"बङ्गलादेश राष्ट्रिय क्रिकेट टोली" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १८:
}}
 
बङ्गलादेशको राष्ट्रिय क्रिकेट टिम (बङ्गाली : বাংলাদেশ জাতীয় ক্রিকেট দল) [[बंगलादेश|बङ्गलादेश]]को प्रतिनिधित्व गर्ने राष्ट्रिय क्रिकेट टिम हो । यसको संचालन तथा समन्वय बङ्गलादेश क्रिकेट बोर्ड (बिसिबि) द्वारा गर्ने गरिन्छ । बङ्गलादेश एउटा पूर्ण परिक्षण पश्चात [[अन्तर्राष्ट्रिय क्रिकेट परिषद|(अईसिसी)]] को सदस्य हुनुका साथै एकदिवसीय अन्तर्राष्ट्रिय तथा टेस्ट खेल्ने दशौ राष्ट्र हो । बङ्गलादेशले आफ्नो पहिलो टेस्ट म्याच [[भारत राष्ट्रिय क्रिकेट टिम|भारत]]को बिरुद्ध [[ढाका]]मा सन् २००० मा खेलेको थियो । सन् १९७९ मा इंग्ल्याण्डमा भएको आइसीसी ट्रफीमा बङ्गलादेशले आफ्नो [[अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट|वनडे]]मा सुरुअवात गरेको थियो जसमा उसले २ जित र २ हारको नतिजा निकालेको थियो । बङ्गलादेशले सन् १९८६ मा भएको एसिया कपको मार्फत अन्तर्राष्ट्रिय क्रिकेटको आधिकारिक सुरुवात गरेको थियो ।
 
सन् १९८६ मार्च ३१ मा बांग्लादेशले एसिया कपमा [[पाकिस्तान राष्ट्रिय क्रिकेट टिम|पाकिस्तान]] बिरुद्ध आफ्नो पहिलो [[अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट|वनडे]] म्याच खेलेको थियो । बङ्गलादेशले क्रिकेटमा थोर-थोरै देशको शहरी क्षेत्रहरुमा आफ्नो लोकप्रियतालाई कायम गरेको छ । फुटबल बङ्गलादेशमा लामो समय सम्म लोकप्रिय खेलको रुपमा रहेको थियो । क्रिकेट बङ्गलादेशले सन् १९९७ मा [[मलेसिया]]मा भएको आइसिसी ट्रफी जितेर सन् १९९९ को आइसिसी वर्ल्डकपको लागि छनौट भएको थियो । त्यसपछि बङ्गलादेशमा क्रिकेटको स्तर बढ्दै गएको छ र हाल सम्म कायम रहेको छ , बङ्गलादेशले सन् १९९९ को क्रिकेट बिश्वकपमा शानदार प्रदर्शन गर्दै अप्रत्यासित रुपमा [[पाकिस्तान राष्ट्रिय क्रिकेट टिम|पाकिस्तान]]लाई हराएको थियो र [[स्कटल्याण्ड राष्ट्रिय क्रिकेट टिम|स्कटल्याण्ड]]लाई पनि पाखा लगाएको थियो । सन् १९९७ मा बङ्गलादेशले [[अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट|वनडे]] खेल्ने आधिकारिक मान्याता पाएको थियो भने [[टेस्ट क्रिकेट|टेस्ट]] खेल्ने मान्यता सन् २००० जुन २६ मा पाएको थियो ।