"सरस्वती राई" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे जाँच्दै, replaced: । → । (14) स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ५:
सरस्वती राईका बुवा बृटिश शासित [[भारतीय सेना]]मा कार्यरत थिए। बुबा जयराज र आमा रत्नकुमारी कुलुङ राईको सन्तानका रूपमा आसामाको लोकरा भन्ने ठाउँमा उनको जन्म भएको हो। उनको बिहे पनि भारतीय सेनामै काम गर्ने भोजपुरका आफूभन्दा २२ वर्ष जेठा नरबहादुर थुलुङ राईकी दोस्री पत्नीका रूपमा भएको हो।
 
[[दोस्रो विश्व युद्ध|दोस्रो विश्वयुद्ध]]को समयमा नेपाल फर्केर सर्बप्रथम शैक्षिक जागरण ल्याउने काम गरिन्। त्यसक्रममा २००७ सालमा उनले इलाम बजारमा घरघरबाट बालिकाहरू बटुलेर तिनलाई पढाउने काम थालिन्। उनले असामको कोइमाबाट कक्षा ६ उत्तीर्ण गरेकी थिइँन्। २००८मा इलाम मै त्यहाँका केही व्यक्तिको सहयोगमा सरस्वती कन्या पाठशालाका रूपमा विकास गर्न उनी सफल भइन्। त्यसै विद्यालयमा पढाउनुका साथै आफ्नै विद्यार्थीसँगै पढेर २०१२मा उनले एसएलसी उत्तीर्ण गरिन्।
 
शिक्षा, महिला अधिकारको रक्षा तथा सामाजिक भेदभाव बिरुद्धमा लड्दा उनले धेरैबाट सम्मान पाएकी छिन्। त्यसैले त उनी 'मेजर्नी गुरुआमा', 'मेचीकी दिदी', 'सरस्वती दिदी', 'सरस्वती गुरुआमा', 'इलाममा महिला जागरणकी अग्रज' आदि सम्मानसूचक विशेषणबाट परिचित छन्।
"https://ne.wikipedia.org/wiki/सरस्वती_राई" बाट अनुप्रेषित