"विकिपिडिया:चौतारी (नीति)" का संशोधनहरू बिचको अन्तर

थप
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ९७:
 
यस विवादको मुख्य विषय सायद यही नै हो। मैले स्रोतको रूपमा हेर्ने भनेको अङ्ग्रेजी भाषालाई हो तर जहाँसम्म मैले थाहा पाएको छु। अङ्ग्रेजी बोलिने ठाउँहरूको (युके, अमेरिका, अस्ट्रेलिया, आदि) शीर्षक मात्र अङ्ग्रेजीमा उच्चारित हुन्छ। स्पेनी, स्विस र युरोप महादेशमा पर्ने देशहरूका भाषाहरू देश अनुसार फरक छ। तसर्थ एउटै लेखिएको लिपीमा पनि फरक भाषामा फरक उच्चारण आउँछ र हामी हामीलाई सजिलो होस् भनेर सबै शीर्षकहरूमा अङ्ग्रेजीको उच्चारण राख्न सक्दैनौँ किनभने भाषा अनुसारको उच्चारणनै मानक हुन्। हामी अरु भाषा जान्दैनौँ त्यसैले हाम्री कुनै नयाँ नाम देख्ने वित्तिकै अङ्ग्रेजीमै उच्चारण गर्न खोज्छौँ तर सही शीर्षक त्यो उच्चारण भन्दा निकै फरक हुन्छ। त्यसैले पहिनेदेखिनै चलिआएका शीर्षकहरू बाहेक नयाँ शीर्षकहरूका लागि म मूल IPA मा समर्थन गर्छु।- [[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) ११:१५, २३ जुलाई २०२० (नेपाली समय)
 
