"चन्द" का संशोधनहरू बिचको अन्तर

प्रचारबाजी
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
प्रचारबाजी
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ९:
माथि उल्लेख गरिए झैं १० औं शताब्दि पूर्व नै कन्नौजमा चन्द भन्ने थर प्रयोगमा आइसकेको देखिन्छ । तर त्यस समयमा चन्द भन्दा बढी '''चन्द्र''' भन्ने शब्दको प्रयोग हुन्थ्यो । वास्तवमा कन्नौजको चन्द राजवंशलाई चन्द्रवंश भनिन्थ्यो । तसर्थ चन्द्रवंशी भएकाले थर पनि चन्द्र भन्ने गरेको हो कि भन्ने तिर संकेत गर्दछ । तर पछि बोलिचाली आदिमा चन्द्रको सट्टा चन्द बढी प्रचलनमा आयो यही कारणले होला गहडवाला राजवंशका धेरै राजाहरूको थर चन्द्र भनेर प्रष्ट लेखिएको छ । यसबाट प्रष्ट हुन्छ कि चन्द शब्द चन्द्रवंशबाट सुरू भएको हो । <ref name= "गौतम गोत्र"/>
 
==बैतडा चन्दहरूको वर्गिकरण==
नेपालका चन्दहरू धौला चन्द हुन् । सोम चन्दले कत्युरी शासन कब्जा गरी सकेपछि चन्दहरू त्यस क्षेत्रका राम्रा र उन्नत ठाउँमा विभिन्न अधिकार लिएर बस्न थाले । यसरी बसेका ठाउँहरूमा चन्दको पारिवारिक संख्या बढ्दै गयो । ११ औं शताब्दी देखि १५ शताब्दीसम्मको करिब ३०० वर्षको समयमा चन्द परिवारहरूको संख्या पनि निकै विशाल हुन गयो । यसरी ठुलो क्षेत्रमा बसेका चन्दहरूको पहिचान पनि अलग-अलग किसिमले हुन थाल्यो । खासगरी बसोवास गरेको स्थानको आधारमा चन्द परिवारलाई चिन्न थालियो । चन्दहरूको बसोवास पनि मुख्य गरी तीन क्षेत्रमा भएको देखिन्छ ती तीन क्षेत्रहरू यस प्रकार छन् । कुमाउँ क्षेत्रमा तत्कालिन अवस्थामा सबैभन्दा बढी उब्जाउ हुने र बस्न उपयुक्त ठाउँहरूमा मुख्य तीन नदीका किनाराका क्षेत्रहरू पर्दछन् ती तीन नदीहरू हुन् :-
# [[गोरी नदी]] गोरो रङ्गसँग सम्बन्धित
# [[धौली नदी]] धमिलो रङ्गसँग सम्बन्धित
# [[काली नदी]] कालो रङ्गसँग सम्बन्धित
यी तीनवटै नदीहरू उत्तरी हिमालबाट दक्षिण तिर बग्ने कुमाउँ क्षेत्रका मुल नदीहरू हुन् र यि नदीहरू अन्ततः [[गङ्गा नदी|गंगा]]मा मिसिन्छन् ।<ref name= "गौतम गोत्र"/>
यि नदीहरूका किनारको समतल क्षेत्र तथा भित्रीमधेसका नदी किनारका उर्भर क्षेत्रहरूमा चन्दहरू विभिन्न अधिकार सहित अधिकारी भएर बसेको देखिन्छ । लामो समयको अन्तराल पछि चन्दहरूको जनसङ्ख्या पनि विशाल भयो र उनीहरूलाई चन्द मात्र भन्दा पारिवारिक परिचय नखुल्ने भयो । त्यसैले उनीहरू बसोवास गर्ने क्षेत्रका आधारमा परिचय खुलाउनु पर्ने भयो । जस्तै:-
:१) गोरी नदीको किनारमा बस्ने चन्दहरूलाई "गोरा" भनेर चिन्न थालियो ।
