"द्रोणाचार्य" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- साथि + साथी )
सा बोट: स्वचालित पाठ परिवर्तन (- उनि + उनी )
पङ्क्ति ५५:
 
== सुरुवाती बर्ष ==
द्रोण ब्राह्मण भरद्वाजका पुत्र थिए । बेद बेदाङ्गको अध्ययन सके पछि उनिउनी धनुर्विद्याको अभ्यासमा लागेर धनुर्विद्याका महान आचार्य भएका थिए । भरद्वाजका साथी पान्चालको राजाका छोरा [[द्रुपद (महाभारत)|द्रुपद]] कुटीमा बस्दा द्रोणको सहपाठी थिए । नौजवान हुँदा उनिहरुको बिचमा घनिष्टता बढेको थियो । नौ जवानिको जोशमा आफु राजा भएपछि आधा राज्य दिन्छु भनि द्रोणलाई द्रुपदले भनेका थिए । पढाइ सकिए पछि द्रोणले [[कृपाचार्य]]को बहिनी संग  बिबाह गरे । उनिहरुको [[अश्वत्थामा|अस्वत्थामा]] नामको एउटा छोरा जन्मे । छोरा र स्वास्नी प्रति द्रोण अति नै टाँसिएको थियो । धन सम्पतिको कहिल्यै परबाह नगर्नेले  उनिहरुको लागि धन आर्जन गर्ने तिब्र इच्छा द्रोणमा जाग्यो । 
 
== परशुराम सँगको भेट ==
[[परशुराम अवतार|परशुराम]]ले ब्राह्मणहरुलाई धन बाँडिरहेका थिए भन्ने सुनेर पहिले उनिउनी कहाँ गए, तर ढीलो पुगे । पहिलेनै सबै धन दिएर परशुराम जंगल तिर जान लागेका थिए । तर द्रोणलाई केही गरी दिने इच्छा भएर द्रोणलाई शस्र प्रयोग गर्ने शिक्षा प्रदान गरे र द्रोण सर्बोत्तम आचार्य भएका थिए ।  द्रोणले खुशि भएर मन्जुर गरे । त्यसै पनि धनुर्धारी भएका ब्यक्ति अझ ठूलो धनुर्धारी भई युद्धकलामा पनि निपूर्ण भएकोले कुनै राजाको घरमा गुरु हुने उत्सुकता भयो । उनिउनी सैनिक विद्याको अद्वितीय आचार्य भएका थिए ।
 
== द्रुपदसँग बैमनस्यता ==
पङ्क्ति ६४:
 
== पान्डव /कौरवका राजगुरु ==
नोकरीको खोजमा प्रयास गर्न उनिउनी [[हस्तिनापुर]]मा जाने भयो । त्यहाँ उनले आफ्ना जेठान [[कृपाचार्य]]को घरमा केहि दिन त्यसै बिताएका थिए । एक दिन हस्तिनापरका राजकुमारहरु शहर बाहिरको नजिक ठाँउमा भकुण्डो खेलिरहेका थिए । खेल्दा खेल्दै भकुण्डो र युधिष्ठिरको औँठी इनारमा खस्यो । राजकुमारहरु सबै इनारको वरी परी जम्मा भए । स्वच्छ पानीबाट इनार मुनी टलटल टल्कि रहेको औँठी तिनिहरुले देखेका थिए । तर त्यो झिक्नको लागि कुनै पनि साधन पाएनन् ।
 
कालो बर्ण भएका एउटा ब्राह्मण मुसु मुसु हाँसी नजिकैबाट हेरेर बसेको उनिहरुले होसै गरेनन् । ‘राज कुमारहरु, बीर भरत बंशका सन्तानहरु हुन । बल किन झिक्न सकेनौ ? शस्त्र विद्यामा निपूर्ण भएकाहरुलाई कसो गर्ने भन्ने कुरा थाहा हुनु पर्ने हो । मैले झिकि दिउँ ?” भनि उनले राज कुमारहरुलाई छक्क पारी दिए । युधिष्ठिरले हाँसेर ठट्टा गरी भने – “ओ ब्राह्मण यदि तिमीले त्यो बल झिकि दियौ भने कृपाचार्यको घरमा तपाईँले राम्रो भोजन गर्न पाएको हामीले हेर्न पाउने छौँ ” । अनि त्यस अपरीचित ब्राह्मण द्रोणले घाँसको एउटा पात टिपी बाणको तीर जस्तै जोडले जाने गर्न शक्तिको वाचा बोलि त्यस पातलाई जोड संग इनारमा फाले । त्यो पात जोड संग गएर भकुण्डोमा टाँसियो । पछिबाट धेरै पातहरु एक पछि अर्को खसाले । ती सबै पातहरु गाँसिएर सिक्रि जस्तो भयो । त्यस घाँसको सिक्रिलाई  समातेर भकुण्डोलाई तानेर निकालि दिए । राजकुमारहरु सबै अति खुशी भए र औँठि पनि झिकि दिन अनरोध गरे ।
 
