"शङ्कराचार्य" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ६:
|caption = ''छात्रहरूको बिचमा आदि शंकराचार्य''
|birth_date = ७८८ ई॰{{sfn|Sharma|1962|p=vi}}
|birth_place = [[कलाडी]], [[चेर साम्राज्य]]<br />वर्तमानमा [[केरला|केरल]], भारत
|birth_name = शंकर
|death_date = ८२० ई॰{{sfn|Sharma|1962|p=vi}} (उमेर ३२)
|nationality = [[भारतीय]]
|death_place = [[केदारनाथ]], [[पाल साम्राज्य]]<br />वर्तमानमा [[उत्तराखण्ड|उत्तराखंड]], भारत
|guru = [[गोविन्द भागवतपाद]]
|philosophy = [[अद्वैत वेदान्त]]
पङ्क्ति २७:
 
आचार्य शङ्करको जन्मको वास्तविक तिथिमितिको बारेमा अनेक विवाद छन् । हरेक अवतारी पुरुषको जन्म र मृत्यु दुवै दिव्य मानिन्छ । त्यसैले सुरुमा शङ्करको जन्म मितिको बारेमा खासै खोजी भएन । पछि गरिएका अनुसन्धानहरुबाट उनको जन्म वि.सं. ७४३ (सन् ६८६) बैशाख शुक्ल तृतीयाको मध्यान्ह कालमा विशिष्टादेवीको गर्भबाट दक्षिण भारतमा भएको जानकारी प्राप्त हुन्छ ।<ref>{{cite book|last1=तिवारी|first1=गोपालनिधि|title=जगद्गुरु श्रीआद्यशंकराचार्य|date=वि.सं.२०४५}}</ref> उनका पिता शिवगुरू नामपुद्रिको घरमा विवाहका धेरै वर्षसम्म जब कोही संतान भएनन् तब उनले आफ्नी पत्नी विशिष्टादेवीको साथ पुत्र प्राप्तिको कामनाले धेरै समयसम्म चंद्रमौली भगवान शंकरको कठोर आराधना गरे। अन्तमा प्रसन्न भएर भगवान शंकरले उनलाई सपनामा दर्शन दिए र भनें- ‘वर माँग।’ शिवगुरूले आफ्ना इष्टसित एउटा दीर्घायु सर्वज्ञ पुत्र माँगे। भगवान शंकरले भने- ‘बाबु, दीर्घायू पुत्र सर्वज्ञ हुँदैन र सर्वज्ञ पुत्र दीर्घायू हुँदैन। भन तिमी कस्तो पुत्र चाहन्छौ?’ तब धर्मप्राण शास्त्रसेवी शिवगुरूले सर्वज्ञ पुत्रको याचना गए। भगवान शिवले फेरि भने- ‘बाबु तिमीले सर्वज्ञ पुत्र पाउनेछौ। म आफैं तिम्रो पुत्रको रूपमा तिम्रो घरमा अवतार लिनेछु।
आठ वर्षमा संन्यास ग्रहण गरी [[व्यास]] परम्पराका आचार्य गौडपादको शिष्यत्वमा आफ्ना जीवनका २४ वर्ष निरन्तर हिन्दु धर्मका मूलतत्वको जानकारी दिंदै आधा एसिया भ्रमण गरेका आचार्यको मृत्यु ३२ वर्षको उमेरमा बदरीनाथ धाममा भएको मानिन्छ । मृत्यु अघि उनले भ्रमण गरेको महत्वपूर्ण तीर्थ नेपालको पशुपतिनाथ हो । त्यसैले [[पशुपतिनाथ (स्पष्टता)|पशुपतिनाथ]] हिन्दुहरुका लागि महत्वपूर्ण तीर्थस्थल रहीआएको छ ।
 
==भिक्षाको शिक्षा==
पङ्क्ति ५२:
 
==पशुपतिनाथमा==
आफ्ना शिष्यहरुका साथ बङ्गाल देशका विभिन्न मन्दिर र तीर्थस्थलहरु को दर्शन गर्न व्यस्त रहेका शङ्करलाई कुनै शिष्यले के खबर ल्यायो भने नेपालको पवित्र मन्दिर [[पशुपतिनाथ (स्पष्टता)|पशुपतिनाथ]]को पूजा अर्चना गर्न त्यहांका मानिसहरु ले छोडे । बौद्ध प्रभावकाकारण हिन्दु देवताको पूर्णतया अवहेलना भइरहेको छ । विरुद्ध मतावलम्बीहरु ले रक्सी मासु इत्यादि अपवित्र वस्तुहरु मन्दिर भित्र फालेर मन्दिरलाई भ्रष्ट बनाइरहेका छन् । वर्णाश्रम धर्म त्यहां लोप भएको छ र ब्राह्मणहरु ले दयनीय जीवन बिताइ रहेका छन् । त्यहांका राजा पनि केही गर्न नसकी निष्क्रिय बसेका छन्।
यस्ता कुराहरु सुनेर आचार्यका शिष्यहरु लाई पीर पर्यो । उनीहरुले आचार्यलाई नेपालमा जान अनुरोध गर्न थाले। सबैले बारम्बार अनुरोध गरे पछि यसलाई दैव इच्छा भन्ठानेर आचार्य नेपाल तर्फ प्रस्थान गरे । शंकराचार्य नेपाल आउंदा उनको उमेर २८–३० वर्ष थियो । सन् ७०३ मा उनी नेपाल आउंदा संभवतः यहां लिच्छवी राजा शिवदेवले शासन गरेका थिए । यस विषयमा इतिहासकारहरुमा केही मतभेद पाइन्छ । किनभने आचार्य शङ्करलाई कुनै राजशक्तिको आधार थिएन अन्यथा उनको बारेमा तत्कालीन राजाका तर्फबाट इतिहासमा अवश्य अंकित गरिन्थ्यो । उनी जनमानसका आचार्य थिए र आज पनि जनजनमा उनको कामको गहिरो छाप परेको छ ।
 
