"सुगौली सन्धि" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ३४:
[[File:India shepherd 1923.jpg|200px|thumb|right|greater nepal map with british india map]]
 
'''सुगौली सन्धि''' नेपाल र तत्कालिन इस्ट इन्डिया कम्पनी बीचमा भएको सम्झौता हो जसबाट नेपाल अंग्रेज युद्धको विधिवत समाप्ति भएको थियो। यो सन्धिमा नेपालले आफ्नो अधीनस्थ भूमिको २ तिहाई भू-भाग गुमाउनु परेको थियो। यो सन्धिमा [[इस्ट इन्डिया कम्पनी|ब्रिटिश इस्ट इन्डिया कम्पनी]] र [[नेपाल]] बीच २ डिसेम्बर १८१५ मा हस्ताक्षर भएको र यसको पुष्टि ४ मार्च १८१६ भएको थियो। यो सन्धि गरेर ब्रिटिशद्वारा पर्वतीय राज्य नेपालमाथि दोस्रो पल्ट आक्रमण गरिंदा उब्जेको सन् १८१४ देखि १८१६ सम्म चलेको अंग्रेज-नेपाली युद्धलाई समाप्त गरियो। सन्धिमा हस्ताक्षर गर्नेमा नेपाल पक्षबाट राजगुरू [[गजराज मिश्र]] र [[चन्द्र शेखर उपाध्याय]] तथा ब्रिटिश (कम्पनी) पक्षका लेफ्टिनेन्ट कर्नेल प्यरिस ब्राड्स थिए।
 
सन्धिमा नेपालले लडाईंमा जितेको भूमि छोड्नुपर्ने, ब्रिटिश प्रतिनिधि काठमाडौंमा राखिने, गोर्खालाई ब्रिटिश सेनामा भर्ती गरिने र नेपालले अमेरिकी अथवा युरोपी कर्मचारीलाई राख्ने अधिकारबाट पनि वंचित हुनुपर्यो । यस अघि फ्रान्सका कमाण्डरहरूलाई नेपाली सेनालाई तालीम दिने काममा लगाइन्थ्यो। यस सन्धिमा एक तिहाई भूभाग नेपालले गुमाउनु पर्यो । यस अन्तर्गत [[दार्जिलिङ]][[सिक्किम]]को क्षेत्र पनि पर्छ, यहाँका राजा छोग्यालले अंग्रेज-नेपाली युद्धमा ब्रिटिशलाई सघाएका थिए। नेपालले गुमाएका क्षेत्रहरूमा काली नदीको पश्चिमी भाग [[कुमाउँ]](वर्तमान उत्तराखण्ड), [[गढवाल]](वर्तमान उत्तराखण्ड), [[सतलज नदी]]को पश्चिमतर्फका केही क्षेत्रहरू कांगडा (वर्तमान हिमाचल प्रदेश) र तराई क्षेत्रका धेरै भागहरू।
पङ्क्ति ४४:
== सुगौली सन्धिअघि ==
[[Image:Sugauli Treaty2.PNG|thumb|200px|सुगौली सन्धिले सीमारेखामा ल्याएको अन्तर]]
सुगौली सन्धि हुनु अघि [[दार्जीलिङ्गदार्जीलिङ|दार्जीलिंग]], पूर्वमा [[टिस्टा]]सम्म, दक्षिण-पश्चिममा [[नैनीताल]], [[कुमाउँ]], [[गडवाल]] र पश्चिममा [[बशाहर]]सम्म नेपालको भूभाग थियो तर वर्तमान कालमा यी क्षेत्र भारतका भूभागमा पदर्छन् ।
 
== नेपालले स्वेच्छाले सुगौली सन्धि गरेको थिएन==
पङ्क्ति ६५:
 
==यो पनि हेर्नुहोस्==
*[[नेपाल अंग्रेजअङ्ग्रेज युद्ध|गोरखा युद्ध]]
*[[:en:List of treaties|सन्धिहरूको सूची]]
*[[सिक्किम]]
"https://ne.wikipedia.org/wiki/सुगौली_सन्धि" बाट अनुप्रेषित