"रागिनी उपाध्याय" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
भ्रामक जानकारी हटाइँदै
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ७०:
==व्यक्तिगत जीवन==
रागिनीको चित्र सङ्ग्राहलय ब्लु वर्डमा थियो। त्यहीँ उनको भेट [[बेल्जियम]]को नागरिक अल्वर्ड ग्रेलासँग<ref>[http://grela.be/shortcv.htm अर्वर्ड ग्रेला]</ref> भएको थियो भने उनले अल्वर्डलाई प्रेम गर्न सुरु गरेकी थिइन्। यसैबीच उनी ३ महिना जापानको चित्रकला पर्दर्शनीमा गएकी थिइन्। त्यहाँबाट फर्केपछि सन् १९९१ मा उनीहरूले अदालत विवहा गरेका थिए भने सन् १९९२ मा उनीहरू बेल्जियम गएका थिए। बेल्जियमबाट फर्किएपछि सन् १९९५ अप्रिल २२ मा [[पाटन अस्पताल]], [[ललितपुर]]मा उनको छोरी शिवताको जन्म भएको थियो। २० वर्षकै कलिलो उमेरमा दुर्लभ रोगले गर्दा गर्दा उनकी छोरी शिवाताको मृत्यु भएको थियो।<ref>[http://www.chakrapath.com/content/story-of-ragini-upadhyay-by-kabita-adhikari.html छोरीको शोकमा रुन्छन् अचेल रागिनीका चित्रहरु-चक्रपथ डटकम]</ref>
 
==टीकाको रहस्य==
प्रतिकात्मक कलाकी पर्याय रागिनीले लगाउने टीकाले पनि प्रतिकात्मक अर्थ बोक्छ। उनले सबैभन्दा सुरूमा लगाउने सर्पको टीकाले जीवनको लालशालाई प्रतिबिम्बित गर्दछ। सर्प जीवनका इच्छाहरूका प्रतिबिम्बहरू हुन्। जन्मदेखि मृत्युसम्म मानिसको इच्छाको यात्रा कहिल्यै रोकिन्न। इच्छाहरू पछि जीवनका सपनाहरूसँग पनि जोडिने गर्छ। जीवन भनेको नै जन्म र मृत्युसम्म इच्छारूपी नागहरूले घेरिएको युद्धयात्रा हो। केही कुरा जान्ने इच्छा, पढाइको इच्छा, सम्पत्तिको इच्छा, नामको इच्छा, पदको इच्छा, सफलताको इच्छा एकपछि अर्को गर्दै आउने इच्छाधारी सर्पहरू हुन्। मान्छे ती सपनामा लोभिएका हुन्छन् र तिनलाई सन्तुलन गर्न सक्यो भने मात्र जीवन सफल हुन्छ। भगवान [[शिव]]ले सन्तुलन गर्न सकेका हुनाले सर्पको माला लगाए पनि उनलाई कुनै डर हुँदैन। [[विष्णु]]ले आफ्ना इच्छाहरू (नाग)लाई दबाएर सुतेका हुन्छन्। सर्पमा विष हुन्छ र त्यसलाई उपयोग गर्न सक्यो भने औषधी पनि बनाउन सकिन्छ। यसरी इच्छाहरूले भरिएको मस्तिष्कलाई सन्तुलन बनाउन सक्यो भन्यो मात्र जीवन सुन्दर बन्छ भन्ने सन्देशात्मक प्रतीकका रूपमा उनी सर्पको टीका लगाउँथिन्।
जीवन संघर्षले भरिपूर्ण छ। आफ्नो घरदेखि समाजसम्म, देशदेखि विदेशसम्म सबैतिर संघर्ष गरेकी उनको जीवन पनि संघर्षपूर्ण छ। बिद्रोही स्वभावकी रागिनीले पहिलो बिद्रोह घरबाटै गरिन्। पढ्नका लागि संघर्ष गरिन्, चित्रकला विषय रोज्न संघर्ष गरिन्, विवाहका लागि संघर्ष गरिन्। पितृसत्तात्मक समाजमा जन्मेकी उनी महिला हुनुले पनि धेरै संघर्ष गर्नुपरेको छ। वंश कर्मले चल्छ जन्मले चल्दैन भन्ने सोचकी उनी समानताका लागि शिक्षा अनिवार्य हुन्छ भन्छिन्। शिक्षाले व्यक्तिलाई आत्मनिर्भर बनाउँछ भन्ने मान्यताकी उनी सरस्वती भएपछि लक्ष्मी आफैँ आउने बताउँछिन्।<ref>[https://ekantipur.com/opinion/2014/03/08/385343.html?author=1 सोचमा परिवर्तन गरौं-इकान्तिपुर डटकम]</ref> महिलाहरूले गर्नुपरेको संघर्ष उनीहरूमाथिको विभेदका विरूद्धमा उनले प्रतिकात्मक रूपमा त्रिशूलको टीका लगाइन्। त्रिशूल न्यायको प्रतिक, संघर्षको प्रतिक अन्यायको विरोधमा [[दुर्गा]] र शिवजीको त्रिशूल महिला शक्तिको प्रतीकका रूपमा उनले त्रिशूल अङ्कित टीका लगाइन्।<ref>[https://www.nayapatrikadaily.com/news-details/21450/2019-08-01 टीकामा सर्प र त्रिशूलपछि उदाउँदो सूर्य लगाउँछु : रागिनी उपाध्याय-नयाँपत्रिकाडेली डटकम]</ref>
संघर्षपूर्ण उनको जीवनमा एउटा यस्तो दूर्घटना भयो जसले उनको जीवनलाई नै परिवर्तन गरिदियो। उनको सोच र जीवन जिउने तरिकालाई नै बदलिदियो। उनले अत्यन्तै माया गर्ने आफ्नो छायाको रूपमा ग्रहण गरेकी छोरी शिवताको अचानक मृत्यु भयो। उनले काम गर्न छाडिन्। उनले जीवन भनेको के हो भन्ने बुझ्ने प्रयास गरिन्। उनले निश्कर्ष निकालिन्- ज्ञानको ज्योति नै जीवनको पर्याय रहेछ। जीवन भनेको अनन्तसम्मको सिकाइ रहेछ। यसैको प्रतिकात्मक अर्थमा उदाउँदो सूर्यको टीका लगाउन थालिन्। सूर्य भनेको प्रकाश हो, ज्ञान हो, शिक्षा हो र आत्मसचेतना हो।<ref>[https://ekantipur.com/ampnews/2017-04-23/20170423090444.html छोरी सम्झिँदै रागिनी-इकान्तिपुर डटकम]</ref>
 
==साहित्यमा रागिनी==