"भृङ्गीराज" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २८:
 
 
यो सयपत्री फूलको परिवारमा पर्ने एक किसिमको पोथ्रा (Herb) हो । ३० सेन्टिमिटर जति अग्लो हुने यो झार जमिन माथि फैलिएर हुर्केको पाईन्छ । सेतो झुसयुक्त फिका कलेजी रंगको काण्ड तथा थुप्रै हाँगाबिगाहरु आएका हुन्छन् । करिब १ देखि ५ सेन्टिमिटर लामो र ३ मिलिमिटर देखि १ सेन्टिमिटर चौडा भेट्नु (Petiole) नभएका दुबै छेउमा चुच्चो परेको लाम्चो पात हुन्छ । पातको दुबै तर्फ बाक्लै मसिना झुसहरु (Strigose) आएका हुन्छन् यी पातहरु डाँठमा एक अर्काको आमुन्ने सामुन्ने (Opposite) रहेका हुन्छन् । बाटुलो (Disc) आकारको फूलको माथिल्लो भाग चौडा हुन्छ । एउटा काण्डमा साधारणतया एउटा र कहिलेकाहीं दुईवटा फूलहरु हुन्छन् । साधारणतया फूलको रंग सेतो हुन्छ तर पहेंलो फुल्ने भृङ्गीराज पनि पाइन्छ । ४ वटा दाँते किनारा भएका पुष्पदल (Corolla) हुन्छ्न् । भृङ्गीराजको जरा पूर्ण विकशित, बेलनाकार र खैरो रंगको हुन्छ ।
 
==आयुर्वेदिक तथा परम्परागत प्रयोग==
कपालको लागि हितकर हुन्छ । शोथ (Oedema/Anasarca), चर्मरोग दम खोकी काटेको घाउ ज्वरो कमलपित्त रक्तअल्पता पिसाब सम्वन्धी समस्या कलेजो र फियो (Spleen) बढेको घाउको दुखेको उच्च रक्तचाप कुखत परेको आदिको उपचार गर्न प्रयोग गरिन्छ । यसका कलिला मुन्टाहरु तरकारीको रुपमा पनि खाईन्छ । काटिएको घाउमा पात र डाँठको स्वरस (Fresh juice) लगाएमा घाउ पाक्दैन छिटो निको हुन्छ तथा धनुष्टंकार रोगबाट पूर्णरुपमा बचाउन सक्छ भन्ने विस्वास गरिन्छ ।
गाईबस्तुको घाउ निको पार्न जरा पिंधेर बनाईएको लेदो (Paste) लगाईन्छ । बिच्छि बारुला कमिला र माकुराले टोककेको ठाँउमा पातको रस लगाईन्छ । रुघा खोकीले बच्चाको खासगरी नाक र घाटीमा असर गरेको अवस्थामा पातको स्वरस मह संग मिसाएर ख्वाइन्छ । यसको जराले बान्ता (Emetic) गराउँछ कब्जियत हटाउँछ र अल्सर (Ulcer) मा जराको लेदो लगाउँदा (Antiseptic) को काम गर्दछ ।
 
==बाली संकलन==
"https://ne.wikipedia.org/wiki/भृङ्गीराज" बाट अनुप्रेषित