"चन्द" का संशोधनहरू बिचको अन्तर

प्रचारबाजी, स्रोत नखुलेको
सा (बोट: स्वचालित पाठ परिवर्तन (- उनि + उनी ))
(प्रचारबाजी, स्रोत नखुलेको)
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
माथि उल्लेख गरिए झैं १० औं शताब्दि पूर्व नै कन्नौजमा चन्द भन्ने थर प्रयोगमा आइसकेको देखिन्छ । तर त्यस समयमा चन्द भन्दा बढी '''चन्द्र''' भन्ने शब्दको प्रयोग हुन्थ्यो । वास्तवमा कन्नौजको चन्द राजवंशलाई चन्द्रवंश भनिन्थ्यो । तसर्थ चन्द्रवंशी भएकाले थर पनि चन्द्र भन्ने गरेको हो कि भन्ने तिर संकेत गर्दछ । तर पछि बोलिचाली आदिमा चन्द्रको सट्टा चन्द बढी प्रचलनमा आयो यही कारणले होला गहडवाला राजवंशका धेरै राजाहरूको थर चन्द्र भनेर प्रष्ट लेखिएको छ । यसबाट प्रष्ट हुन्छ कि चन्द शब्द चन्द्रवंशबाट सुरू भएको हो । <ref name= "गौतम गोत्र"/>
 
==कत्युरमा चन्दहरू शासन==
मुसलमानहरूको आक्रमणबाट कन्नौज छोडेर उत्तर पश्चिम पहाडतर्फ लागेका चन्दहरू आखिर तत्कालिन कत्युर राज्यको [[चम्पावत जिल्ला|चम्पावत]] आइपुगे । चम्पावत तत्कालिन कत्युर राज्यको राजधानी थियो । कालिकुमाउँ चम्पावत क्षेत्रमा आइबसेका चन्दवंशी चन्दहरूसँग कन्नौजमा गरेको राजकाजको लामो अनुभव, चतुराई तथा उच्च सामाजिक सभ्यता थियो । जसले गर्दा उनिहरू चम्पावत क्षेत्रमा छोटो समयमा नै सामाजिक रुपमा राम्रो स्थान बनाउन सफल भए । यसरी आइबस्ने क्रममा चन्दहरू कुमाउँ क्षेत्रको चम्पावत तथा आसपासका इलाकामा बस्न थाले । कन्नौजबाट चम्पावत आएका चन्दहरूमा सबैभन्दा चलाख तथा प्रभावशाली व्याक्ति सोम चन्द थिए । उनी अत्यन्त कुटिल, चलाख र मानिसलाई रिझाउन सक्ने व्याक्ति थिए । यही कारणले सोम चन्दले कत्युरी राजदरबार तथा राजपरिवारमा अत्यन्त छोटो समयमा राम्रो पहुँच बनाई विश्वास जित्न सफल भए । केही ग्रन्थहरूका अनुसार सोम चन्दले तत्कालिन [[कत्युरी राजवंश|कत्युरी]] राज घरानकी सुपुत्री विवाह गरे भनिएको छ । यस तर्क अनुसार कत्युरी राजाले सोम चन्दलाई चम्पावतदेखि पश्चिम [[पिथौरागढ]] क्षेत्रमा सानो जमिनदारी दिएर राखेको भनिन्छ । जे होस् उनी कत्युरी राजाको विश्वास जित्न सफल भए । केही ग्रन्थहरूका अनुसार सोम चन्दले तत्कालिन [[कत्युरी राजवंश|कत्युरी]] राज घरानकी सुपुत्री विवाह गरे भनिएको छ । यस तर्क अनुसार कत्युरी राजाले सोम चन्दलाई चम्पावतदेखि पश्चिम [[पिथौरागढ]] क्षेत्रमा सानो जमिनदारी दिएर राखेको भनिन्छ । जे होस् उनी कत्युरी राजाको विश्वास जित्न सफल भए । त्यस समयमा कत्युरी राजवंश आन्तरिक झगडाका कारण अत्यन्त कमजोर बनेको थियो । त्यही कमजोरीको फाइदा उठाउँदै सोम चन्दले ठुलो रक्तपात नै नगरी कत्युरी राजसत्ता कब्जा गरे । वर्तमान कुमाउँका [[वैजनाथ]] तथा देवघाटमा भेटिएका शिलालेखहरूलाई उद्धृत गर्दै भारतीय इतिहासकार बद्रीदत्त पाण्डेले उल्लेख गरे अनुसार सोम चन्दले कत्युरको राजसत्ता कब्जा गरेको समय विक्रमको ११ औं शताब्दिको अन्त्य तिर हो । जनताहरू कत्युरी राजाबाट दिकदार भइसकेका थिए । सोम चन्दले कत्युरी राजसत्तालाई विस्थापित गरिदिए भनेर कत्युरी जनताले त्यसको खासै विरोध पनि गरेनन् । यसरी सोम चन्दको शासन कत्युर क्षेत्रमा सुरू भयो । कुमाउ क्षेत्रमा कत्युरी रावंशको अन्त्यपछि चन्दवंशको निम्नानुसार शासन चल्यो :- <ref name= "गौतम गोत्र"/>
{|class= "wikitable"
! क्र.सं. !! राज्यकाल (सन्) !! राजाको नाम !! मुख्य कार्य
|-
|१
|११ औं शताब्दिको अन्त्य तिरबाट
|सोम चन्द
|[[कत्युरी राजवंश]]को अन्त्यगरी आफ्नो शासन स्थापना, तत्कालिन राज्यहरू पाली, अस्कोट, बारामण्डल, सुईदोती, द्वाराहाट, लखनपुर आदी राज्यहरूलाई गाभी विशाल कुमाउँ राज्य खडा गरेको ।
|-
|२
|१२६१ - १२७५
|थोहर चन्द
|सोम चन्दले बसालेको विरासतको कडाइका साथ निरन्तरता
|-
|३
|१३४४ - १३७४
|अभय चन्द
|विभिन्न मन्दिरहरूको निर्माण
|-
|४
|१३७४ - १४१९
|गरुडज्ञान चन्द
|कालिकुमाउँ तथा वैजनाथमा विभिन्न शिलालेख र मन्दिर निर्माण गर्न लगाएको
|-
|५
|१४३७ - १४५०
|भारती चन्द
|[[हरिद्वार]]मा विभिन्न मन्दिर निर्माण गर्न लगाएको
|-
|६
|१४८८ - १५०३
|किर्ति चन्द
|पुरै [[नैनिताल]] तथा आसपासका राज्यमाथि विजय हाँसिल
|-
|७
|१५४२ - १५६३
|कल्याण चन्द
|चन्द राजवंशको राजधानी चम्पावतबाट सारेर [[अल्मोडा]] कायम गरे साथै उनले आलम नगरको स्थापना गरे त्यस नगरलाई अहिले पनि आलम नगर नै भनिन्छ ।
|-
|८
|१५६५ - १५९७
|रुद्र चन्द
|रुद्र चन्द मुस्लिम बादशाह [[अकबर]]का समकालिन थिए । उनले अकबरलाई लाहोरमा भेटेको भनि अकबरको "अइन-इ-अकबर" मा उल्लेख छ । त्यसमा भनिएको छ, अकबरले रुद्र चन्द भारतको एक विशाल जमिन्दार हुन् भनि प्रसंसा गरेका थिए । त्यस भेटमा अकबर बादशाह र रुद्र चन्दबीच ऐन-इ-अकबरमा हस्ताक्षर गरी रुद्र चन्दले केही तिरो तिर्नुपर्ने सम्झौता भएको थियो । रुद्र चन्दले गढवाल राज्यमाथि हमला गरेका थिए ।
