"शेरबहादुर देउवा" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ३:
|image=sher bahadur.jpg
|birth_date={{birth date and age|1946|6|13|df=y}}<br> २००३ जेठ ३१<ref>http://lokaantar.com/biswo/14881/ सिंहदरबारमा चौथो इनिङ, को हुन् शेरबहादुर देउवा ? </ref>
|office=[[नेपालका प्रधानमन्त्रीहरूप्रधानमन्त्रीहरूको सूची|४० औं प्रधानमन्त्री (नेपाल)]]
|term_start=वि.सं. २०७४।०२।२४
|term_end=२०७४।११।०३
पङ्क्ति ९:
|predecessor=[[पुष्पकमल दाहाल|पुष्पकमल दाहाल प्रचण्ड]]
|successor=[[खड्गप्रसाद ओली]]
|office1=[[नेपालका प्रधानमन्त्रीहरूप्रधानमन्त्रीहरूको सूची|३२ औं प्रधानमन्त्री (नेपाल)]]
|term_start1=२०५२ भदौ २७
|term_end1=२०५३ फागुन २९
|monarch1=[[बीरेन्द्रवीरेन्द्र वीर विक्रम शाह|राजा वीरेन्द्र]]
|predecessor1=[[मनमोहन अधिकारी]]
|successor1=[[लोकेन्द्र बहादुर चन्द|लोकेन्द्रबहादुर चन्द]]
|term_start2=२०५८ साउन ११
|term_end2=२०५९ असोज १८
पङ्क्ति २८:
|signature = Sher Bahadur Deuba signature.svg
}}
'''शेरबहादुर देउवा''' [[नेपाली कांग्रेस|नेपाली काँग्रेस]]को संसदीय दलको समेत नेतृत्व गर्दै वि.सं. २०५२ सालमा पहिलोपटक [[नेपाल]]को प्रधानमन्त्री बनेका थिए।
 
[[नेपाली कांग्रेस|नेपाली काँग्रेस]]को विभाजनपछि उनी [[नेपाली कांग्रेस (प्रजातान्त्रिक)]]को सभापति थिए| काँग्रेस पुनर्मिलन पश्चात् उनी आफ्नो पार्टीसँगै नेपाली काँग्रेसमा गाभिएका छन्। शेरबहादुर देउवा चार पटक प्रधानमन्त्री रहिसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा [[डडेल्धुरा जिल्ला|डडेलधुरा जिल्ला]] क्षेत्र नं. १ र [[कञ्चनपुर जिल्ला]] क्षेत्र नं. ४ बाट संविधानसभामा प्रतिनिधित्व गर्दछन्। वि.सं. २०४८,२०५१ र २०५६ का संसदीय निर्वाचनहरूमा [[डडेल्धुरा जिल्ला|डडेलधुरा जिल्ला]] क्षेत्र नं. १ बाट विजयी देउवाले गृहमन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेका छन्। उनी माओवादी समस्या समाधानका लागि गठित उच्चस्तरीय समितिका अध्यक्ष थिए। प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा ने.वि.संघका प्रथम सभापति थिए र सुदूर पश्चिममा [[नेपाली काँग्रेस|नेपाली कांग्रेस]]का सर्वाधिक प्रभावशाली व्यक्तित्व मानिन्छन्। राजनीतिक संघर्षका क्रममा उनले नौ वर्ष जेलजीवन बिताएका छन्।
[[देउवा]]ले नेतृत्व गरेको जननिर्वाचित सरकारलाई तत्कालीन [[ज्ञानेन्द्र शाह|राजा ज्ञानेन्द्र]]ले २०५९ सालमा "असक्षम"को आरोप लगाई विघटन गरेका थिए भने उनैले दुई वर्षपछि वि.सं. २०६१ सालमा पुनः प्रधानमन्त्री नियुक्त गरेका थिए। पार्टीको अन्तरिक द्वन्द्वका क्रममा देउवाले आफ्नो नेतृत्वमा वि.सं. २०५९ सालमा [[नेपाली कांग्रेस (प्रजातान्त्रिक)]]को गठन गरेका थिए भने वि.सं. २०६४ सालमा सो पार्टीको [[नेपाली काँग्रेस|नेपाली कांग्रेस]]सँग एकीकरण भयो र उनी वरिठ नेतामा स्थापित भए। प्रजातन्त्र प्रतिको अटुट लगाव र तदनुरूप संघर्ष तथा व्यक्तित्व र आचरणका कारण जनताले आफूलाई सधैँ विजयी गराउँदै आएको मान्ने देउवा [[संविधान सभा]]मा लोकतन्त्रको संस्थागत विकासका लागि क्रियाशील हुने बताउछन्। [[त्रिभुवन विश्वविद्यालय]]बाट राजनीतिशास्त्रमा एम्. ए. गरेका उनी देउवा सोही विषयमा लन्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसकेका छन्। देउवा एक छोरा जयबीर देउवाका पिता हुन् र उनकी श्रीमती [[आरजु राणा देउवा]] पनि [[संविधान सभा]] सभासद् थिए।<ref>[http://www.nepalcaportal.org संविधान सभा निर्वाचन पोर्टल]</ref>
 
