"भृङ्गीराज" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २९:
 
यो सयपत्री फूलको परिवारमा पर्ने एक किसिमको पोथ्रा (Herb) हो । ३० सेन्टिमिटर जति अग्लो हुने यो झार जमिन माथि फैलिएर हुर्केको पाईन्छ । सेतो झुसयुक्त फिका कलेजी रंगको काण्ड तथा थुप्रै हाँगाबिगाहरु आएका हुन्छन् । करिब १ देखि ५ सेन्टिमिटर लामो र ३ मिलिमिटर देखि १ सेन्टिमिटर चौडा भेट्नु (Petiole) नभएका दुबै छेउमा चुच्चो परेको लाम्चो पात हुन्छ । पातको दुबै तर्फ बाक्लै मसिना झुसहरु (Strigose) आएका हुन्छन् यी पातहरु डाँठमा एक अर्काको आमुन्ने सामुन्ने (Opposite) रहेका हुन्छन् । बाटुलो (Disc) आकारको फूलको माथिल्लो भाग चौडा हुन्छ । एउटा काण्डमा साधारणतया एउटा र कहिलेकाहीं दुईवटा फूलहरु हुन्छन् । साधारणतया फूलको रंग सेतो हुन्छ तर पहेंलो फुल्ने भृङ्गीराज पनि पाइन्छ । ४ वटा दाँते किनारा भएका पुष्पदल (Corolla) हुन्छ्न् । भृङ्गीराजको जरा पूर्ण विकशित, बेलनाकार र खैरो रंगको हुन्छ ।
 
==खेती गर्ने तरिका==
भृङ्गीराज खासै खेती गर्ने चलन नरहेको हुँदा जङ्गली अबस्थामा उपलब्ध भृङ्गीराज नै आयुर्वेदिक औषधी निर्माता कम्पनीहरुको प्रमुख श्रोतको रुपमा रही आएको छ । नेपालमा गोरखा जिल्लाका केही किसानहरुले बिसं २०४७\४८ देखि यस प्रजातिको खेतीको शुरुवात गरेको भएतापनि खेतीमा भने ब्यापकता आउन सकेको छैन । २ देखि ३ सेन्टिमिटर बाक्लो जङ्गलको मलिलो माटोको तह राखी बनाईएको नर्सरीको बीउ ब्याडमा चैत्रबैशाखमा भृङ्गीराजको बीउ छरिसक्नु पर्दछ । बेर्ना ३ देखि ४ सेन्टिमिटर अग्ला भएपछि खनजोत गरी खेती गर्न तयार पारिएको जग्गामा सिंचाई गरिसकेपछि बेर्नाहरु सार्नु पर्दछ । यसरी सार्दा एक बेर्ना देखि अर्को बेर्ना र एक हार देखि अर्को हार बीचको दूरी १० देखि २० सेन्टिमिटर राख्न उपयुक्त हुन्छ । राम्रो उत्पादन लिनको लागी निरन्तर चिस्यान एवं प्रकाश कायम राख्नु पर्दछ ।
 
==आयुर्वेदिक तथा परम्परागत प्रयोग==
"https://ne.wikipedia.org/wiki/भृङ्गीराज" बाट अनुप्रेषित