"तमन्ना भाटिया" का संशोधनहरू बिचको अन्तर

// Edit via Wikiplus
पङ्क्ति १९:
सन् २००५ मा, उनले १५ वर्षको उमेरमा [[बलिउड]] चलचित्र '[[चान्द सा रोशन चेहरा]]'बाट अभिनय सुरु गरेकी थिइन् र [[तेलुगु सिनेमा]] र [[तमिल सिनेमा]]मा काम गर्नु अघि, सन् २००५ मा प्रदर्शित भएको [[अभिजीत सावन्त]]को एल्बम 'आपका अभिजीत'बाट "लफ्जो में" एल्बम गीतमा देखा परेकी थिइन्। त्यहि वर्ष, तमन्नाले तेलुगु चलचित्रको सुरुवात '[[श्री (२००५ चलचित्र)|श्री]]'बाट गरेकी थिइन्, र अर्को वर्ष उनी आफ्नो पहिलो तमिल चलचित्र '[[केडी (२००६ चलचित्र)|केडी]]'मा देखा परेकी थिइन्। सन् २००७ मा, उनले दुई कलेज जीवन आधारित नाटक चलचित्र, तेलुगुमा '[[ह्याप्पी डेज (२००७ चलचित्र)|ह्याप्पी डेज]]' र तमिलमा '[[कल्लोरी]]'मा अभिनय गरेकी थिइन्।
 
उनका परियोजनाहरूमा सफल तमिल चलचित्रहरू '[[अयान (चलचित्र)|अयान]]' (सन् २००९), '[[पईया]]' (सन् २०१०), '[[सिरुथाई]]' (सन् २०११), '[[वीरम (२०१४ चलचित्र)|वीरम]]' (सन् २०१४), '[[धर्मा दुरई (२०१६ चलचित्र)|धर्मा दुरई]]' (सन् २०१६), '[[देवी (२०१६ चलचित्र)|देवी]]' (सन् २०१६), '[[स्केच (२०१८ चलचित्र)|स्केच]]' (सन् २०१८) र उनको [[तेलुगु भाषा|तेलुगु]] चलचित्रहरूमा '[[१००% लभ (२०११ चलचित्र)|१००% लभ]]' (सन् २०११), '[[राचा (चलचित्र)|राचा]]' (सन् २०१२), '[[तडका]]' (सन् २०१३), '[[बाहुबली: द बिगिनिङ]]' (सन् २०१५), '[[बङ्गाल टाइगर (२०१५ चलचित्र)|बङ्गाल टाइगर]]' (सन् २०१५), '[[ऊपिरी]]' (सन् २०१६), '[[बाहुबली २: द कन्क्लुजन]]' (सन् २०१७), '[[एफ २ – फन एन्ड फ्रस्ट्रेसन]]' (सन् २०१९) र '[[सई रा नरसिम्हा रेड्डी]]' (सन् २०१९) शामिल छन्। यसरी उनले आफूलाई तमिल सिनेमा र तेलुगु सिनेमामा अग्रणी समकालीन अभिनेत्रीहरूको रूपमा स्थापित गरेकी थिइन्। उनी दक्षिण भारतीय सिनेमामा सबैभन्दा धेरै भुक्तानी पाउने अभिनेत्रीहरू मध्ये एक हुन्। उनले तीन विभिन्न भाषाहरूमा लगभग ६० चलचित्रहरूमा अभिनय गरिसकेकी छिन्।
 
उनले सन् २०१७ मा "दयावती मोदी" पुरस्कार प्राप्त गरेकी थिइन्। उनले भारतीय सिनेमामा उनको योगदानको लागि दक्षिण कोरियाको केआइआइएसआइइ अन्तर्राष्ट्रिय विश्वविद्यालयको सहयोगमा सिआइएसीबाट मानद डाक्टरेट पनि प्राप्त गरेकी थिइन्।<ref>{{cite web|url=http://www.india.com/showbiz/after-shah-rukh-khan-baahubali-actress-tamannah-bhatia-receives-an-honourary-doctorate-2348119/ |title=Actress Tamannaah Bhatia Receives An Honourary Doctorate |publisher=www.india.com |date=24 July 2017 |accessdate=26 July 2017}}</ref>