"कृष्णप्रसाद भट्टराई" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २७:
|birth_date = वि.सं. १९८१ पौष ०८ गते कृष्ण द्वादशी<br>{{birth date|1924|12|13|df=y}}
|death_date = २०६७ फागुन २० गते <br> {{death date and age|2011|3|4|1924|12|13|df=y}}
|death_place = [[काठमाडौँ|काठमाडौं]], [[नेपाल अधिराज्य|नेपाल]]
|party = [[नेपाली कांग्रेस|नेपाली काँग्रेस]]
}}
पङ्क्ति ४६:
बनारसमा जन्मेका कृष्णप्रसादको शिक्षा पनि बनारसमा नै भएको थियो। यिनले काशी हिन्दू विश्वविद्यालयबाट राजनीतिशास्त्रमा [[कला स्नातक|बि.ए.]] सम्मको अध्ययन पूरा गरेका थिए। सोही विषयमा एम.ए. तहको अध्ययन पनि गरिसकेका भट्टराई भारतीय स्वतन्त्रता सँग्राममा सहभागी भएका कारण पक्राऊ परेकाले सो तहको परीक्षा दिनबाट बञ्चित भएकाकाले यिनको एम. ए. तहको अध्ययन पूरा हुन सकेन। <ref>कान्तिपुर दैनिक</ref>
 
कृष्णप्रसाद भट्टराई युवावस्थामा पत्रकार थिए। साथै उनी [[सोभियत सङ्घ|सोभियत संघ]] को [[कम्युनिष्ट पार्टि]] (Communist Party of the Soviet Union) कि महासचिव [[निकिता ख्रुश्चेभ]] (Nikita Khrushchev) को अन्तर्बार्ता लिने प्रथम विदेशी पत्रकार थिए।
 
==राजनीतिक जीवन==
पङ्क्ति ५७:
नेपालको १०४ वर्ष लामो निरङ्कुश [[राणा शासन]] समाप्त पारेर संवैधानिक राजतन्त्रात्मक प्रजातन्त्र स्थापना गर्ने उद्देश्यले पहिलो पटक वि.सं. २००३ मा भारतको बनारसमा अखिल भारतीय नेपाली राष्ट्रिय काङ्ग्रेस नामक संस्था गठन भयो। देवीप्रसाद सापकोटाको सभापतित्वमा बनेको उक्त संस्थाका महामन्त्री रहेका भट्टराईले वि.सं. २००३ माघमा कलकत्तामा स्थापित नेपाली राष्ट्रिय कांग्रेसमा सँगठन मन्त्रीको पद सम्हालेका थिए।
 
नेपाली राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातन्त्र काङ्ग्रेस मिलेर वि.सं. २००६ चैतमा [[नेपाली कांग्रेस|नेपाली काङ्ग्रेस]] गठनपछि यिनी सहमहामन्त्रीको पदमा पुगे। यिनले २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर―उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरका रूपमा काम गरेका थिए। प्रजातन्त्र स्थापनापछि २००८ मा प्रथम पटक गठित सल्लाहकार सभाका अध्यक्ष भएका भट्टराईले २०१६ सालमा [[सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रतिनिधि सभा (नेपाल)|प्रतिनिधि सभा]]का सभामुखको पदको दायित्व वहन गरेका थिए। २०१५ निर्वाचनमा गोर्खाबाट निर्वाचनमा भाग लिँदा पनि उनी पराजित भएका थिए।
 
=== २०१७ देखि २०४६ ===