"सन् २०२० ट्विटर बिटकोइन घोटाला" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
→‎घटना: नयाँ लेख
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
(कुनै भिन्नता छैन)

१३:३६, २३ जुलाई २०२० जस्तै गरी पुनरावलोकन

१५ जुलाई २०२०, २०:०० र २२:०० बिच (अन्तर्राष्ट्रिय प्रमाणिक समय बीच), लाखौँ अनुयायी भएका प्रत्येक ट्विटर खाताहरूलाई बिटकोइन घोटालालाई प्रबर्द्धन गर्नका लागि साइबर आक्रमण गरिएको थियो। पठाइएको पैसा दोब्बर र फिर्ता हुने वचनको साथ घोटालाले व्यक्तिको बिटकोइन मुद्रालाई एक विशिष्ट गुप्तिकृत मुद्रा थौली (अनुवादित शीर्षक) नामक उपकरणमा पठाउन भनेको थियो।

समाचार स्रोतहरूका अनुसार, अपराधीहरूले ट्विटरको प्रशासनिक उपकरणहरूमा पहुँच प्राप्त गरेका थिए जसले गर्दा उनीहरू आफैँ खाताहरू परिवर्तन गर्न वा सीधा टुइट सार्वजनिक गर्न सक्दथे। तिनीहरूले उपकरणको उपयोग गर्नका लागि टुइटर कर्मचारीहरूलाई तिर्ने माध्यमबाट वा वा एक कर्मचारीको खाताबाट सीधा उपकरणमा पहुँच प्राप्त गरेको भन्ने विश्वास गरिन्छ।

१२ भन्दा बढी बिटकोइनहरू एक नयाँ ठेगानामा पठाइएको थियो जसको मूल्य  अमेरिकी डलर $१,१०,००० बराबर रहेको थियो। टुइटहरू सार्वजनिक गरिसकेको केही मिनेटपछि, विद्युतीय थैलीका ठेगानाहरूमध्ये एकमा ३२० भन्दा बढी लेनदेनहरू भइसकेका थिए।

साइबरसुरक्षा कम्पनी क्राउडस्ट्राइक कम्पनीका सह-संस्थापक दिमित्री आल्परोभिचले उक्त घटनालाई “अहिलेसम्मको एक प्रमुख सामाजिक सञ्जाल मञ्चको सबैभन्दा नराम्रो ह्याक” भनेर वर्णन गरेका थिए। ह्याक गर्नका लागि कार्यान्वयन गरिएको सामाजिक अभियान्त्रिकरणले महत्वपूर्ण अनलाइन छलफलहरूमा सामाजिक सञ्जालको प्रयोग र सन् २०२० को संयुक्त राज्य अमेरिकाको राष्ट्रपति चुनावमा पनि असर गर्ने सक्ने भन्दै सुरक्षा अनुसन्धानकर्ताहरूले चिन्ता व्यक्त गरेका थिए।

घटना

घोटालाको अदालती विश्लेषणले प्रारम्भिक घोटालाका सन्देशहरू खाताहरूद्वारा पहिलो छोटो, एक वा दुई चरित्र भएका विशिष्ट नामहरू, जस्तै "@६" सँग सार्वजनिक गरिएको थियो। त्यसपछि, १५ जुलाई २०२० मा, अन्तर्राष्ट्रिय प्रमाणिक समय अनुसार २०:०० बजे, कोइनबेस, कोइनडेक्स र बिनान्से लगायतका गुप्तिकृत मुद्रा विनिमय कम्पनीमा टुइटर खाताहरूमा अनाधिकृत टिप्पणी लेख्दै उक्त टिप्पणीलाई टुइटको रूपमा सार्वजनिक गरिएको थियो। घोटाला, त्यसपछि २०:१७ अन्तर्राष्ट्रिय प्रमाणिक समयमा, एलन मस्कको टुइटर खाताबाट पठाइएको पहिलो टुइटको साथ अधिक अनुयायी भएका प्रख्यात व्यक्तिहरूको खाताहरूमा लगिएको थियो।

अन्य स्पष्ट रूपमा प्रमाणित गरिएका खाताहरूमा बराक ओबामा, जो बिडेन, बिल गेट्स, जेफ बेजोस, मिस्टर बिस्ट, माइकल ब्लूमबर्ग, वारेन बफेट, फ्लोयद मेवेदर, किम कार्दसियन, र कान्य वेस्ट जस्ता प्रख्यात व्यक्तिहरू थिए घोटालाको शिकार भएका थिए भने कम्पनीहरूमा एप्पल, उबर, र क्यास एप जस्ता कम्पनीहरू समावेश थिए। टुइटरले यस घोटालाबाट १३० भन्दा बढी खाताहरू प्रभावित विश्वास गरेको थियो। यस घोटालामा पहुँच गरिएका खाताहरूमा प्रायः सबै खाताहरूको कम्तिमा १० लाख अनुयायीहरू छन्।

यस घोटाला/ह्याकमा संलग्न टुइटहरूमा, प्रेषकले परोपकारी कार्यमा कुनै पनि प्रयोगकर्तालाई उनीहरूले दिएको भण्डारणमा पठाएको बिटकोइनको मूल्य दोब्बर गरि फिर्ता गर्ने दावी गरिएको थियो जुन कोरना विषाणु महामारीको राहत प्रयासको एक भागको रूपमा भएको दावी गरिएको छ। यस टुइटहरूले गुप्तिकृत मुद्रा कम्पनीहरूको खाताहरूबाट धेरै दुर्भावनापूर्ण सूत्रहरूको साझेदारी गरिएको थियो। बिटकोइन दोब्बर गरिदिने दावी गरिएको घोटालाहरू टुइटरमा पहिला पनि भएको थियो। अति प्रचलित वा सर्वाधिक अनुयायी भएका खाताहरूमा यस्तो घोटाला गरिएको यो उनीहरूको पहिलो प्रमुख उदाहरण हो। सुरक्षा विज्ञहरू अपराधीहरूले यो घोटालालाई "प्रहार र कब्जा" अभियानको रूपमा चलाएको विश्वास गरेका छन्। खाताहरूमा पहुँच गर्ने कार्य छिट्टै बन्द हुने जानकारी थाह पाएर अपराधीहरूले योजनाबद्ध रूपमा काम गरेका थिए। यी वेबसाइटहरूमा बहु बिटकोइन भण्डारहरू सूचीबद्ध गरिएको थियो। पहिलोले ११८,००० अमेरिकी डलर भन्दा बढी रकम प्राप्त गरिसकेको थियो र यसबाट लगभग $६१,००० अमेरिकी डलर हटाइएको थियो जबकि, लगत्तै ट्विटरले ह्याक रोक्नका लागि कदम चालेको हुनाले, दोस्रोले मात्र हजार डलर प्राप्त गरेका थिए।