:२) धौली नदीको किनारमा बस्ने चन्दहरूलाई "धौला" भनेर चिन्न थालियो ।
:३) काली नदीको किनारमा बस्ने चन्दहरूलाई "कल्यानी" भनेर चिन्न थालियो ।<ref name= "गौतम गोत्र"/>
यसरी बसोवास गर्ने स्थानको आधारमा कुन चन्दभन्दा गोरा चन्द, धौला चन्द र कल्यानी चन्द भनेर परिचय दिने चलन १४ - १५ औं शताब्दी तिर चलेको देखिन्छ । करिब यहि समयमा धौली नदी किनारमा बस्ने केहि धौला चन्दहरू त्यहाँबाट पूर्व वर्तमान नेपाल तिर सरेको देखिन्छ । ति मध्य वर्तमान नेपालको [[बैतडी जिल्ला|बैतडी]]का चन्दका पूर्वज रणधौला र गढधौला थिए । उनिहरू आफुलाई चन्द भन्दापनि धौला भनेर परिचय दिन्थे । वर्तमानमा बैतडा, डोटेली, अछामी, [[स्वराड]]मा बस्नेहरूलाई [[सोडारी]], [[बोगटान]]मा बस्नेहरूलाई [[बोगटी]] भनेजस्तै । वास्तविक नाम भन्नु पर्दा वा लेख्नु पर्दा रणदेउ चन्द, गडदेउ चन्द, मदनमाणीकदेउ चन्द जस्तो नाम संरचना हुन्थ्यो । त्यस प्रकार वर्तमान बैतडीका चन्दहरूका पुर्खा कुमाउँको धौली नदी किनारमा बसोवास गर्ने रणधौला र गडधौलाका सन्तानहरू थिए । ति धौलाहरूका सन्ततिहरू मध्य चार भाई रानादेउ, भानादेउ, उदयदेउ र जसुदेउ आधिकारीक रुपमा बैतडी आएका थिए भन्ने इतिहासमा पाइन्छ । माथि उल्लेखित नाममा पनि केहि स्पष्ट पार्नुपर्ने देखिन्छ । रानादेउ, भानादेउ, उदयदेउ र जसदेउका नामको पछाडि किन धौला नलेखेर देउ मात्र लेखे ? यो प्रश्नको जवाफ पनि सहज छ । कुमाउँमा प्राप्त शिलालेख तथा इतिहासवादीहरूको भनाई अनुसार त्यसबेला चन्दहरूका ठुलाबडा, मान्यगणलाई देउ भनेर सम्मानित गरेको पाइन्छ । आजकल [[ब्राह्मण]]लाई गुरू भन्ने, [[क्षेत्री]]लाई काजीसाप भन्ने, [[ठकुरी]]लाई राजा भन्ने गरे जस्तो देउ भन्ने चलन रहेको र देउ शब्द तत्कालिन समयको नाम संरचनाको मध्य नामको रुपमा प्रयोग गर्ने गरेको देखिन्छ जस्तै:- रानादेउ चन्द, भानादेउ चन्द, उदयदेउ चन्द, जसुदेउ चन्द आदि ।<ref name= "गौतम गोत्र"/>
त्यस समयका चन्दहरू उदयदेउ, रानादेउ, भानादेउहरूको चन्दको टाइटलबाट भन्दापनि देउको टाइटलबाट बढी प्रख्यात भएको देखिन्छ । त्यसैले उनीहरूको प्रख्यात टाइटल देउ नै रहेका देखिन्छ । अहिले बैतडीका चन्दहरू खासगरी रानादेउ र उदयदेउका सन्ततिहरू आफ्नो [[कुलान्य|कुल देवता]]को रुपमा रानादेउ र उदयदेउलाई पूजागर्ने तथा आफ्ना निकटतम पुर्खा उनीहरूलाई नै मान्ने गरेका छन् । स्मरण रहोस् धौला र देउशब्द चन्दहरूले मात्र प्रयोग गरेको नभइ यो शब्द [[पाल (थर)|पाल]], [[बम जाति|बम]], [[मल्ल]] आदिले पनि प्रयोग गरेको देखिन्छ । यही कारणले केही खोजकर्ताहरूले पाल, बम, मल्ल