"चितवन उपत्यका" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
शीघ्र मेटाउन अनुरोध गरिँदै (शीमे सा३)। (ट्विङ्कल)
पङ्क्ति १:
{{db-hoax|help=off}}
नेपालको मध्य भागमा पर्ने '''चितवन उपत्यका'''लाई '''नारायणी पूर्वी राप्ती उपत्यका''' पनि भनिन्छ । पुर्वमा [[मकवानपुर जिल्ला]]को [[हेटौंडा उपमहानगरपालिका|हेटौडा]] देखि पश्चिममा दाउन्ने पहाड तथा दक्षिणमामा [[माडी उपत्यका]] छुटयाउने चुरे श्रृङखलासम्म फैलिएको यो उपत्यका नेपालको केन्द्र भागमा पर्दछ । दुई मुख्य नदीहरू नरायणी उत्तरबाट पश्चिम तर्फ बगेको छ भने राप्ती पूर्वबाट मध्यभाग हुँदै पश्चिम पुगेर नारायणीमा मिल्न पुगेको छ । यी दुई प्रमुख नदी बाहेक उपत्यकाको पुर्वमा लोथर र मनहरी खोलाहरू प्रवाहीत भई राप्ती नदीमा मिसीएका छन । त्यसै गरी मध्य भागमा बुढी राप्ती खगेरी अदी खोलाहरू प्रवाहीत हुदै राप्तीनदीमा मिसिएका छन । त्यसै गरी पश्चिम क्षेत्रमा केरूङगा खोला राप्तीमा मिसीएको छ भने भरतपुर नगर क्षेत्रको जंगलबाट निस्केर नारायणगढ बजार हुदै पुङ्गी खोला नारायणी नदीमा मिसीएको छ । जुगेडी खोला लब्धीखोला लगायतका अरू खोला पनि नारायणी नदीमा मिसिएका छन् । त्यसै गरी [[गण्डकी नदी|नारायणी नदी]] पारी पट्टीको क्षेत्रमा बढी नदी खोला चितवन उपत्यकामा रहेका छन् । राम्रै जल प्रवाह भएका विनयी खोला, अरूण खोला, गिरवारी खोला साथै साना खोला जयश्री, झरे, बहुलाह, ज्यामिरे लगायत पनि पश्चिमबाट पूर्वी भागमा बगी नारायणी नदीमा मिल्दछन् । चितवन उपत्यकामा [[नन्दभाउजु ताल]], [[बिस हजारी ताल]] लगायतका सानठुला थुप्रै ताल तथा पोखरी समेत रहेका छन् । यहाँको बिसहजारी ताल विश्व प्रसिद्ध [[सिमसार|सिमसार क्षेत्र]] समेत हो । ठुलो भुभाग जङ्गलै जङ्गलले ढाकिएको चितवन उपत्यका जैविक विविधतामा धनी मानिन्छ । [[चितवन राष्ट्रिय निकुञ्ज]]को मुख्य संरक्षित क्षेत्र समेत यसै उपत्यकामा रहेकाले यो उपत्यका [[काठमाडौं उपत्यका]] र [[पोखरा उपत्यका]] पछि नेपालकै तेश्रो ठुलो पर्यटकीय गन्तव्य हो ।