"उपनिषद्" का संशोधनहरू बिचको अन्तर

सा
बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै)
सा (बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ))
==उपनिषदको परिचय==
 
उप–नी–षद् को अर्थ हुन्छ [[गुरु]]को चरण नजीक आसनमा बस्नु । उपनिषदहरुलाई [[श्रुति]] पनि भनिन्छ किनभने उपनिषदहरुलाई वेदको ज्ञानकाण्ड मानिन्छ । वेदको अन्त मानिएकोले [[वेदान्त]] पनि भनिन्छ । जंगलको एकान्तमा शिष्यको जिज्ञासा मेटाउन रचना गरिएका ग्रन्थ भएकोले यिनीहरुलाई [[आरण्यक]] पनि भनिन्छ । उपनिषदमा जीवनको सबभन्दा गूढ विषय छलफल गरिएकोले उपनिषदलाई [[रहस्यविद्या]] पनि भनिन्छ । उपनिषदहरु [[हिन्दू धर्म|हिन्दु]] र [[बुद्ध धर्म|बौद्ध]] अध्यात्म दर्शनका आधार भएकोले अध्यात्म विद्या पनि भनिन्छ । <ref>धर्मविज्ञान सार संक्षेप– खप्तड बाबा, सम्पादक चूडानाथ भट्टराय, श्रीमती जयाराज्यलक्ष्मी शाह, थापाथली काठमाडौंकाठमाडौँ, वि.सं २०५१ ।</ref><ref>सांस्कृतिक संवीक्षण, डा. टीकाराम पन्थी, विश्व शिन्दु महासंघ, रुपन्देही, वि.सं. २०६३ ।</ref>
[[सुफि]] दर्शनमा उपनिषद्को निकै प्रभाव परेको हुनाले यसलाई हिन्दू तथा [[इस्लाम धर्म]]को सेतुको रूपमा पनि मान्न सकिन्छ।
सबैभन्दा लामो [[बृहदारण्यक उपनिषद|बृहदारण्यक]] उपनिषद्, सबैभन्दा पुरानो [[छान्दोग्य]] उपनिषद्, र सबैभन्दा सानो [[माण्डूक्य उपनिषद्]] हो। उपनिषद् संस्कृत भाषामा लेखिएको छ र यसमा प्रयोग भएको भाषालाई पछिल्लो [[वैदिक सँस्कृत]] भन्ने गरिन्छ। <br />
त्यस पछि यस उपनिषदका अंग्रेजी, जर्मन, इटालियन, र फ्रेञ्च अनुवादहरु भए । सर एडविन आर्नोल्डले कठ उपनिषदको अंग्रेजी व्याख्या द सीक्रेट अफ डेथ लेखेर यसलाई यूरोपमा अझ लोकप्रिय बनाए । सन् १८०५ मा कोलब्रुकले १७० वटा उपनिषदहरु पाएको जानकारी दिएका छन् । रामकृष्ण मठको तर्फबाट बेलायतमा पठाइएका संन्यासी स्वामी परमानन्दले चार उपनिषदहरु ईशा, कठ, केन, र मुण्डक उपनिषद्को मूल संस्कृतबाट अंग्रेजी अनुवाद गरी सन् १९०९मा ब्रिटिश शिष्यहरुलाई प्रवचन गरेका थिए । यो सन् १९१९ मा पुस्तकाकार रुपमा प्रकाशित भयो । तर यूरोपेली पाठकहरुका लागि तयार गरिएकोले त्यसमा संस्कृत मूल नराखेर केवल अंग्रेजी अनुवाद मात्र राखिएको थियो ।
<br />
ब्रिटिश कवि मार्टिन सीमोर स्मिथले उपनिषदहरु लाई विश्वमा लेखिएका सर्वाधिक प्रभावशाली सय पुस्तकहरुको उपमा दिएका छन् । श्रीमदभगवद्गीतालाई पनि उपनिषदमध्येको एक मानिन्छ । इमरसन, थोरो, कान्ट, शोपेनहावर र अन्य केही दार्शनिकहरु उपनिषदका विषय वस्तुको गहनताबाट अत्यन्त प्रभावित छन् । यूरोपेली विद्वानहरुले प्रशंसा गरेकोले उपनिषद्हरुको महत्त्व बढेको भन्ने होइन बरु उपनिषद् पढेर उनीहरु धन्य बनेकोमा हामीहरु गौरवान्वित भएका छौं । <ref>धर्मविज्ञान सार संक्षेप– खप्तड बाबा, सम्पादक चूडानाथ भट्टराय, श्रीमती जयाराज्यलक्ष्मी शाह, थापाथली काठमाडौंकाठमाडौँ, वि.सं २०५१ ।</ref> राल्फ बाल्डो इमरसनले आफ्नो इम्मोर्टालिटि निबन्धमा कठ उपनिषदको सानो विवरण उल्लेख गरेका छन् । इमरसन ती अमेरिकन कवि हुन् जसले अंग्रेजीमा ब्रह्म कविता लेखेका छन् । यो कविता त्रि वि मा अंग्रेजीको पाठ्यक्रममा राखिएको छ ।
 
===१०८ उपनिषद्===
७०,५६९

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/869851" बाट अनुप्रेषित