==पारिवारिक पृष्ठभूमि<ref name="">सम्माननीय श्री शेरबहादुर देउवा, उनका सहोदर माईला भाई लोकबहादुर देउवा ,उनका पुरोहित र रोखोला,डोटी कुमाऊ क्षेत्रको मान्यता र बास्तबिकता अनुसार </ref>==
[[डडेल्धुरा जिल्ला]]को पश्य गर्खा क्षेत्रमा एक सम्पन्न परिवारको रुपमा रहेको शेर बहादुर [[देउवा]]को परिवारलाई डडेल्धुरा क्षेत्रमा ठकुरी [[देउवा]] परिवार भनेर चिन्दछन | डोटी पचनाली , लुलानी मल्ल, [[डोटी जिल्ला|डोटी]] बोगटानी बम र [[बोगटी]] रजवारसंग मात्र बैबाहिक सम्बन्ध गर्ने यो परिवार संम्पन्न र जागिरदार परिवारको रुपमा ऐतिहासिक कालदेखि चिनिदै आएको परिवार हो | डोटी राज्यकालमा डडेल्धुराको "पश्यगर्खा क्षेत्र" यिनैको अधिनमा थियो | चन्द्रवंशी, कश्यप गोत्रीय यी देउवाको कुलको देवता बडालको गन्याप लाटो (गणेश) र [[अशिग्राम केदार]] हो | जानकारी भए अनुसार डोटी राज्यकालमा चर्चित बनेका कुसलसिंह देउवा [[रजवार]]का दुई पुत्र जेठा गोमनसिंह देउवा रजवार र कान्छा बहादुर सिंह देउवा रजवार हुन् | जेठा गोमन सिंह देउवा रजवारका एक पुत्र उदैसिंह देउवा रजवार भए उदैसिंह देउवा रजवारका एक पुत्र प्रसादसिंह देउवा रजवार हुन् | प्रशादसिंह देउवा रजवारका दुई श्रीमती (डडेल्धुरा गणेशपुर मैरोड़ाका मल्लकुलकी छोरी धनादेबी (मल्ल) देउवा र [[बोगटान राज्य|डोटी बोगटान]]का बम कुलकी छोरी द्रोपती (बम) देउवा)बाट ३/३ छोराहरु गरेर ६ छोराहरु क्रमश शेरबहादुर देउवा, लोकबहादुर देउवा, गणेशबहादुर देउवा, प्रेमबहादुर देउवा, ललितबहादुर देउवा र बलबहादुर देउवाको जन्म भयो | यी ६ भाइ मध्ये जेष्ठ पुत्र शेरबहादुर देउवा राजनीतिमा सफल व्यक्तित्व बन्न पुगे शेरबहादुर देउवाका एक पुत्र जयबिर देउवा छन् | शेरबहादुरका भतिजा शिवबहादुर देउवा नेपाली सेनामा बरिष्ट क्याप्टनहुँदै मेजरको रुपमा लोकप्रिय अधिकृत भएर सेवा दिरहेका छन् | माईला लोकबहादुर देउवाका पुत्र भानबहादुर देउवा (भानु देउवा) शेरबहादुर देउवाका पिए (स्वकीय) सचिब छन् | निडर, निस्कपटी भावना भएका शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री र एउटा ठूलो राजनीतिक पार्टीको प्रमुख ब्यक्ति बन्न सफल भएर आफ्नो पुर्खाको बीरताले भरिएको, [[वीरगाथा]], [[चैत गीत]] [[धमारी]]मा समेटिएको देउवा कुलकै गौरव र इतिहास बचाउन पनि सफल बने भन्ने मान्यता जानकारहरु राख्दछन | देउवाहरु डडेल्धुराको रुवाखोला, कुमाऊ बंडालु, पिथौड़ागड, सोर ,चंदेनी र डोटी गड्सेरा देउवान क्षेत्रमा गरी झन्डै ५०० परिवारको संख्या (कुमाऊ क्षेत्रमा -२००, डोटी गड्सेरा देउवान क्षेत्रमा १५०, र रुवाखोला क्षेत्रमा १५०)मा फैलिएर रहेका छन् | कुमाऊमा भारतीय सेनाका अधिकृत, डाक्टर, इन्जिनियर छन् | नेपालमा आफ्नो कुलको व्यक्ति शेरबहादुर देउवा देशको प्रधानमन्त्री बनेकोमा गौरव गर्छन |
 
==युवावस्था==
पङ्क्ति ४१:
==राजनीतिक जीवन==
[[File:Sher Bahadur Deuba, Nepal, 11 December 1995.jpg|thumb|प्रम देउवा]]
देउवा कांग्रेसका संस्थापक नेता [[विश्वेश्वरप्रसाद कोइराला|बिपी कोइराला]]को प्रेरणाबाट राजनीतिमा हाेमिएका थिए । खासगरी वि. सं. २०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर रुपमा सक्रिय उनी [[नेपाल विद्यार्थी संघ]]का प्रथम निर्वाचित सभापति एवम् संस्थापक सदस्य हुन् । वि. सं. २०२८ मा उनी [[नेपाल विद्यार्थी संघ]]को सभापतीमा चुनिएका थिए । वि. सं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा [[डडेल्धुरा जिल्ला]]बाट निर्वाचित उनी वि. सं २०६४ र वि. सं २०७० सालमा भएको [[संविधान सभा]]को निर्वाचनमा डडेल्धुराका साथै [[कञ्चनपुर जिल्ला]] र [[कैलाली जिल्ला]]बाट समेत विजयी भएका थिए ।<ref>{{cite web|title=कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित|url=http://www.onlinekhabar.com/2017/06/594820/|website=अनलाइनखबर|publisher=[[अनलाइनखबर]]|accessdate=२०७४ जेठ २३}}</ref>
 
==सन्दर्भ सामग्रीहरू==