"सुवर्ण शमशेर राणा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
'''सुवर्ण सम्शेर राणा''' नेपालका 20th प्रधानमन्त्री [ मन्त्रिपरिषद्को अध्यक्ष ] बरिष्ठ राजनीतिज्ञ हुन्। यिनी २०१५ सालमा १ वर्ष नेपालको प्रधानमन्त्री बनेका थिए। राणा परिवारमा जन्मेका यिनी राणा शासन विरूद्धको आन्दोलनमा व्यापक रूपमा लागेका थिए। यिनी [[नेपाली काँग्रेस|नेपाली कांग्रेस]]को कोषाध्यक्ष र पछि पञ्चायतकालमा बी. पी. जेलमा हुँदा कार्यवाहक सभापति बनेका थिए। यिनी नेपालका विद्वान राजनीतिज्ञ कहलाउँछन्।
 
२३ वर्षको उमेरमा स्नातकोत्तर गरेका सुवर्ण शमशेर राणा परिवारका प्रथम स्नातकोत्तर थिए । केही समय राजा महेन्द्रलाई राजदरबारभित्र गई पढाउने काम गरेका सुवर्णको स्वभाव अन्य राणाको भन्दा नितान्त फरक थियो ।
 
== नेपाली कांग्रेस ==
२००४ चैत ३१ गते श्री ३ [[मोहन शमशेर जङ्गबहादुर राणा|मोहन शमशेर]]ले नेपाली राष्ट्रिय कांग्रेसलाई अवैध घोषणा गरेपछि नेपालजस्तो मुलुकमा राणा शासन फाल्ने सशस्त्र संघर्षमात्रै उपयुक्त औजार हो भन्ने तर्कमा २००६ सालसम्म वीपी पनि सहमत भए । २००६ चैत २७ गतेदेखि कलकतामा दुवै दलको संयुक्त अधिवेशन बोलाइयो । दुवै पार्टीले 'राष्ट्रिय' र 'प्रजातन्त्र' शब्द झिक्ने सहमतिपश्चात पार्टी एकीकरण भयो । र एकीकृत पार्टीको नाम [[नेपाली काँग्रेस|नेपाली कांग्रेस]] बनेपछि सुवर्ण कोषाध्यक्ष बने ।
 
राजा महेन्द्रले २०१७ पुस १ गते प्रजातन्त्रको घाँटी निमोठेपछि बीपीसहित थुप्रै नेताहरूलाई सुन्दरीजलमा नयाँ जेल बनाएर थुनियो । उपप्रधानमन्त्री सुवर्णशमशेर भने अघिल्लो दिन कलकत्ता गएकाले जोगिएका थिए । महेन्द्रले उनलाई आफ्नो कदममा साथ दिन भन्दा प्रजातन्त्र विरुद्धका काममा सहयोग गर्न असमर्थता देखाएपछि उसो भए देश बाहिर जान संकेत गरेका थिए !<ref>http://himalkhabar.com/news/8036</ref>
पङ्क्ति २२:
 
== कांग्रेस सभापति ==
२०१२ माघमा [[बीरगञ्जवीरगञ्ज महानगरपालिका|वीरगन्ज]]मा सम्पन्न् महाधिवेशनले गणेशमान सिंहलाई पराजित गर्दै सुवर्ण शमशेरलाई सभापतिमा निर्वाचित गर्‍यो । यो महाधिवेशनले कांग्रेसको इतिहासमै अति महत्त्व राख्ने समाजवादी सिद्धान्तलाई अनुमोदन गर्‍यो । त्यसपछि कांग्रेस समाजवादी पार्टी बन्यो । समाजवादी नीतिको प्रस्ताव सुवर्ण शमशेरले नै गरेका थिए ।
 
== भद्र अवज्ञा आन्दोलन ==
पङ्क्ति ३६:
 
=== सशस्त्र संघर्ष ===
कार्यकर्ताको भरणपोषण र २०१८ को सशस्त्र संघर्षका लागि उनले [[कोलकाता|कलकत्ता]]मा रहेको आफ्नो निजी सम्पत्ति र घरसमेत बिक्री गरे । [[२००७सात सालको क्रान्ति|२००७ को सशस्त्र क्रान्ति]]ले जस्तो उचाइ लिन नसकेपछि ८ वर्षको निर्वासन पश्चात २०२५ मा उनी स्वदेश फर्के र जेलमा रहेका आफ्ना नेता तथा कार्यकर्ता छुटाउन पहल गरे ।
 
वीपीको नेतृत्वमा प्रजातन्त्रको पुनःस्थापना निम्ति २०२९ मा पुनः दोस्रोपटक सशस्त्र क्रान्ति सुरु भयो । नाजुक स्वास्थ्यका कारण यो क्रान्तिमा सुवर्ण त्यति सक्रिय हुनसकेनन् ।