"माधवप्रसाद घिमिरे (साहित्यकार)" का संशोधनहरू बिचको अन्तर

सन्दर्भ थप
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २४:
मानार्थ सहायक रथी
|हाल ठेगाना=लैनचाैर|सलग्नता=|सहयात्री=}}
'''माधवप्रसाद घिमिरे''' (जन्म: वि.सं. १९७६ [[असोज]] ७ गते मृत्यु: २०७७ भाद्र २ गते) स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुन्। उनी बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख -प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरुमा निरन्तर कलम चलाउदै आएका बहुमुखी प्रतिभा हुन्।<ref>{{cite web|title=माधवप्रसाद घिमिरे|url=http://nayapusta.org/kidsnewsnepal/88-interview/243-madhav-prasad-ghimire.html}}</ref> प्रकृतिका अनेकन विविध पक्षहरुलाई आफ्ना जीवन्त रचनाहरुमा समावेश गर्दै जीवनलाई नै प्रकृतिसापेक्ष ढङगबाट व्याख्या गर्ने उनका लेखाइहरु दीर्घसाधनाले भरिएका छन्। उनले वि.सं. १९९२ सालमा [[गोरखापत्र]]मा आफ्नो कविता छपाए थिए। उनका ''नवमञ्जरी'' (वि.सं. १९९४), ''घामपानी'' (वि.सं. २०१०), ''नयाँ नेपाल'' (वि.सं. २०१३), ''किन्नर-किन्नरी'' (वि.सं. २०३३) जस्ता कवितासङ्ग्रह सङ्कलित छन्। उनलाई 'राष्टकवि' को उपाधिले सम्मान गरिएको छ। उनको मृत्यु वि.सं. २०७७ साल भाद्र २ गते मङ्गलवार काठमाडौं, लैनचौरस्थित निवासमा १०१ वर्षको उमेरमा भएको हो।<ref>{{cite web|title=माधवप्रसाद घिमिरे: राष्ट्रिय सम्मानका साथ आजै आर्यघाटमा राष्ट्रकविको दाहसंस्कार|url=https://www.bbc.com/nepali/news-53831336 "|website=बीबीसी न्यूज नेपाली" |accessdate=अगस्ट १९, २०२०}}</ref>
 
 
==सुरुवाती जीवन==