"नरनारायणबाबा" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: मानवजातिमा वैदिक कालदेखि रहदैँ आएको अध्यात्मलाई पुनः जागृत अथ...
(कुनै भिन्नता छैन)

१९:०६, २६ डिसेम्बर २०१० जस्तै गरी पुनरावलोकन

मानवजातिमा वैदिक कालदेखि रहदैँ आएको अध्यात्मलाई पुनः जागृत अथवा उत्थान गर्दै आध्यात्मिक चिन्तनका माध्यमबाट धार्मिक जागरण ल्याई धर्म-संस्कृतिको हित, संरक्षण एवं सम्बर्धनको साथै राष्ट्रको बृहत्तर हितका लागि सदैव समर्पित परम् पूजनीय गुरूदेव श्री नरनारायण बाबाको जन्म २०२९ सालमा नेपालको अर्घाखाँची जिल्लामा भएको थियो । बाबाको संरक्षकत्वमा लाखौँ भक्तजनहरूको सहयोगमा वि.सं. २०५८ अषाढ ५ गते परम् पूजनीय गुरू श्री नरनारायण बाबा आश्रम सेवा संस्थाको निर्माणकार्य पूर्ण भई विधिवत रूपमा उद्घाटन काठमाण्डौ जिल्लाको पश्चिमी भू:भागमा रहेको मातातीर्थ गा.वि.स. को वडा नं. १ मा भएको थियो।

नेपालगंजबाट शुरू भएको संस्थाको हाल नेपाल अधिराज्यभरि पोखरा, विराटनगर, भैरहवा, अर्घाखाँची, कपिलवस्तु र अन्तर्राष्ट्रिय रूपमा दिल्ली र सिंगापुरमा पनि संस्थाको शाखाहरू विस्तारित र सक्रिय छन् भने यस संस्था प्रति सद्भाव राख्ने हजारौँ सदस्यहरू जताततै भेटिन्छन्। संस्थाले गरेका र गर्दै आएका विभिन्न सामाजिक कार्यहरू अन्तर्गत विभिन्न मन्दिरहरूको निर्माण(नेपालगंजमा शिवपार्वती मन्दिर तथा आश्रम, सिद्धेश्वर महादेवको मन्दिर, लुम्बिनी अंचलको अकल्पेश्वरी देवी मन्दिर र नर्मदेश्वर महादेवको मन्दिर, पोखराको श्री लक्ष्मीनारायणको मन्दिर) तथा जीर्णोद्वार(अर्घाखाँचीको सुपादेउराली मन्दिर), प्रत्येक वर्ष जेहेन्दार, मिहेनती र अनुशासित विद्यार्थीहरूलाई संस्थाको नाममा दिइने छात्रवृत्ति, वृद्ध-वृद्धाहरूलाई दिँदै आएको सहयोग लगायत समाजलाई प्रत्यक्ष रूपमा सहयोग पुग्ने विभिन्न सामाजिक कार्यहरू आदि पर्दछन्। संस्थाले हाल दिँदै आएको सेवा यसको प्रारम्भिक रूप हो भने संस्थाको योजना बृहत् र व्यापक छ। समय समयमा गरिने बृहत् स्वास्थ्य शिविर, रक्तदान बाहेक पनि प्रत्येक शनिबार नियमित रूपमा संस्थाले सर्वसाधारणहरूलाई स्वास्थ्य परीक्षण सेवा पनि दिँदै आएको छ। संस्थाद्वारा निर्मित आश्रम परिसरमा रहेको श्री स्वस्थानी र श्री त्रिरूपेश्वर महादेवको मन्दिरले यस क्षेत्रको गरिमालाई झनै बढाएको छ जुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूको लागि बिहान नित्य पूजा आरती भएपछि साँझसम्म खुल्ला रहने गर्छ। यसर्थ पनि यस संस्थालाई आश्रम अथवा संस्था अथवा शैक्षिक संस्थाको रूपमा मात्र परिभाषित गर्नु संकुचित हुन्छ। यस मन्दिरमा विशेषतः शिवरात्रीको दिन र पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म भक्तजनहरूको विशेष भीड लाग्ने गर्छ। श्री स्वस्थानी माताको मन्दिर स्थापना भएपछिको वर्षहरूमा स्वस्थानी महिमा अवधिमा भक्तजनहरूको घुँइचो वर्षेनी बढ्दो छ।