"कुमाऊँ मण्डल" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ५:
;प्राचीन इतिहास:
कुमाउँमाथि शासन गर्ने प्रथम शासक कुनिन्दहरू थिए उनिहरूले ५०० बि०सी०इ० देखि ६०० बि सी० इ० (५०० BCE to CE ६००) सम्म कुमाउँमाथि शासन गरे । ७औं शताब्दी देखि ११औं शताब्दीसम्म यस राज्यमाथि [[कत्युरी राजवंश|कत्युरी]]हरू शासन गरे र एक पहाडको शिखरमाथि पुर्वतिर ढोका राखेर ९०० वर्ष पुरानो कतारमलको सूर्य मन्दिरको निर्माण गरे । कार्तिकेयपुरा आधुनिक [[बागेश्वर जिल्ला|बागेश्वर]] जिल्लाको बैजनाथलाई आफ्नो राजधानी बनाए र गोमती उपत्यका “[[कत्युर उपत्यका]]”को नामले जानिन थाल्यो ।
१० औं शताब्दीमा कुनै बेला यहाँ सोम चन्द द्वारा [[चन्द]] राज्यको स्थापना गरिएको थियो जुन [[इलाहावाद|इलाहाबाद]] नजीक कन्नोजबाट आएको थिए र यहाँ आयेपछि कत्युरी राज्यलाई यहाँबाट हटाएका थिए । उनीहरू आफ्नो यस राज्यलाई कुर्माञ्चल भन्ने गर्थे र यस राज्यको राजधानी काली कुमाउँको चम्पावतमा स्थापित गरे । ११ र १२ औं शताब्दीको बेला यस्को राजधानीमा बालेश्वर र नागनाथ मन्दिरको निर्माण गरियो।
१३ देखि १८औं शताब्दीसम्म कुमाउँमाथि चन्द राजाहरूको शासन चल्न थाल्यो जो भारतको तराईबाट आयेका थिए, यस समय यहाँ चित्रकलाको शिक्षा र नया स्वरूप (पहाडि कलाविद्यालय)को विकास भयो।
१५९१ देखि १६११ सम्म कुमाउँले [[गढवाल|गढवाल अधिराज्य]]माथि सात पल्ट आक्रमण गर्यो। अन्तमा गढवालको राजा मान शाहले कुमाउँको राजा लक्ष्मी चन्दद्वारा गरिएको सातै आक्रमणलाई एक एक गरि विफल पार्दै सातै युद्धमा हराएर उस्को राजधानीलाई आफ्नो आधिन पारे । त्यस पछि लामाखेत (पिथौडागढ)को महेन्द्र चन्द कुमाउँको राजा भए, महेन्द्र चन्दले गीता चंदसँग बिवाह गरे र तीनवटा सन्तान प्राप्त गरे, अकांक्षा चंद, मल्लिका चंद र आर्यन चंद।
"https://ne.wikipedia.org/wiki/कुमाऊँ_मण्डल" बाट अनुप्रेषित