|-
|९
|१५९७ - १६२१
|लक्ष्मी चन्द
|रुद्र चन्दका छोरा लक्ष्मी चन्दले विभिन्न नयाँ शहरहरू बसाए जस्तै:- [[रुद्रपुर]], [[काशिपुर]], [[बाजपुर]] आदि, उनले १६०२ मा [[बागेश्वर जिल्ला|बागेश्वर]]को बाघनाथ मन्दिर बनाउन लगाए ।
|-
|१०
|१६३८ - १६७८
|बजबहादुर चन्द
|यिनी चन्दवंशका सोम चन्द पछिका सबैभन्दा प्रभावशाली तथा विर राजा थिए । यिनी मुगल बादशाह शाहजाहाँका समकालिन थिए, यि र शाहजाहाँबीच विभिन्न मुद्दामा सहकार्य भएको र नियमित भेटघाट हुने गरेको इतिहास छ ।
|-
|११
|१७७९ - १७८६
|प्रद्युम्न चन्द
|[[पृथ्वीनारायण शाह]]द्वारा नेपाल एकिकरणको शिलशिलामा पश्चिम कब्जा गर्न हिँडेको फौज कुमाउ पुग्दा [[देहरादून|देहरादुन]]मा भएको युद्धमा वीरगती प्राप्त
|-
|१२
|१७८८ - १७९०
|महेन्द्र सिंह चन्द
|यिनको समयमा चन्दवंश पनि विभिन्न राज्यमा विभक्त भएको थियो, जस्तै:- कुमाउ, काँगडा, [[गढवाल]] आदि कुमाउँमा गोरखा फौंज पुग्दा त्यहाँका राजा यिनै थिए र आखिर गोर्खाली फौजले कुमाउँको चन्दवंशको अन्त्य गरी कुमाउँलाई नेपालमा गाभ्यो । महेन्द्र सिंह चन्द कुमाउँका अन्तिन चन्द राजाका रुपमा चित्रित छन् ।
|-
|}
 
यसरी कुमाउँका चन्दहरूको एक शिलशिलेबार शासन व्यवस्था थियो । यसै गरि कुमाउँ तथा त्यस आसपासका विभिन्न क्षेत्रमा इ.सं.को ११ औं शताब्दी देखी करिब १९ औं शाताब्दीको सुरुवातसम्म अर्थात करिब ८०० वर्षसम्म चन्दवंशको शासन चलेको देखिन्छ । तत्कालिन अवस्थामा नेपाल एकिकरण गर्न हिंडेको नेपाली फौंजले कुमाउँ विजय गरेको केही समय पछि उनिहरूले काँगडामा रहेको संसार चन्दको शासन माथि हमला गरे । सन् १८०६ मा [[नेपाली सेना]]ले [[काँगडा]] माथि हमला गरी संसार चन्दलाई काँगडा किल्लामा करिब ३ वर्ष बन्दी बनाएको थियो । यसबाट प्रष्ट हुन्छ कि काँगडामा पनि चन्दवंशको अलग र स्वतन्त्र राज्य थियो । त्यही समयमा कहलुर पनि एक स्वतन्त्र राज्य थियो ।
 
त्यहाँका राजा महान चन्द थिए । यसरी वर्तमान भारतको उत्तराखण्ड इलाकामा चन्दवंशका थुप्रै राज्यहरू थिए । यस वंशले करिब ८०० वर्ष शासन गरेको देखिन्छ ।<ref name= "गौतम गोत्र"/>
==कुमाऊ क्षेत्रमा ३ प्रकारका चन्दका वंशज==
*#क) चम्फावतका चन्द राजाको वंशज ( कश्यप गोत्र, सोमवंश (चन्द्रवंश) कुमाऊ चन्द राज्यकालका चन्द बर्तमानमा सिंह रौतेला ,कुँवर थर लेख्ने हरु ।
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/864785" बाट अनुप्रेषित