* नेपाली वृहत् शब्दकोशको कुरा गर्ने हो भने त्यहाँ यस्ता कयौँ विषयहरू छन् जसलाई हामी अहिलेसम्म विकिपिडियामा ल्याउन सकिरहेका छैनौं। कुनै पनि विषयमा लेख बनाइनु भन्दा पहिला सधैं सबैभन्दा पहिला नेपाली वृहत् शब्दकोशमा शीर्षक छ कि छैन थाहन पाउन पर्छ जसले गर्दा सही शीर्षक विकिपिडियामा आउन सक्छ। लेख सम्बन्धित नीतिमा नेपाली वृहत् शब्दकोशमा उल्लेख गरिएको विषयलाईनै आधार बनाएर अघि बढ्नु पर्छ त्यसैले म नेपाली वृहत् शब्दकोश अनुसार जान्छु र यसको समर्थन गर्छु। नेपाली सञ्चार माध्यमहरूले पहिलेदेखिनै छाप्दै आएका तथा हाम्रो पाठ्यपुस्तकमा लेखिएका विदेशी शीर्षकहरू गलतनै भएपनि खासै परिवर्तन भएको पाइँदैन। त्यसैले म चलनचल्तीमा रहेकन विषयहरूलाई यथावत राख्न पर्छ भन्नेमा समर्थन गर्छु हालसालै देखि वेबसाइटमा छापिएका तथा पाठ्यपुस्तकमा नभएका विषयहरूमा भने सही यही हो भनेर भन्न चाँही सकिँदैन किनभने सरोज जीले भनेको जस्तै एउटै मान्छेको विभिन्न वेबसाइटहरूमा फरकफरक नामहरू मैले पनि भेटाएको छु र त्यसलाई समाधान गर्न मूल आइपिएकै सहयोग चाहिन्छ। नेपालका थुप्रै वेबसाइटहरू यस्ता छन् जसले समाजिक सञ्जालहरूमा (मुख्यतया फेसबुक र ट्विटर) नीलो सही छापा प्राप्त गरेका छन् जसको मतलब ती सबै वेबसाइटहरू नेपालका आधिकारिक वेबसाइट हुन् जस्ते: अनलाइन खबर, बिबिसी नेपाली, रातो पाटी, सेतो पाटी, कान्तिपुर, उज्यालो अनलाइन, अन्नपूर्ण पोष्ट, थाहा खबर, नागरिक न्युज आदि लगभग २० भन्दा बढी छन् भने ती वेबसाइटहरू नेपालमा खुबै प्रयोग गरिएका वेबसाइटहरू मध्ये पनि पर्दछन्। तर सबै वेबसाइटहरूले नीलो सही छाप प्राप्त गरिसकेपछि ती वेबसाइटहरू बीचको तालमेल निकै खराब छ भने सबै अरू भन्दा उत्कृष्ट हुन चाहन्छन् जसले गर्दा एउटै मान्छेको लेखमा पनि सबै वेबसाइटहरू आआफ्नो तरिकाले शीर्षक चयन गरिरहेको उदाहरण यहाँ प्रशस्तै छन्। त्यसैले कुनैपनि नयाँ शीर्षक बनाउँदा वेबसाइटअरूमा भर पर्न सकिने अवस्था छैन। मूल आइपिए अनुसार जने कि आधिकारिक आइपिएसँग जाने भन्ने विषय माथि पहिला पनि छलफल भएको थियो तर मुख्य समस्याको समाधान नभएसम्म यो विषय सधैं भरि चर्चाको विषय बन्न सक्छ। मैले हिमाल जीले बनाउनु भएको दाभी लुइस् नामक एब फुटबल खेलाडीको नाम डेभिड लुइसमा सारेको थिएँ तर त्यसको केही दिन पछि फेरी पर्वत जीले त्यसलाई दाभी लुइसमा सार्नु भएको थियो जुन मलाई अचम्म लागेको विषय थियो। हामी David लाई डेभिडनै पढ्छौं तर यहाँ दाभी बनाइएको छ। यही विषयमा हिमाल जीले मलाई केही दिन अघि सम्पर्क गरि यस्तो किन भने र कसरी शीर्षक परिवर्तन भयो भन्ने कुराको प्रमाण सहित स्पष्टीकरण दिनुभएको थियो, वास्तवमा भन्नु पर्दा म एक भ्रममा रहेछु। हामी हर कुनै विषयलाई पनि अङ्ग्रेजीसँग जोडेर उच्चारण गर्ने प्रयास गर्छौं चाहे ती विषयहरू हामीले पहिलोपटक देखेकानै किन नहुन्। मलाई अरु भाषाको ज्ञान छैन अङ्ग्रेजी बाहेक त्यसैले मैले उक्त फुटबल खेलाडीको नाम अङ्ग्रेजी अनुसार त सही शीर्षकमा सारेको थिएँ तर उनी ब्राजिलका हुन् जहाँको भाषा अङ्ग्रेजी हैन। हामी नयाँ हुन् वा पुराना सबैलाई अङ्ग्रेजी अनुसार पढ्न बाध्य छौं किनभने यहाँ अङ्ग्रेजी पढाइ हुन्छ र खासगरि अरू भाषाहरू पनि अङ्ग्रेजी भाषामा प्रयोग हुने लिपीमा लेखिन्छ जसले म मात्र हैन थुप्रै मान्छेहरू अहिलेसम्म पनि भ्रमित छन्, नेपाली सञ्चार माध्यमहरू पनि। हामी आधिकारिक आइपिएलाई मान्यता दिएर यो लेख विवाद मात्र टुङ्गाउन खोजी रहेका छैनौं यो त सबैलाई एउटा मार्गदर्शन पनि हो। नेपाली सञ्चार माध्यमका लेखकहरू पनि हामी जस्तै हुन् उनीहरूले विकिपिडियालाई पनि स्रोतको रूपमा लिन सक्छन् भने हाम्रोमै गलत शीर्षक छ भने सबैमा नकारात्मक असर पर्न जान्छ। हामी जुन तरिकाले पढिरहेका छौं त्यो तरिका मात्र अङ्ग्रेजीमा लागु हुन्छ न कि संसारका सबै भाषामा। अब यो यथास्थितिवादी सोचलाई हटाएर नयाँ सोचका साथ अगाडि बढ्नु पर्छ जसका लागि सही शीर्षकको छनोट हुनु अपरिहार्य छ। आधिकारिक आइपिएलाई मान्यता दिएर अगाडि बढियो भने यस्ता शीर्षक सम्बन्धित विवादहरू भविष्यमा उनैदिन पनि आउन सक्दैन तर अङ्ग्रेजी अनुसार तय गरिएका शीर्षकहरूमा धेरै जनाले आवाज उठाउँछ् त्योपनि ठोस सबुतहरूको साथ। त्यसैले आधिकारिक आइपिए लागु पर्नुको कुनैपनि नकारात्मक असर त हुँदै हुँदै भने यसले भविष्यमा भाषा सुधारका लागि सबैमा राम्रो मार्गदर्शन पनि गर्न सक्छ। त्यसैले आधिकारिक आइपिएलाई मान्यता दिनु पर्छ।-[[User:Bhupendra Shrestha|Bhupendra Shrestha]] ([[User talk:Bhupendra Shrestha|कुरा गर्ने]]) १३:१३, २६ जुलाई २०२० (नेपाली समय)