"तामाङ जाति" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
पङ्क्ति २०:
 
===बसोबास तथा नामकरण===
'तामाङ' जातिनाम (Ethno-name) शब्द हो र भाषाको नाम पनि हो । यस शब्दले नेपालको काठमाडौँ उपत्यका र यसको वरिपरिका मध्यपहाडी भूक्षेत्रमा अनादिकालदेखि नै बसोबास गर्दै आएका आदिवासीलाई बुझाउँछ । विसाल तिब्बती साम्राज्य विस्तारको चरम स्थितिको समयमा नेपालका मध्यपहाडी क्षेत्रसम्म फैलिएको हुँदा तामाङ जातिको भाषा, धर्म, संस्कृति, रहनसहन र जीवनशैलीमा तिब्बती प्रभाव निक्कै देख्न सकिन्छ वा तिब्बती समुदायसंग धेरै समानता पाइन्छ । तामाङ जाति धार्मिक दृष्टिकोणले मुलरुपमा हिमाली महायानी बौद्ध धर्म अन्तरगत ङिङमा सम्प्रादयाका अनुयायी हुन । तर आदिम कालमा भने उनीहरु प्रकृति पुजक तथा प्रकृतिको नियमलाई आफ्नो आस्था मान्दथे । सातौँ सताब्दीमा तिब्बतका धर्मराजा श्रङचन गोम्पाका पालामा तिब्बतमा बौद्ध धर्मको विस्तार भए पछि भने तामाङहरुले पनि बौद्ध धर्म अपनाएका हुन । तामाङ जाति मुलरुपमा काठमाण्डौं उपत्यका लगायत वरिपरिका जिल्लाहरु काभ्रेपलाञ्चोक, ललितपुर, मकवानपुर, सिन्धुली, दोलखा, रामेछाप, रसुवा, नुवाकोट र धादिङमा बाहुल्यातापूर्वक बसोबास गरेको पाइन्छन । तर, बसाई सराइ तथा आप्रवासनको कारण नेपालको सबै जिल्लाहरु र भारतको पश्चिम बंगालको दोर्जेलिङ, कालेबुङ, खर्साङ, आसम, नागाल्याण्ड, मणिपुर, अरुणाचल लगायत भुटानसम्म फैलिएका छन ।
नेपालको तामाङ समाज भन्नासाथ बौद्ध धर्म र बोन संस्कारमा आस्था राख्ने, एक [[तिब्बत]] समाज भन्ने अर्थ हुन्छ । धार्मिक दृष्टिले भोटतिरको अर्थात् उत्तरतिरको प्रकृति यिनीहरुमा देखिए पनि अरु रहनसहनमा ठेट तिब्बतीपना यिनमा पाइन्छ । तामाङको बसोबास खास गरेर काठमाण्डौं उपत्यका लगायत वरिपरिका जिल्ला अर्थात् सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, नुवाकोट, धादिङ र मकवानपूरमा पाइन्छ । यी जिल्लाभन्दा अतिरिक्त ठाउँमा यिनीहरु छँदै छैनन् भन्ने आशय भने होइन । हेरेर ल्याएका खण्डमा मेचीदेखि भेरीसम्म नै अथवा भनौ गन्दकिमा नै यिनीहरु छरिएर बसेका देखिन्छन् । यति हुँदाहुँदै पनि यिनको मूल थलो काठमाण्डौं उपत्यका वरिपरिका जिल्ला मा आयेर नेवार हरुलाइ लखेतेरो बसोबास गरेको नै हुन् भन्ने कुरामा कुनै सन्देह छैन । तामाङहरुलाई मुर्मी र भोते पनि भन्ने चलन छ । जर्ज ग्रियर्सन महोदयका अनुसार मुर्मीहरु आफूलाई तिब्बतका पुराना बासिन्दामध्ये एक मान्दछन् । हर्बर्ट रिज्लेका अनुसार अनेक प्रमाणको आधारमा यिनीहरु तिब्बती मूलका मानिस हुन् । तामाङहरु मुर्मी बाहेक इशाङ्ग र सइन र भोते पनि कहलाउँछन् । कसै–कसैले यिनमा पाइने असमवर्ण वैवाहिक लक्षणका आधारमा चेङ्हिज खान सन्तति तामाङ हुन् पनि भनेका छन् । यिनको भाषा मूल रुपमा तिब्बत बर्मेली मुल शाखामा पर्छ ।
 
