आग्रह गर्दै यो भजन सुरु गरिन्छ। खैंजडी भजनहरू विशेषगरी श्रीमद्भागवत महापुराणलाई आधार मानेर सिर्जना गरिएको पाइन्छ। यसैगरी भजनहरू देवीभागवत, शिवपुराण, रामायण, महाभारत, श्रीस्वस्थानी व्रतकथा आदिका कथामा समेत आधारित हुन्छन्। यी ग्रन्थहरूबाट कुनै एक देवीदेवता वा अन्य कुनै पात्रलाई उठाएर टुक्रा झिकी त्यस टुक्रालाई लम्ब्याउँदै भजन गाउने गरिन्छ।
"https://ne.wikipedia.org/wiki/खैँजडी" बाट अनुप्रेषित