"टाइफाइड" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा बोट: स्वचालित पाठ परिवर्तन (-प्रतिसत +प्रतिशत)
 
पङ्क्ति २०:
टाइफाइडको प्रमुख कारण साल्मोनोला टाइफी नामको ब्याक्टेरियम हो। साल्मोनोला टाइफीलाई कतै कतै साल्मोनोला इन्टेरिका सेरोटाइप टाइफी पनि भनिन्छ। यो ब्याक्टेरियम मानिसको आन्द्रा तथा रगतमा बसेर बढ्ने गर्दछ।<ref name=CDC2013/><ref name=CDC2013Tech>{{cite web|title=Typhoid Fever|url=http://www.cdc.gov/nczved/divisions/dfbmd/diseases/typhoid_fever/technical.html|website=cdc.gov|accessdate=28 March 2015|date=May 14, 2013}}</ref> टाइफाइड सामान्यतया रोगीको दिसाबाट प्रदुषित खाना तथा पानीको माध्यमबाट सर्ने गर्दछ।<ref name=WHO2008>{{cite journal|title=Typhoid vaccines: WHO position paper.|journal=Wkly Epidemiol Rec.|date=Feb 8, 2008|volume=83|issue=6|pages=49–59|pmid=18260212|url=http://www.who.int/wer/2008/wer8306.pdf?ua=1}}</ref> व्यक्तिगत तथा वातावरणीय सरसफाइको अभावसँगै यसको सङ्क्रमणको जोखिम बढ्ने गर्दछ।<ref name=Lancet2015/> विकासोन्मुख देशहरूमा भ्रमणका लागि जाने मानिसहरू पनि टाइफाइडको जोखिममा हुन्छन्।<ref name=CDC2013Tech/> यो रोग मानिसबाहेक अन्य जनावरमा लाग्दैन।<ref name=WHO2008/> टाइफाइडको पहिचानको लागि ब्याक्टेरियालाई प्रयोगशालामा कल्चर गर्ने वा रगत, दिसा वा हाडमांसीमा ब्याक्टेरियाको डिएनए पहिचान गर्ने गरिन्छ।<ref name=Lancet2015/><ref name=CDC2013/><ref name=Crump2010>{{cite journal|last1=Crump|first1=JA|last2=Mintz|first2=ED|title=Global trends in typhoid and paratyphoid Fever.|journal=Clinical Infectious Diseases|date=15 January 2010|volume=50|issue=2|pages=241–6|pmid=20014951|doi=10.1086/649541}}</ref> यो ब्याक्टेरियम कल्चर गर्न गाह्रो हुन सक्छ<ref name=Hunter2013>{{cite book|author1=Alan J. Magill|title=Hunter's tropical medicine and emerging infectious diseases|date=2013|publisher=Saunders/Elsevier|location=London|isbn=9781455740437|pages=568–572|edition=9th|url=https://books.google.ca/books?id=x15umovaD08C&pg=PA568}}</ref> भने हाडमांसीमा गरिने परीक्षण सबैभन्दा सही नतिजा निकाल्ने हुन्छ।<ref name=Crump2010/> यसका लक्षणहरू अन्य धेरै सङ्क्रामक रोगहरूका लक्षणहरूसँग मिल्ने खालका हुन्छन्।<ref name=CDC2013Tech/> नाम सुन्दा उस्तै लागे पनि टाइफस अर्कै प्रकारको रोग हो।<ref>{{cite journal |author=Cunha BA |title=Osler on typhoid fever: differentiating typhoid from typhus and malaria |journal=Infect. Dis. Clin. North Am. |volume=18 |issue=1 |pages=111–25 |date=March 2004 |pmid=15081508 |doi=10.1016/S0891-5520(03)00094-1}}</ref>
 
टाइफाइडविरुद्धको खोप लगाएर दुई वर्षसम्म ३० देखि ७० प्रतिसतप्रतिशत रोग लाग्नबाट बचाउन सकिन्छ। यो खोपको केही प्रभावकारीता सात वर्षसम्म रहन्छ। टाइफाइडको उच्च जोखिममा रहेकाहरू वा प्रकोप रहेका स्थानहरूमा भ्रमणका लागि जानुभन्दा पहिला यो खोप लगाउन सुझाव दिइन्छ। यो रोगबाट बच्न सफा खानेपानीको व्यवस्था, सरसफाइ र साबुन पानीले राम्रोसँग हातधुने जस्ता कुराहरूमा ध्यान दिनु जरुरी हुन्छ। यदि कसैलाई टाइफाइड लागेको छ भने उसको सङ्क्रमण हटेको स्पष्ट रूपमा प्रमाणित नभइञ्जेलसम्म उसलाई अन्य मानिसको लागि खाना तयार पार्ने काम दिनु हुँदैन। यो रोगको उपचारका लागि अजिथ्रोमाइसिन, फ्लुरोक्विनोलोन वा तेस्रो पुस्ताको सेफालोस्पिरिन जस्ता एन्टिबायोटिक औषधिहरूको प्रयोग गरिन्छ। अहिले सन्सारभर टाइफाइडको कीटाणुमा एन्टिबायोटिक औषधिप्रति प्रतिरोध क्षमता विकसित भएको पाइएको छ। यसले टाइफाइडको उपचारलाई झनै अप्ठेरो बनाएको छ।
 
सन् २०१३ मा विश्वभर करीब १ करोड १० लाख टाइफाइडका रोगी दर्ता गरिएको थियो। यो रोग सबैभन्दा बढी भारतमा लाग्ने र यसबाट सबैभन्दा बढी बालबालिकाहरू प्रभावित हुने गरेको पाइन्छ। विकसित देशहरूमा सरसफाइमा सुधार तथा रोगको उपचारमा एन्टिबायोटिक औषधिहरूको प्रयोग गर्न थालेपछि सन् १९४० को दशकदेखि नै यो रोग लाग्ने दर घटेको थियो। संयुक्त राज्य अमेरिकामा प्रत्येक वर्ष करीब ४०० जना टाइफाइडका रोगी दर्ता गरिन्छ भने करीब ६ हजार जनालाई यो रोग लाग्ने गरेको अनुमान गरिन्छ। सन् २०१३ मा टाइफाइडका कारण विश्वभर करीब १ लाख ६१ हजार मानिसको मृत्यु भएको थियो। यो सङ्ख्या सन् १९९० को. भन्दा करीब २० हजारले कम हो। टाइफाइडको उपचार गरिएन भने करीब २५% रोगीहरूको मृत्यु हुन सक्छ भने उपचार गरिएमा मृत्युदर १ देखि ४ प्रतिसतमाप्रतिशतमा झर्छ। अङ्ग्रेजीमा टाइफाइड शब्दको अर्थ 'टाइफस जस्तै लाग्ने' भन्ने हुन्छ। यो रोग लागेको बेलामा टाइफस रोगको लक्षणहरू जस्तै लक्षणहरू देखा पर्ने भएकोले यसलाई टाइफाइड नामाकरण गरिएको हो। धन्यबाद
 
==सन्दर्भ सामग्रीहरू ==
"https://ne.wikipedia.org/wiki/टाइफाइड" बाट अनुप्रेषित