"नेपाल वायुसेवा निगम" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- लागी + लागि )
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ३१:
 
=== सन् १९७० र १९८० का दशक; जेट युग र आर्थिक समृद्धि ===
[[File:HS_748_2A_9N-AAU_Nepal_Dum_Dum_080974_edited-3.jpg|link=https://en.wikipedia.org/wiki/File:HS_748_2A_9N-AAU_Nepal_Dum_Dum_080974_edited-3.jpg|right|thumb|सन् १९७४ मा कल्कत्ताको[[कोलकाता|कल्कत्ता]]को दम दम विमानस्थलमा शाही नेपाल वायुसेवाको एचएस ७४८ विमान]]
सन् १९७० मा शा.ने.वा.नि.ले आफ्नो पहिलो हकर सिड्डली एचएस ७४८ विमान सेवामा प्रवेश गरायो। यसपश्चात सन् १९७१ मा ट्विन अटर र सन् १९७२ मा बोइङ ७२७ विमानहरु सेवामा ल्याईए। सन् १९८७ मा बोइङ ७५७ ले बोइङ ७२७ लाई प्रतिस्ठापित गर्‍यो।<ref name="RN2" />
सन् १९८५ मा नेपाल भित्रिएका कुल १८१,००० पर्यटकमध्ये ८० प्रतिशत हवाइ मार्गबाट आएका थिए। शाही नेपाल वायुसेवाले तीमध्ये ३८ प्रतिशत यात्रुलाई सेवा दिएको थियो। तर यो संख्या सन् १९७९ को उच्चतम ५० प्रतिशत बजार हिस्साभन्दा निकै काम थियो। शा.ने.वा.नि.को मुख्य प्रतिस्पर्धी इन्डियन एयरलाइन्स थियो, तर यसबाहेक सिङ्गापुर एयरलाइन्स र [[लुफ्थान्सा]] जस्ता वायुसेवा प्रदायक पनि नेपाली बजारमा प्रवेश गरिसकेका थिए। लुफ्थान्साले सन् १९८७ अक्टोबर मा काठमाडौं र फ्रान्कफर्ट बीच सिधा उडान थालेपश्चात अन्य वायुसेवाहरु पनि नेपालमा आफ्नो बजार बढाउन इच्छुक थिए।[[File:Royal_Nepal_Airlines_Boeing_727-200_King.jpg|link=https://en.wikipedia.org/wiki/File:Royal_Nepal_Airlines_Boeing_727-200_King.jpg|right|thumb|सन् १९८६ मा बैंककको[[बैङ्कक|बैंकक]]को डन मुआङ विमानस्थलमा शाही नेपाल वायुसेवाको बोइङ ७२७-१०० विमान]]त्यस समयमा शाही नेपाल वायुसेवाको संजाल ३८ आन्तरिक र १० अन्तर्राष्ट्रिय गन्तव्यमा फैलिएको थियो। सन् १९८८ मा शा.ने.वा.नि.ले ब्रिटिश आर्मीमा कार्यरत गोर्खालीहरु बसोबास गर्ने [[हङकङ]]मा बोइङ ७५७ बाट सिधा उडानको थालनी गर्‍यो। सन् १९८८ अप्रिलमा शा.ने.वा.नि. र चीनको नागरिक उड्डयन प्रशासनको सहकार्यमा काठमाडौं र चीनको स्वशासित क्षेत्र [[तिब्बत]]को [[ल्हासा]] बीच सिधा उडान शुरु गरियो।<ref name="Fundinguniverse.com" />
 
सन् १९८८-८९ मा ५४.३ मिलियन अमेरिकी डलरको कारोबार भएको निगमले १७ मिलियन डलरको नाफा कमाएको थियो। २,२०० कर्मचारीलाई रोजगार प्रदान गरेको निगम देशकै सबैभन्दा ठुलो रोजगारदाताका साथसाथै विदेशी मुद्रा कमाउने सबैभन्दा ठुलो संस्था थियो; निगमले करिब १५ मिलियन डलर विदेशबाट भित्र्याएको थियो। निगमका कुल यात्रुमध्ये ७५ प्रतिशत विदेशी थिए। ८० को दशकमा [[लण्डन]], [[दुबई]], [[कराची|कराँची]] र [[मुम्बई|बम्बई]] पनि उडान संजालमा जोडिएका थिए।<ref name="Fundinguniverse.com" />
पङ्क्ति ५०:
सन् २००७ सेप्टेम्बरमा निगमद्वारा जारी एक विज्ञप्तीमा जहाजमा रहेका केही प्राविधिक खराबीका कारण देवतालाई खुशी पार्न दुईवटा बाख्राको बलि चढाइएको कुराको पुष्टि गरियो। निगमका अनुसार ती जनवरको बलि त्रिभुवन विमानस्थलमा राखिएको एक बोइङ ७५७ जहाजका अगाडि चढाइएको थियो। यो बलि निगमको निशानमा समेत रहेका आकाश भैरवलाई चढाइएको थियो। निगमका अनुसार यस समारोहपश्चात सो जहाजले हङकङका लागि सफल उडान गर्‍यो। निगमका प्रवक्ताका अनुसार, "विमानमा रहेका खराबी ठीक भई जहाजले उडान सुचारु गरिसकेको छ"। निगमले प्राविधिक खराबीका बारेमा केही नबताएपनि स्थानिय संचारमाध्यमका अनुसार जहाजमा केही इलेक्ट्रिकल खराबी थियो।<ref>{{cite web|url=http://news.bbc.co.uk/2/hi/south_asia/6979292.stm|title=Goats sacrificed to fix Nepal jet|date=2007-09-05|publisher=BBC|accessdate=30 May 2020}}</ref>
 
सन् २००० देखि २०१० का बीच निगमका विमान कुनै पनि दुर्घटनामा परेनन्। निगमको ईतिहासमै कुनै पनि घटना नभएको यो सबैभन्दा लामो समयावधि थियो।{{cn|date=May 2020}}
 
==== भ्रष्टाचारका केही घटनाहरूको सूची ====
पङ्क्ति ७९:
 
== गन्तव्यहरू ==
नेपालमा जारी कोरोनाभाईरसको प्रकोपका कारण [[नेपाल सरकार]]द्वारा सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सन् २०२० जुनअगस्त ३०१६ सम्मका लागि रद्द गरिएको छ।
 
यसभन्दा पहिले नेपाल वायुसेवाले १० अन्तर्राष्ट्रिय तथा धेरै आन्तरिक गन्तव्यहरुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्दथ्यो। निगमले [[विराटनगर विमानस्थल|विराटनगर]], [[नेपालगञ्ज विमानस्थल|नेपालगन्ज]] र [[पोखरा विमानस्थल|पोखरा]]स्थित आफ्नो क्षेत्रीय हबहरुबाट पनि नियमित आन्तरिक उडान संचालन गर्छ।