पङ्क्ति ६०:
 
==आचार्य शङ्कर रचित ग्रन्थहरु==
आचार्य शङ्करको नामबाट २२ वटा भाष्य ग्रन्थ, ५४ वटा उपदेश र प्रकरण ग्रन्थ तथा ७५ वटा स्तोत्रहरू छन् । शारीरक भाष्य भने सार्वधिक महत्त्वपूर्ण कृति हो । [[श्रीमद्भगवद गीता|श्रीमदभगवद्गीता]]को शाङ्कर भाष्य आजसम्मकै गीता ग्रन्थको व्याख्याका लागि आधार मानिन्छ । कसैकसैले सम्पूर्ण रचना शंकराचार्यको होइन भनेर शंका उठाएका छन् । केही रचनाहरू प्रक्षिप्त गरिएको बताउने विद्वानहरू पनि छन् । स्वामी विवेकानन्दले भने आचार्य शङ्करलाई आजसम्मको सर्वाधिक उर्वर मस्तिष्क भनी व्याख्या गरेका छन् । उनले अमेरिकामा रहंदा अद्वैत दर्शनको व्याख्या सुन्न त्यहांका वैज्ञानिकहरु घन्टौं ध्यान पूर्वक बसेको विवरण पनि उल्लेख गरेका छन्, यो कुरा विवेकानन्द साहित्यमा पत्रावली मा उल्लेख गरिएको छ ।<ref>अपूर्वानन्द,अनु. बाबु राम ज्ञवाली,शङ्कराचार्यको जीवनी, वि.सं.२०७१, विद्यार्थी पुस्तक भण्डार, काठमाडौं, ISBN 978-99946-1-,पृ. १७०</ref>
 
==अन्तिम उपदेश==
पङ्क्ति ६७:
==उपसंहार==
 
हिन्दु धर्म [[वेद]]बाट उत्पत्ति भएको छ भन्ने कुरा त्यस बखत हिन्दुहरुले बिर्सिसकेका थिए । यस्तोमा निरन्तर, नथाकीकन एसियाका सम्पूर्ण स–साना देश र राज्यहरु घुमेर हिन्दु धर्मका स–साना शाखाहरु वेदरुपी विशाल वृक्षका अंगहरु हुन् भन्ने कुरा उनले प्रमाणित गरे । सबै मतवादहरु सनातन महाधर्मबाट उत्पत्ति भएका हुन् भन्ने कुरा उनले प्रतिष्ठित गरे । आचार्य शङ्करसग त्यसबेला हिन्दु धर्मबाट उत्पत्ति भएका ७५ ससाना मतावलम्बीका प्रमुखहरुसंग शास्त्रार्थ भएको थियो । जैन र बौद्ध मतावलम्बीहरुलाई पनि समावेश गर्दा उनले लगभग ८० मतावलम्बीहरुसंग विभिन्न स्थानमा शास्त्रार्थ गरेका थिए । यी सबै मत वेदमूलक हुन् भनेर परिश्रमपूर्वक उनले सबैको चित्त बुझाई एक विराट वैदिक धर्मको रचना गरे । उनको प्रयासले गर्दा नै हिन्दु, [[बुद्ध धर्म|बौद्ध]], [[जैन]] आदि सबै मत सम्प्रदायहरु विशाल सनातन वैदिक वृक्षका शाखाहरु भन्ने कुरा उनले प्रमाणित भयोे । शङ्करको आविर्भाव र तिरोभाव १३०० वर्ष अघिक) घटनाहरू हुन् तर उनको जीवनी र वाणीले आज सम्म पनि हिन्दु धर्मको गति नियन्त्रित र नियमित भइ रहेको छ । त्यसैले उनलाई भगवान शङ्करको अवतार मानिन्छ । उनले गरेका धर्मोपदेश र मोक्ष प्राप्तिको अवधारणाको आधारमा उनलाई प्रच्छन्न बुद्ध पनि भनिन्छ । आचार्यले बुद्धलाई [[विष्णु]]को नवौं अवतारको रुपमा ग्रहण गरेका थिए । उनको योगदान कारणले नै आज समस्त हिन्दुहरु बौद्ध, जैन आदि ॐकार परिवारका सम्प्रदायलाई आफुले मानिआएको सम्प्रदाय सरह श्रद्धा र आदर गर्छन् ।
 
==आचार्य शङ्करको वाणी==
"https://ne.wikipedia.org/wiki/शङ्कराचार्य" बाट अनुप्रेषित