"मनुस्मृति" का संशोधनहरू बिचको अन्तर

सा r2.5.2) (robot Adding: bg:Ману-смрити; अंगराग परिवर्तन
पङ्क्ति ४:
मनुस्मृति’ त्यो धर्मशास्त्र हो जसको मान्यता जगविख्यात छ। न केवल भारतमा अपितु अन्य देशहरुमा पनि यसका प्रमाणहरुको आधारमा निर्णयहरु भएकाछन् र आज पनि भइरहेछन्। हिन्दूहरु धर्मशास्त्रको रूपमा मनुस्मृतिलाई विश्वको अमूल्य निधि मान्दछन्। भारतमा वेदहरुका उपरान्त सर्वाधिक मान्यता र प्रचलन ‘मनुस्मृति’को नैं हुन्छ। यसमा चारै वर्ण, चारै आश्रम, सोह्र संस्कार तथा सृष्टि उत्पत्तिका अतिरिक्त राज्यको व्यवस्था, राजाको कर्तव्य, धेरै प्रकारका वाद-विवादहरु, सेनाको प्रबन्ध आदि सबै विषयहरुमा परामर्श दिएकोछ जो कि मानव मात्रको जीवनमा घटित हुन सम्भव छ यो सबै धर्म-व्यवस्था वेदमा आधारित छ। मनु महाराजको जीवन र उनको रचनाकालका विषयमा इतिहास-पुराणहरु स्पष्ट छैनन्। तथापि सबै एक स्वरले स्वीकार गर्दछन् कि मनु आदिपुरुष थिए र उनको यो शास्त्र आदिःशास्त्र हो। मनुका समस्त मान्यताहरु सत्य हुनुका साथ-साथ देश, काल तथा जाति बन्धनले रहित भएको कुरा हिन्दू धर्मका पण्डितहरु बताउँदछन् ।
 
== भूमिका ==
‘मनुस्मृति’ भारतीय संस्कृतिको अभिन्न अंग हो। यसको गणना विश्वका यस्ता ग्रन्थहरुमा गरिन्छ, जसबाट मानवले वैयक्तिक आचरण र समाज रचनाको लागि प्रेरणा प्राप्त गरेकोछ। यसमा प्रश्न केवल धार्मिक आस्था वा विश्वासको छैन। मानव जीवनको आवश्यकताहरुको पूर्ति, सबै प्रकारका आपसी सहयोग र सुरुचिपूर्ण ढंगले हुनसकोस्, यो अपेक्षा र आकांक्षा प्रत्येक सामाजिक व्यक्तिमा हुन्छ। विदेशमा यस विषयमा पर्याप्त खोज भयो, तुलनात्मक अध्ययन भयो, र समालोचनाहरु पनि भए। हिन्दु समाजमा यसको स्थान वेदत्रयीको उपरांत छ। मनुस्मृतिका धेरैवटा संस्करण उपलब्ध छन्। कालान्तरमा धेरै प्रक्षेप(परिवर्तन) हुनु स्वाभाविक हो। पछाडि जोडिएका अंशहरु छुट्याउन साधारण व्यक्तिले सक्तैनन्। ठूला विद्वानहरुले मात्र तुलनात्मक अध्ययन गरेपछि यस्तो गर्न सक्लान्।
 
पङ्क्ति ४७:
== मनुस्मृतिका केही छानिएका श्लोक ==
 
धृति क्षमा दमोस्तेयं, शौचं इन्द्रियनिग्रहः ।<Brbr />
धीर्विद्या सत्यं अक्रोधो, दशकं धर्म लक्षणम ॥<Brbr />
( धर्मका दस लक्षण छन् - धैर्य , क्षमा , संयम , चोरी नगर्नु, स्वच्छता , इन्द्रियहरुलाई वशमा राख्नु , बुद्धि , विद्या , सत्य र क्रोध नगर्नु ( अक्रोध ) )<Brbr />
 
नास्य छिद्रं परो विद्याच्छिद्रं विद्यात्परस्य तु ।<Brbr />
गूहेत्कूर्म इवांगानि रक्षेद्विवरमात्मन: ॥<Brbr />
वकवच्चिन्तयेदर्थान् सिंहवच्च पराक्रमेत् ।<Brbr />
वृकवच्चावलुम्पेत शशवच्च विनिष्पतेत् ॥
 
कुनै पनि शत्रुले आफ्नो छिद्र (निर्बलता)लाई नजानोस् र स्वयं शत्रुका छिद्रहरुलाई जान्नु, जसरी कछुआ आफ्नो अंगहरुलाई गुप्त राख्छ, त्यसै गरी शत्रु प्रवेश गर्ने छिद्र को गुप्त राख्नु । जसरी बकुल्लोले ध्यानमग्न भएर माछा पक्रिने गर्छ, त्यसरी अर्थसंग्रहको विचार गर्नु, शस्त्र र बलको वृद्धि गरेर शत्रुलाई जीतनको लागि सिंहको समान पराक्रम गर्नु । चितुवाको समान लुकेर शत्रुहरुलाई पक्रिनु र नजिकबाट आएका बलवान शत्रुहरुसित शश (खरायो)को समान भाग्नु र पछि उनीहरुलाई छल गरी पक्रिनु ।<Brbr />
 
नोच्छिष्ठं कस्यचिद्दद्यान्नाद्याचैव तथान्तरा ।<Brbr />
न चैवात्यशनं कुर्यान्न चोच्छिष्ट: क्वचिद् व्रजेत् ॥
 
न कसैलाई आफ्नो जूठो पदार्थ दिनु र न कसैको भोजन खानु, न अधिक भोजन गर्नु र न भोजन गरे पश्चात हात-मुख नधोई यता उता जानु।<Brbr />
 
तैलक्षौमे चिताधूमे मिथुने क्षौरकर्मणि ।<Brbr />
तावद्भवति चांडाल: यावद् स्नानं न समाचरेत ॥
 
पङ्क्ति ६९:
{{category:धर्म}}
 
[[bg:Ману-смрити]]
[[ca:Manu Smriti]]
[[de:Manusmriti]]
"https://ne.wikipedia.org/wiki/मनुस्मृति" बाट अनुप्रेषित