"वैशाख" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ४:
वैसाख महिनामा [[नेपाल]] तथा [[भारत]]का मान्छेहरूले निम्न चाडपर्वहरू मनाउने गर्दछन्।
#वैसाख महिनाको पहिलो दिन [[नयाँ वर्ष|नववर्ष]]को आरम्भमा [[भक्तपुर जिल्ला|भक्तपुर]]मा [[बिस्केटजात्रा]] मनाइन्छ। यसै दिनमा [[वाग्द्वार]], [[विष्णुनाभी]] टोखा, [[सपनतीर्थ]], त्रिवेणी यी ३ ठाउँमा स्नान र [[चण्डेश्वरी पीठ]] दर्शन गर्नाले विभिन्न रोगहरू नासिन्छ भन्ने गरिन्छ। पश्चिम [[नेपाल]]को [[मध्य-पश्चिमाञ्चल विकास क्षेत्र|मध्य]] तथा [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र|सुदूर पश्चिम]]मा यो दिन [[बिसु पर्व|विशु]] अथवा विखती मनाइन्छ। विशुको अवसरमा विभिन्न ठाउँहरूमा [[गल्लौडी|गल्लौडी जात्रा]] लाग्दछ। [[भारत]]मा यस दिनलाई "बैसाखी" अथवा "मेष सक्रांती" भनिन्छ। यस दिनमा स्नान दानको ठुलो महत्व मानिन्छ। [[हरिद्वार]], [[ऋषिकेश]], [[इलाहवाद]] जस्ता विभिन्न तिर्थस्लहरूमा भक्तजनहरूको ठुलो घुइँचो लाग्ने गर्दछ।
#वैसाख कृष्ण [[आमावस्या]]लाई [[माता तीर्थ औंशी]] भनिन्छ। यस दिन आमा नहुनेले स्नान आदी गरी जो सकेको दान गर्नाले पुण्य मिल्दछ भन्ने गरिन्छ त्यसै दिन [[काठमाडौँ|काठमाडौं]]को [[मातातीर्थ]]मा स्नान श्राद्ध गर्नेको मेला लाग्दछ। तर आमा हुनेले जो सकेको उपहार र मेवा मिष्ठान्न चढाएर आमालाई सम्मान गर्ने प्रचलन छ।
#वैसाख शुक्ल [[तृतिया]]मा पर्ने [[अक्षय तृतिया]]मा भुटेको [[जौ]]को पिठो अथवा सातु, [[चिनियाँ (स्पष्टता)|चीनी]] या सख्खर मिलायको पानी वा सर्वत माटोको भाँडो, [[अंखोरा]], गाग्री, गिलास जे सकिन्छ त्यसमा राखेर दान गर्नाले देवताहरू खुशी हुन्छन् र अक्षय पुण्य मिल्दछ भन्ने धारणा रहँदै आएको छ।
#वैशाख [[शुक्ल पक्ष|शुक्ल]] [[सप्तमी]]लाई [[गङ्गा नदी|गंगाजी]]को जन्म दिन मानिन्छ। यस दिन आफुलाई पाएक पर्ने नदीमा स्नान गरेमा पुण्य प्राप्त भएर सुखी भईन्छ भन्ने धारणा रहेको छ।
#वैशाख शुक्ल [[पूर्णिमा|पुर्णिमा]]को दिन [[गौतम बुद्ध|भगवान बुद्ध]]को जन्म दिन [[बुद्ध पूर्णिमा|बुद्ध पुर्णिमा]] पर्दछ। यो दिन विश्व भरीका [[बुद्ध धर्म|बौद्ध मार्गीहरू]]ले महान चाडको रुपमा मनाउछन्। गौतम बुद्धको जन्मस्थल [[लुम्बिनी]]मा यस दिन भव्य मेला लाग्दछ।
"https://ne.wikipedia.org/wiki/वैशाख" बाट अनुप्रेषित