"मोहम्मद अली जिनाह" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (-परिक्षा +परीक्षा) |
|||
पङ्क्ति ४१:
जिन्ना, मिठीबाई र जिन्नाभाई पुंजाको सात सन्तानहरूमा सबभन्दा जेठा थिए। उनको पिता जिन्नाभाई एक सम्पन्न गुजराती व्यापारी थिए, तर जिन्नाको जन्मको अगाडि उनीहरू काठियावाड छोडेर सिन्धमा गएर बसे। केही सूत्रहरूको मुताबिक, जिन्नाको पूर्वज [[हिंदू|हिन्दू]] राजपूत थिए, जसले इस्लाम धर्म कबूल गरे।
जिन्नाको [[मातृभाषा]] गुजराती थियो, पछी उनले कच्छी, सिन्घी र अङ्ग्रेजी भाषा सिके। काठियावाड बाट मुस्लिम बहुल सिन्धमा बसे पछी जिन्ना र उनको भाई बहिनीहरूको मुस्लिम नामकरण भयो। जिन्नाको शिक्षा विभिन्न स्कूलहरूमा भएको थियो। शुरू-शुरूमा उनी कराचीको सिन्ध मदरसा-ऊल-इस्लाममा पढे। केही समयको लागी गोकुलदास तेज प्राथमिक विद्यालय, बम्बईमा पनि पढे, फेरी क्रिश्चियन मिशनरी स्कूल कराची गए। अन्ततोगत्वा उनले बम्बई विश्वविद्यालय बाट नै प्रबेशिका
प्रबेशिका
ब्रिटेन प्रवासको अन्तिम दिनहरूमा उनको पिताको व्यवसाय चौपट भयो र जिन्ना माथि परिवार संभाल्न दबाव पर्न थालो। उनी बम्बई आए र धेरै कम समयमा नामी वकील बने। उनको योग्यताले [[बाल गंगाधर तिलक]] लाई धेरै प्रभावित गर्यो र उनले १९०५ मा आफ्नो बिरुद्द लागेको राजद्रोहको मुद्दाको सुनवाईको लागी जिन्नालाई नै आफ्नो वकील बनाए। जिन्नाले अदालतमा यो तर्क दिए कि यदी भारतीय स्वशासन र स्वतन्त्रताको माँग गर्दछन भने यो राजद्रोह बिल्कुल होइन, यसको बावजूद तिलकलाई सश्रम कारावासको सजा दिईयो।
|