"सोमनाथ अधिकारी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २८:
'''सोमनाथ अधिकारी''' [[नेपाल]]को [[प्रदेश नं. १]] का [[प्रदेश प्रमुख]] हुन्। उनलाई यस पदमा [[नेपाल सरकार]] मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति [[विद्यादेवी भण्डारी]]ले विक्रम सम्वत् २०७६ कात्तिक १८ गते नियुक्त गरेकी हुन् ।<ref>https://www.presidentofnepal.gov.np/?p=3662</ref>
 
[[कास्की जिल्ला|कास्की]]का पुराना [[वामपन्थी]] नेता पूर्वसांसद पनि हुन् । [[पञ्चायती व्यवस्था|पञ्चायत]]भित्र घुसेर पञ्चायती शासनकै भण्डाफोर गर्ने नीतिअनुरुप तत्कालीन नेकपा मालेले उनलाई विक्रम सम्वत २०४३ सालमा [[कास्की जिल्ला|कास्की]]बाट राष्ट्रिय पञ्चायत सदस्यको जनपक्षीय उम्मेदवार बनाएको थियो । त्यतिखेर उनले [[राष्ट्रिय पञ्चायत]]मा जनताका आवाज बुलन्द गरेका थिए । त्यही राप र तापले उनलाई विक्रम सम्वत २०४८ सालको आम निर्वाचनमा तत्कालीन एमालेबाट सांसद जित्न सघायो ।
 
विक्रम सम्वत २०२५ सालदेखि [[कम्युनिस्ट]] आन्दोलनमा निरन्तर सक्रिय उनी २०२७ सालमा [[पृथ्वीनारायण क्याम्पस]] पोखराको स्ववियु सभापति भएका थिए । केही समय म्याग्दीको दरबाङ र दोभामा शिक्षक बनेर पार्टीको काम गरेका अधिकारीले ३ वर्ष जेल जीवन पनि बिताएका छन् । उनी २०४६ सालको जनआन्दोलनको बेला वाममोर्चाको कास्की जिल्ला संयोजक थिए ।