"कोशी टप्पु वन्यजन्तु आरक्ष" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: थप्दै {{कमन्सश्रेणी|Koshi Tappu Wildlife Reserve}}
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ५०:
 
==अर्नाको राजधानी र चराहरूको स्वर्ग==
[[बिराटनगरविराटनगर महानगरपालिका|विराटनगर]]बाट करिब ५० किमी उत्तर-पश्चिम र [[धरान उपमहानगरपालिका|धरान]]बाट करिब ४० किमी पश्चिम दक्षिणमा अवस्थित [[कोशी अञ्चल|कोशी]]को "टप्पु" कोशीटप्पु सिमसार भूमि र दलदले क्षेत्रका लागि विश्वमै प्रसिद्ध छ।
[[सिसौ]], [[खयर]] र [[सिमल]]का रूख र पोथ्रा-पोथ्रीहरूले भरिएको यो टप्पु [[सिमसार]] भूमि र दलदले क्षेत्र बाहेक चराको वासका रूपमा पनि लागि विश्वमै प्रसिद्ध छ। यहाँ ४२० प्रजातिका स्थायी चरा छन्, हरेक वर्ष साइबेरियाबाट हिमाल नाघेर अस्थायी चरा पनि केही महिनाका लागि डेरा खोज्दै आइपुग्छन। अर्ना त नेपालमा केवल यहीँ मात्र पाइन्छ। यसैले कोशीटप्पुलाई अर्नाको राजधानी, चराको स्वर्ग भनिन्छ।
 
पङ्क्ति ५९:
==पुग्ने कसरी?==
 
[[बिराटनगरविराटनगर महानगरपालिका|विराटनगर]]बाट करिब ५० किमी उत्तर-पश्चिम र [[धरान उपमहानगरपालिका|धरान]]बाट करिब ४० किलोमिटर पश्चिम दक्षिणमा अवस्थित कोशीटप्पुसम्म पुग्न यातायातका साधन सजिलै पाइन्छ। पूर्व-पश्चिम राजमार्गको लौकही नजीकैको जमुनाहबाट दुई किमी उत्तरमा रहेको आरक्षणको दक्षिणी भागबाटै सप्तकोशी नदी तटबन्ध काटेर बस्तीमा प्रवेश गरेकाले यो मार्ग अहिले छैन। हाल कोशीटप्पु पुग्न [[इटहरी उपमहानगरपालिका|इटहरी]] र [[इनरुवा]] बीचमा पर्ने झुम्का तथा धरानबाट [[चतराधाम|चतरा]] भएर जानुपर्ने हुन्छ।
 
'''कोशी टापु [[संरक्षित क्षेत्र]](संरक्षित वन क्षेत्र)''' १७५ बर्ग किमीमा फैलिएको एउटा [[वन्य-जीवन(wildlife)]] शरण क्षेत्र, सिमसार क्षेत्र हो जुन १९७६ मा स्थापित भयो जुन पूर्वी [[नेपाल]]मा स्थित छ। यहाँ महेन्द्र राजमार्गबाट भएर जान सकिन्छ। यस [[प्राकृतिक संरक्षण|संरक्षण क्षेत्र]]मा हाल पाँच [[हात्ती]]हरू छन र यो क्षेत्र एशियन पानीको जंगली भैँसी जसलाई [[अर्ना]] भनिन्छ, [[हरिण]], [[निलगाई|नीलगाई]], [[मगर जाति|मगर]], [[गंगा डल्फिन]] (Gangetic Dolphin), अन्य ४६० भन्दा धेरै जातिको चराचुरीहरूको बसो बास स्थल हो।
 
[[काठमाडौँ|काठमाडौं]]को [[त्रिभुवन विश्वविद्यालय]]मा सेंट्रल डिपार्टमेँट अफ जुलोजी ( Central Department of Zoology) द्वारा १९९७ देखि १९९८ मा एउटा संरक्षण अध्ययन (study of the reserve) शुरु गरिएको थियो त्यो अध्ययनमा पाईयो कि संरक्षण क्षेत्र नजीकै बस्ने बासिन्दा र संरक्षित वन्यजीव बीच जबरजस्त लडाई छ। त्याहाँ पाईयो कि त्याहाँको बासिन्दाहरूलाई फसलको नोक्सानी र पशुहरूको उत्पीडनको बन्नु पडि रहेको छ जबकि आरक्षित प्रबन्धकहरूसित अवैध शिकार, पशु चराई र संरक्षित क्षेत्रमा अन्य गतिविधिहरूको समस्या थियो।
 
अध्ययनपछि कतिपय सुझावहरू अध्ययनकर्ताहरूतिर बाट आयो जसमा एउटा सुझाव थियो- पर्यटनको विकास। उनिहरूको सुझाव थियो कि वाईल्डलाईफको प्रशिक्षकहरूद्वारा क्षेत्रीय मान्छेहरूलाई प्रशिक्षण दिएर गाईड बनाउनु र पर्यटनलाई विकाश दिनु। <ref>[http://www.nepjol.info/index.php/ON/article/viewPDFInterstitial/298/290 Park–people Conflict in Koshi Tappu Wildlife Reserve, 2003 PDF]</ref>