द्रोणले एउटा धनुष मागे र त्यसमा बाण चढाइ सिघै औँठिमा बाणले हाने । बाणको जोडले गर्दा औँठी उफ्रेर माथि सम्म आए, अनि द्रोणले समातेर त्यस औँठी [[युधिष्ठिर]]लाई दिए । त्यो तमाशा देखेर राज कुमारहरुलाई गजब लाग्यो र भन्यो –“हामी तपाईँलाई प्रणाम गर्दछौँ । तपाईँ को हुनुहुन्छ ? तपाईँको लागि हामीले गर्नु पर्ने केहि छ कि ?” भनि तिनीहरुले द्रोणलाई ढोग गरे । उनले भने –“ओ राज कुमारहरु, भीष्म कहाँ जाउ र म को हुँ भन्ने उनिबाट जान्नु । राजकुमारहरुले बताएको बयानबाट भीष्मले जाने कि उनिउनी अरु कोही हैन द्रोण थिए । पाणडव र कौरबहरुलाई अरु थप विद्या सिकाउन द्रोण योग्य ब्यक्ति थियो भन्ने कुरा उनलाई निश्चय भयो । [[भीष्म]]ले उनलाई बिशेष सनमान गरी स्वागत गरे । राजकुमारहरुलाई शस्र विद्या सिकाउन द्रोणलाई  नियुक्त गरी दिए ।
 
== द्रुपदसँग बदला ==
पङ्क्ति ७५:
पहिले दुर्यधन र उनका भाइहरुलाई पठाए । गुरुले भने जस्तै कार्य पूरा गर्न उनले अह्राए बमोजिम गए । तर पूरा गर्न सकेन । त्यस पछि पाण्डवहरुलाई पठाए । द्रोणले भने जस्तै उनिहरुले द्रुपद र उनका मंत्रिहरुलाई कैदि बनाएर द्रोणलाई बुझाइ दिए । द्रोणले हाँसि हाँसि [[द्रुपद (महाभारत)|द्रुपद]]लाई संबोधन गरी भने – “बडा राजा नडराउ, तीमीलाई केहि गर्ने छैन । केटाकेटीमा हामी संगति थियौँ । तर तिमीले यो कुरा बिर्सेर मलाई अनादर गरेका थियौ । राजा मात्र राजाको साथी हुन सक्छ भनेका थियौ । अब तिम्रो राज्य जितेर म राजा भएको छु । अझ पनि तिम्रो मित्रता पाउन म खोज्द छु । त्यसैले मैले जितेर मेरो भै सकेको राज्यको आधा तिमिलाई दिन्छु । बराबरीमा मात्र मित्रता सम्भव छ भन्ने तिम्रो बिश्वास थियो । अब तिम्रो राज्यको आधा आधा भाग पाएर हामी दुबै जना बाराबरीका भएका छौँ । आफुलाई भएको अनादरको पुरा प्रतिकार भइ सक्यो भन्ने ठानी उनले द्रुपदलाई छाडि दियो र स सम्मान  गरे ।
 
द्रुपदको घमण्ड यसरी गि-यो । घाउ चोट निको हुन्छ तर अनादर भनेको कहिल्यै निको नहुने  भएकोले द्रोण उपरको शत्रुता र उनिउनी माथि रीस फेर्ने इच्छा द्रुपदको मनमा जीवन भर नै रहि रह्यो । राजाले द्रोणलाई मार्ने एउटा छोरा र [[अर्जुन]] सँग बिबाह गरी दिन एउटी छोरी बरदान दिन देबताहरुलाई खुशि पार्न यज्ञ, ब्रतहरु गरे । जस्को फल स्वरुप छोरा दृष्टद्युम्न र छोरी [[द्रौपदी]] पाए । उनका प्रयास सफल भए ।
 
== बिरगती  ==
"https://ne.wikipedia.org/wiki/द्रोणाचार्य" बाट अनुप्रेषित