"सुवासचन्द्र नेम्वाङ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
 
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ यसअघिको व्यवस्थापिका संसदमा पनि सभामुख हुनुहुन्थ्यो। त्यसअघि २०४८ र २०५२ मा गरी उहाँले दुई पटक राष्ट्रिय सभाको अध्यक्षको जिम्मेदारी सम्हालिसक्नुभएको छ। २०५६ को संसदीय निर्वाचनमा विजयी नेम्वाङ कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्य प्रशासन मन्त्री र संसदको सार्वजनिक लेखा समितिको अध्यक्ष समेत रहिसक्नुभएको छ। नेकपा(एमाले)को केन्द्रीय सदस्य र कानून विभाग प्रमुख रहेका नेम्वाङ संविधानसभा सभासदमा इलामबाट निर्वाचित हुनुभएको हो।
कानून व्यवसायीका रुपमा परिचित र प्राध्यापनमा समेत संलग्न रहिसकेका नेम्वाङले नेपाल बार एसोसिएसनको महासचिवको जिम्मेदारी सम्हालिसक्नुभएको छ। उहाँ २०२९ सालमा अनेरास्ववियुको अध्यक्ष हुनुहुन्थ्यो। विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेका नेम्वाङ २०३३ सालमा राजकाज मुद्दामा जेल पर्नुभएको थियो। उहाँ [[त्रिभुवन बिश्वविद्यालयविश्वविद्यालय]]बाट कानूनमा स्नातक हुनुहुन्छ। अध्ययन र समाजसेवामा उहाँको रुचि छ। उहाँका दुई छोरा र दुई छोरी छन्। अघिल्लो निर्वाचन पछि जनतालाई पुर्‍याएको सेवा र जनता सँगको निकट संबन्धले आफूलाई विजयी बनाएको ठान्ने सुवासचन्द्र नेम्वाङ संविधानसभामा संघीय एवं समावेशी लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न क्रियाशील रहने बताउनुहुन्छ।