"नेपाल सम्वत्" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ८:
 
==सौर्यमासमा आधारित==
नेवार अभियानताहरूले नेपाल सम्बतमा [[सौर्यमासिक सम्बत|सौर्य]]मा आधारित पात्रको अवधारणा अघि सारेका छन् । नेपाल सम्बत ११४१ देखि सुरु हुने भनिएको यस पात्रले २० अक्टोबरमा नेपाल सम्बत सुरु भएको ऐतिहासिक दिनलाई नै आधार मानी सौर्यमासिक पात्र अघि सारेका छन् । परम्परागत चन्द्रमासमा आधारित नेपाल सम्बतले आधुनिक आवश्यकताहरू पूरा गर्न नसकेको हुनाले चन्द्रमासमा आधारित नेपाल सम्बत अनुसार धर्मसंस्कृतिसँग जोडिएका चाड पर्वहरू मनाउने र आधुनिक दिन गणना एवं अभिलेखिकरणका आवश्यकताको लागि सौर्यमासमा आधारित नेपाल सम्बतको नेसं ११४१ देखि प्रयोगमा ल्याइदैछ । <ref> {{cite web| url=http://www.subhash.com.np/towards-an-easy-to-use-nepal-sambat-calendar/ | title=Towards an easy-to-use Nepal Sambat Calendar| publisher=Subhash Prajapati}} </ref> <ref> {{cite web| url=https://medium.com/@hyoojala/initiation-of-solar-nepal-sambat-d959514ab3bb| title=Initiation of Solar Nepal Sambat| publisher=Hyoojala}} </ref> <ref> {{cite web| url=https://www.facebook.com/nepalsambat.official| title=Nepal Sambat| publisher=Hyoojala}} </ref> <ref> {{cite web| url=https://medium.com/@hyoojala/overalls-of-nepal-sambat-3f63e514c984| title=Overalls of Nepal Sambat| publisher=Hyoojala}} </ref> सौर्यमासिक नेपाल सम्बत प्रत्येक वर्ष १९ अक्टोबरमा समाप्त भई २० अक्टोबरमा आरम्भ हुँदछ ।
 
===महिनाहरू===
सौर्यमासमा आधारित नेपाल सम्बतका बाह्र महिना यस प्रकारका छन् :
{| class="wikitable"
|-
! क्र.सं. || महिनाको नाम || उक्त महिनामा हुने दिन संख्या
|-
| १ || कछला || ३०
|-
| २ || थिंला || ३०
|-
| ३ || प्वँहेला || ३०
|-
| ४|| सिल्ला || ३०
|-
| ५ || चिल्ला || ३०
|-
| ६ || चौला || २९ (+१)
|-
| ७ || बछला || ३१
|-
| ८ || तछला || ३१
|-
| ९|| दिल्ला || ३१
|-
| १० || गुंला || ३१
|-
| ११ || यंला || ३१
|-
| १२ || कौला || ३१
|}
नेपाल सम्बतको पहिलो पाँच महिना सम्म प्रत्येक महिनामा ३० दिन हुने गर्दछ । यो अवधि जाडो याममा पर्दछ । छैठौँ महिनामा प्रत्येक वर्ष २९ दिन हुनेगर्दछ भने 'तँसा दिं' भनेर गणना अनुसार केही वर्षहरूमा १ दिन बढी थप्ने गर्दछ । यो प्रणाली [[इस्वी सम्बत]]को लीप इअर प्रणाली जस्तै हो । कुनै वर्षको अङ्क ४ ले समविभाजन हुन्छ, तर पुनः १०० बाट समविभाजन हुँदैन र यदि १०० बाट समविभाजन भए ४०० बाट पनि समविभाजन हुँदा त्यस वर्षमा 'तँसा दिं' भनी एक दिन थप्ने गर्दछन् । त्यसै गरी सातौँ महिना देखि बाह्रौँ महिना सम्म प्रत्येक महिनामा ३१ दिन हुने गर्दछ ।
 
सौर्यमासिक नेपाल सम्बतमा प्रत्येक वर्ष ३६५ दिन हुने गर्दछ । तर पृथ्वीले सूर्यलाई घुम्न लगाउने वास्तविक समय ठीक ३६५ दिन होइन । त्यसैले प्रत्येक वर्ष ३६५ दिन मात्र हुँदा उक्त [[सम्बत]] बिस्तारी वास्तविक कालखण्डबाट ताढिँदै जान्छ । तसर्थ केही वर्षहरूमा १ दिन बढी थपेर उक्त दिनलाई वास्तविक समयबाट ताढिनबाट रोकिन्छ । नेपाल सम्बतको 'तँसा दिं' थप्ने अवधारणा यही हो । नेपाल सम्बत ११४१ (सौर्यमासिक पात्रो अघि सारिएको वर्ष) यताको १०० वर्षमा देहायका वर्षहरूमा 'तँसा दिं' थपिन्छ : ११४४, ११४८, ११५२, ११५६, ११६०, ११६४, ११६८, ११७२, ११७६, ११८०, ११८४, ११८८, ११९२, ११९६, १२००, १२०४, १२०८, १२१२, १२१६, १२२०, १२२४, १२२८, १२३२, १२३६, १२४० ।
 
==चन्द्रमासमा आधारित==
"https://ne.wikipedia.org/wiki/नेपाल_सम्वत्" बाट अनुप्रेषित