"उदयदेव मन्दिर" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (-महिलाहरु +महिलाहरू)
पङ्क्ति ५३:
== जात्रा बृतान्त==
उदयदेवको मुख्य पूजा चैत्र महिनामा पर्ने महाअष्टमीमा लाग्ने गर्दछ । त्यस्तै असोज महिनामा पर्ने नवरात्रमा पनि यहाँकी स्थानीय सात बहिनी दुर्गाहरु : डिलासैनी, बोदलाशैनी, पोटलाशैनी, भगाशैनी, भरणशैनी, रणसैनी र निङ्गलासैनीको विधिवत् आवाहन र पूजा–आजा गरेर ब्राह्मण द्वारा सप्तशतीको पाठका साथै हवन पनि गराइन्छ । मुख्य पूजा वा जात्रा हुँदा चारराठ, चन्दठकुरीहरु, दशौनी विष्ट, भण्डारी, कठायत, ऐडी, त्यसै गरेर चार करिया थर भित्रपर्ने पहरी, भूल, दमाई, भाण इत्यादी सबै भक्तजनहरु आ–आफ्नो जिम्माको काम श्रद्घाभावले पुर्खौ देखी गर्दै आइरहेका छन् । दशौनी बिष्ट भनेका राजा जैतु चन्दका पालादेखी पाटन राज्यकोशको दशअंश मध्ये एक अंश भाग खानु भनी दिएको अधिकारक्षेत्र भित्र पर्न आउने विष्टहरु हुन् । आश्विन नवरात्रमा पर्ने पञ्चमीका दिन भक्तहरुले मन्दिरमा आफ्नो गच्छे अनुसारको चिनोवानो चढाउँछन् । धामी कामेर प्रसाद स्वरुप सबै भक्तहरुका निधारमा टिका लगाउँने गर्दछन् । महाअष्टमीका दिन बिहानै देखी बलीका निम्ती ल्याइएका राँगा, बोका र खसीहरु मन्दीर परिसरमा बाँधिन्छन् । सर्वप्रथम ल्याइएको राँगो कालो खाम भन्ने रुखमा बाँधिन्छ । कालोखाममा बाँधिने राँगोे चन्दहरुका चारराठ मध्येबाट क्रमै सँग पालै–पालो गरी ल्याईन्छ । त्यस दिन राती अवेरसम्म सुदूरपश्चिम नेपाल र भारतको पिथौरागढबाट पनि राँगाहरु आइ रहन्छन् । महाअष्टमीका रातीबाट नवमीका दिउसो ४ बजेसम्म यसक्षेत्रका ख्यातीप्राप्त डेउडाखेलका गीतेरुहरु लगायत सबै भक्तजनहरु विशेषतः‘साल्ली’ भन्ने ढपमा दोहोरी डेउडाखेल खेल्ने गर्दछन् । सन्तान नभएका महिलाहरुमहिलाहरू सन्तान प्राप्तिका लागी र सन्तान भएका महिलाहरुमहिलाहरू अन्य मनोकामना पूर्तिका लागि रातभरी एकैस्थानमा उभिएर आफ्ना दुबैहात संयुक्तगरी त्यसमा अखण्डदीप बाल्ने गर्दछन् । अष्टमीका राति ११ बजेबाट देवताको मुख्यपूजा सुरु हुन्छ । पूजा सकिए पछि सर्वप्रथम मन्दीर परिसरभित्रै रहेको कालीकाको स्थानमा बोका र खसीहरुको बलि चढाइने गरिन्छ । त्यसपछी सिद्घबाबा, महारुद्र, लोटने, कैलपाल, समैजी, मसानी, सिमडा लगायत सबै देवताका धामीहरु आ–आफ्नो रटन–खटन अनुसार काम्न सुरु गर्दछन् । उदयदेवका धामी पनि आफ्नो ‘बिँडी’ (देवताले बस्ने उच्च राज सिंहासन) मा बसेर काम्न प्रारम्भ गरेपछि उत्तर पर्वत शिखरमा अवस्थित् ‘राउला केदार’ मन्दीरबाट दिव्य ध्वनी आउँने गर्दछ । त्यो ध्वनी उदयदेवका धामीले मात्रै सुन्न सक्दछन् । त्यो शुभ सांकेतिक ध्वनी आएको सुनिएन भने उदयदेवका धामी काम्दैनन् र जात्रामा पनि जाँदैनन् भन्ने मान्यता रहिआएको छ ।
