"नागपञ्चमी" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति २२:
 
==नाग पञ्चमीमा व्रतको विधि==
नाग पञ्चमीमा नाग देवताका निमित्त व्रत पनि लिने गरिन्छ । यस व्रतमा पूरै दिन निराहार बसेर सूर्यास्त भएपछि नाग देवताको पूजाका लागि खीर[[खिर]] पकाएर त्यसलाई सर्वप्रथम प्रसादका रूपमा नाग देवताको मूर्ति अथवा शिव मन्दिरमा अर्पण गरी (भोग लगाई), प्रसादका रूपमा वितरण गर्ने र आफू स्वयंले समेत ग्रहण गर्नु पर्दछ। व्रत अवधिभरि कुनै किसिमको भोजनका साथै समाप्तिमा समेत नुन खानु वा चिल्लो तथा तेल जन्य परिकारहरूको प्रयोग पनि वर्जित छ । साथै व्रतसँग सम्बन्धित सबै नियमको पालना गर्नुपर्दछ ।
[[चित्र:Sticker of nagpanchami .jpeg|thumb|नागपञ्चमीमा घरको ढोकामा टास्ने चित्र]]
 
==मुख्य द्वारमा नाग देवताको आकृतिको पूजा==
नाग पञ्चमीमा [[नाग]]को चित्र बनाई [[पूजा]] गरेर घरको द्वार(ढोका)मा टाँस्नाले [[सर्प]]को भय हुदैन भन्ने [[हिन्दू धर्म|हिन्दू शास्त्रको]] मान्यता रहेको छ । पश्चिम [[नेपाल]]का [[दैलेख जिल्ला|दैलेख]], [[अछाम जिल्ला|अछाम]], [[कालीकोट जिल्ला|कालिकोट]], आदी जिल्लाहरूमा नाग पञ्चमीका दिन देखी हिउँद ऋतु सुरू हुन्छ भन्ने जनमान्यता रहेको छ। नेपालको [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र|सुदूर]] तथा [[मध्य-पश्चिमाञ्चल विकास क्षेत्र|मध्य पश्चिम]]मा नाग पञ्चमीका दिन कागजमा नाग, गङ्गटो, बिच्छी जस्ता बिषालु जीवहरूका चित्र बनाएर पूजा गरी घरको दैलोमा टाँस्ने चलन छ भने [[बडिमालिका]] लगायत विभिन्न ठाउँमा छरिएर रहेका मालिका मन्दिरमा पूजा गर्न जाने श्रद्धालुहरूले [[व्रत]] गर्ने, भूमी सयन गर्ने र ब्रह्मचार्य धारण गर्ने चलन रहेको छ । नाग पञ्चमीका दिन [[नेपाल]] र [[भारत]]का विभिन्न नाग देवताको मन्दिरहरूमा नाग पञ्चमी मेला लाग्दछ।
"https://ne.wikipedia.org/wiki/नागपञ्चमी" बाट अनुप्रेषित