र चन्दहरूका वंशज एउटै थिए भन्ने अनुमान गरेका छन् त्यो अनुमानमा सहमत देखिदैन । किनकी १० औं शताब्दीभन्दा अघि देखि नै कन्नौजमा चन्दहरू अलग्गै अस्तित्वमा रहेको देखिन्छ । पछि चन्दहरू कन्नौजबाट चम्पावत आएपछि लगभग १२ औं शताब्दीको अन्त्यतिर कत्युरी राज्य कब्जा गरेका सोम चन्द र उनका सगोत्री स्पष्ट अलग छन् र पछि चन्दहरूले कुमाउँ, गढवाल, असकोट, पिथौरागढ, काँगडा आदि स-साना राज्य खडागरी बसेका मल्ल, बम, पाल तथा शाहीहरूलाई युद्धमा परास्त गरी लखेटेको इतिहास छ । चन्दवंश १० औं शताब्दिभन्दा पहिलेदेखि हालसम्म अटुट रुपमा चलिआएको स्पष्ट छ । तसर्थ मल्ल, बम, शाही, पाल आदिका पुर्खासँग चन्दका पुर्खालाई जोड्ने तर्कसँग सहमत हुन सकिदैन ।<ref name= "गौतम गोत्र"/>
==नेपालका गौतम गोत्रसंग सम्बन्धितहरु र फरक गोत्रीय अन्य चन्दहरू==
कालीकुमाउँ चम्पावतबाट रणधौला तथा गडधौलाका सन्ततिहरू उदयदेउ चन्द, रानादेउ चन्द, भानादेउ चन्द र जसुदेउ चन्दहरू करिब शाके १४०० को आसपासमा अर्थात करिब ५३५ वर्ष पहिले कुमाउँबाट पश्चिम [[महाकाली नदी]] तिर वर्तमानको बैतडी जिल्लाको तल्लो तथा उपल्लो [[स्वराड]] क्षेत्रमा तथा बैतडीको अन्य क्षेत्रमा बसोवास गरेको देखिन्छ । यसरी १४०० शाकेमा बैतडी आउने चन्दहरू चार भाई जेठा रानादेउ, माहिला उदय देउ, साइला भानादेउ र कान्छा जसुदेउ थिए । अहिलेसम्म प्राप्त सूचना तथा नेपाल प्रहरीका पूर्व डि.आई.जी रणबहादुर चन्दका अनुसार माथि उल्लेखित चारभाईहरू मध्य माहिला भाई उदयदेउ बैतडीको स्वराड क्षेत्रमा बसोवास गरेका र उनका सन्ततिहरू जसीवाम, हंशराज र जगी चन्दले बैतडीको स्वराड क्षेत्रमा राजसत्ता स्थापना गरे । त्यस्तै जेठा रानादेउ मध्य-बैतडी तिर बसोवास गरी बसेका र उनका सन्तति कर्म चन्द, रुप चन्द आदिले त्यस क्षेत्रमा राजसत्ता स्थापना गरी चन्दवंशलाई फैलाएका थिए । त्यस्तै साहिला भाई भानादेउ बैतडीमा नबसी त्यहाँबाट पूर्व वर्तमान नेपालको मध्य पश्चिम क्षेत्र ( [[जाजरकोट जिल्ला|जाजरकोट]], [[सुर्खेत जिल्ला|सुर्खेत]], [[रुकुम जिल्ला|रुकुम]], [[रोल्पा जिल्ला|रोल्पा]] ) तथा [[सल्यान जिल्ला|सल्यान]], [[प्युठान जिल्ला|प्युठान]] तिर गएको र उनका सन्ततीहरू त्यही क्षेत्रमा फैलिएको बताइन्छ । त्यस्तै कान्छा भाई जसुदेउका एक मात्र सन्तान भएका र उनी बैतडीमा नबसी कुमाउँ क्षेत्रमा फर्केका थिए । त्यसैले नेपालमा रानादेउ, भानादेउ र उदयदेउका सन्तति चन्दहरू मात्र छन् भनिन्छ ।<ref name= "गौतम गोत्र"/>
"https://ne.wikipedia.org/wiki/चन्द" बाट अनुप्रेषित