त्यस पछि अबेर राति कैलपालका धामीको नेतृत्वमा ‘बयाँल’ जात्रा अगाडि बढ्दछ । प्राचीनकालमा राजाहरुले लगाउने विषेश किसिमको पोशाक र सुन–चाँदी रत्न जडित सुन्दर मुकुट धारण गरेका उदयदेवका धामी चन्द ठकुरीहरुको काँधमा सवार हुन्छन् । देवता सवार भएको बेला धामी फूलजस्तै अत्यन्तै हलुका हुन्छन् भनेर धामीलाई बोक्ने भक्तहरु बताउँछन् । त्यसपछि सबै भक्तहरु सहितको जात्रा दाइन–दमाहा, भोक्कर इत्यादी बाजा–गाजा बजाउदै मन्दीरबाट लगभग तीनसय मिटर तल सुर्नया नदीको नजिक पर्ने प्रसिद्घ शिवसिद्घको गुफा तिर चल्दछ । त्यहाँ सिद्घगुफा भित्र तीननेत्र भएका शिव विराजमान हुनुहुन्छ भन्ने विश्वास गरिएको छ । तीननेत्र धारी शिव विराजमान भएका हुनाले त्यसगुफालाइ स्थानीय भाषामा ‘तिप्तरे महादेव’ को गुफा भन्ने गरिन्छ । त्यो सिद्घ गुफाभित्र उदयदेवका धामी मात्रै प्रवेश गर्दछन् । बाँकी पुजारी, धामी लगायतका अन्य सम्पूर्ण भक्तहरु बाजा–गाजा बजाउँदै बाहिरै उभिएर उनको प्रतिक्षा गर्दै पर्खीराखेका हुन्छन् । त्यस गुफाका मुखमा पुजारीले धुपबत्ती गर्दा नजिकै रहेको अर्को प्रसिद्घ पौराणिक पाताल भुवनेश्वरको गुफामा सुगन्ध आउन्छ भनेर यहाँका स्थानीयहरु भन्ने गर्दछन्् । त्यस गुफाको पूर्ण बृतान्त स्कन्दपुराणको मानसखण्ड संहितामा उल्लेख गरिएको छ । त्यसैले यी दुबै गुफाहरु आपसमा जोडिएको हुनसक्ने अनुमान गर्न सकिन्छ । उदयदेवका धामी गुफाबाट फिर्ता नआउन्जेल सम्म अन्य श्रेष्ठ देवताहरुका धामीहरुको कम्पन पनि आकर्षक रहेको हुन्छ । धामी गुफाबाट फिर्ता आइसके पछि उनलाइ फेरी काँधमा चढाएर मुख्य मन्दीरमा लगिन्छ र त्यस दिनको जात्रा समाप्त हुन्छ । दोश्रो दिन नवमीका बिहान मन्दिरमा सर्वप्रथम कैलपाल देवताको पूजा लाग्दछ । दिउसो २ बजे पछि उदयदेव मन्दीर परिसर भन्दा धेरैतल रहेको ‘अट्ठेली’ भन्ने ठाउँमा भगवती कालीकाका नाममा सयकडौ राँगाहरुको बली चढाइने गरिन्छ । ती बली प्रदान गरिएका राँगाहरुको मासु÷प्रसाद खाने र बलिस्थलको सरसफाइ÷व्यवस्थापन इत्यादि गर्ने कार्य ‘चार करिया’ को नामले सम्वोधन गरिने : स्थानीय पहरी, भूल, लोहार, दमाइ, आउजी, राना, भाण, दास, इत्यादि थरका भक्तजनहरुले पूर्ण श्रद्घाका साथ गर्ने गर्दछन् । उनीहरुले जात्राको समयमा दाइन÷दमाहा लगायतका अन्य बाजा–गाजाहरु पन बजाउँदछन् ।