तामाङ जातिले बोलिने भाषालाई तामाङ भाषा भन्दछन । यो चिनी-तिबाती भाषा महापरिवारको भोट बर्मेली परिवारको सदस्य भाषा हो । तामाङ समाजमा निकै प्रचलित शब्द छ 'ताम्बा' । ताम अर्थात 'भाषा' वा 'कुरा' हुन्छ र '-बा'को अर्थ 'व्यक्ति/कर्ता' हुन्छ तसर्थ 'ताम्-बा'को शाब्दिक अर्थ 'भाषा प्रारम्भ गर्ने व्यक्ति' वा 'भाषा सृष्टिकर्ता' भन्ने हुन्छ । तामाङ समाजमा ताम्बाको ठूलो महत्व र अहम भूमिका रहेको हुन्छ । 'ताम्बा' शब्दकै समअर्थमा 'तामाङ' शब्द रहेको छ । तामाङ शब्द 'तामपाङ्बा'बाट बनेको हो । तामाङ शब्दको अर्थ भाषा बोल्ने वा कुरा गर्न जान्ने हुन्छ । त्यसैले ताम्बाका अनुयायी वा सन्ततिलाई तामाङ भनिएका हुन । तर,नेपालमा कतिपय मान्छेहरुले तामाङ शब्दलाई गलत बिग्रह गरेर यसको अर्थ घोडाचडी सेना या घोडे भूत हो भनेर उरन्ठेउला तर्कहरु पनि गरेको पाइन्छ, जुन गलत छ ।
तामाङलाई मुर्मी पनि भनिन्छ भन्ने कुरा पहिले नै चर्चा भइसकेको छ । मुर्मीको अर्थ सिमानाका बासिन्दा भन्ने हुन्छ भन्ने केही विद्वानले तामाङको अर्थ भनाइ छ । तामाङ र मुर्मीमा कुनै अन्तर छैन । केही विद्वानले तामाङले अर्थ घोडचढी सैन्य हुन्छ भनेका छन् । यिनमा प्रचलित एउटा किंवदन्ती अनुसार तामाङहरु तिब्बतका राजा स्रोङचङ गम्पोका समयका घोडा चढेर यता आएको सैन्यका केही मानिस नेपालमै बसोबास गरेको हुँदा यिनको नाम यस्तो अर्थात् तामाङ रहन गयो । तर तामाङहरुको वंशावलीमा तिब्बतका राजा स्रोङचङ गम्पो संग तामाङहरु आएको उल्लेख नपाइने हुँदा यो मत पनि सर्वमान्य छैन । कतै–कतै तामाङको अर्थ घोडचढी सैन्य नभएर घोडाको धनी हो भन्ने पनि पाइन्छ । किन्तु यो मत पनि त्यति स्थिर हुन सकेको छैन । केही विद्वानहरुले हेलम्बुका निवासी योल्मु र कागते भोटेलाई पनि तामाङ भित्रै समावेश गरेका छन् । केही समय अघिसम्म थामीहरु पनि तामाङमा समाविष्ट भए तर अब यो मत अमान्य भइसकेको छ । तामाङहरुको मूल थलो काठमाण्डौं उपत्यकाको चारैतिर रहेको पहाडी क्षेत्र भएको र यिनीहरुको झुकाव उत्तरतिर भएको हुँदा त्यस विषयमा विचार गर्नु आवश्यक हुन आउँछ । सम्भवतः तामाङहरु पहिले काठमाण्डौं उपत्यकामा आबाद थिए र यस उपत्यकामा बाहिरिया मानिसको आगमन शुरु भएपछि यिनीहरु यहाँबाट बाहिर समीपका पर्वतीय क्षेत्रमा जान बाध्य भए । यस सम्बन्धमा डा. शेटेन्कोको उक्तिलाई प्रस्तुत गर्नु युक्तिसङ्गत देखि आउँछ ।
 
श्री ५ को सरकार र सोभियत सङ्घ रुस सरकारका बीच भएको सांस्कृतिक सम्झौता अन्तर्गत लेलिनग्राद विश्वविद्यालय पुरातत्व संस्थानका प्रागैतिहासिक पुरातत्वविद् डा. अनातोली याकोब्लेभ शेटेन्को २०३४ सालको हिउँदको अन्त्यमा दुई महिनाको लागि (अर्थात् जनवरी १५ ता. देखि मार्च २४ ता. १९७८ सम्म) नेपालको पुरातात्विक अध्ययन भ्रमणमा नेपाल आएका थिए । उनले यहाँ बस्ता पुरातत्व विभागको सहयोगमा अनेक प्रागैतिहासिक पुरातात्विका स्थलको अध्ययन गरे जसमा काठमाण्डौं उपत्यकाको बूढानीलकण्ठ पनि एक हो । त्यस समय उनले आफ्ना उपलब्धिका विषयमा अनेक पत्रपत्रिकालाई अन्तर्वार्ता दिएका थिए । जसमा ‘साप्ताहिक समीक्षा’ पनि एक थियो । समीक्षको वर्ष १९ अङ्क ११ शुक्रबार, मार्च १७, १९७८ को पहिलो र सातौँ पृष्ठमा उनले प्राप्त गरेका पाषाणकालीन हतियारका चित्रसमेतको विवरण छापिएको छ । त्यसमा छापिए अनुसार काठमाण्डौं उपत्यकाका यी वस्तु बूढानीलकण्ठको दक्षिण–पूर्वतिर बनियाँपाखा र पण्डितगाउँको बीचमा रहेको धोबीखोलाका किनारमा प्राप्त भएका थिए । यस सम्बन्धमा पाठकको जानकारीका लागि समीक्षाको सातौँ पृष्ठमा छापिएको अन्तर्वार्ताको एक अंश यहाँ यथावत् उद्धृत गर्नु उपयुक्त हुनेछ ।
 
डा. शेटेन्कोले बूढानीलकण्ठको पूर्व–दक्षिणतिर धोबीखोलामा पुरातात्विक अवशेषहरुको खोजी गर्दा प्राचीन पाषाणयुग (उत्तरकाल ईसापूर्व ३०००० वर्ष) का केही त्यस्ता ढुङ्गे उपकरण फेला पारेका छन् जो बिनापालिसका तर चोट दिएर ताछेर ९ँबिपभम ऋजष्उउभ० बनाइने गर्दथे । यो खोजीबाट काठमाण्डौं उपत्यकामा मानवीय बस्तीको इतिहास त्यो प्राचीन मध्यपाषाण युगदेखि नै चलिआएको छ भन्ने प्रमाणित भएको मात्र नभई एसियामा युरोपीय र मङ्गोलायड जातिहरुको महत्वपूर्ण सङ्गमस्थलका रुपमा काठमाण्डौं उपत्यका रहन गएकोतिर सङ्केत गर्दछ ।
 
=== नामकरण ===
"https://ne.wikipedia.org/wiki/तामाङ_जाति" बाट अनुप्रेषित