"राणा शासन" का संशोधनहरू बिचको अन्तर

सा
सा (वि. म.: हिज्जे ठीक (-कानून +कानुन))
देशका मुख्य मुख्य शक्तिशाली पदहरूमा पनि राणा खानदानका नै मानिसहरू नियुक्त हुन्थे। आधारभूत मौलिक अधिकार हुँदैनथ्यो। राणाले जे बोले पनि कानुन सरह लागू हुन्थ्यो।
==राणा शासणको अन्त्य गरेको कथा==
[[नेपाली कांग्रेसलेकांग्रेस]]ले [[मातृकाप्रसाद कोइरालाकोकोइराला]]को नेतृत्वमा सशस्त्र विद्रोहको उद्घोष गरसिकेको थियो । त्यस क्रान्तिमा विद्यार्थी पनि सरकि हुनुपर्छ भनेर वनारसबाट ५० जना विद्यार्थी वीरगन्जको युद्धमोर्चामा खट्ने निर्णय गर्‍यौँ । तर, त्यसका लागि पटनामा रहेको नेपाली कांग्रेसको हेडक्वार्टरमा कमान्डर मातृकाप्रसाद कोइरालासँग सम्पर्क गरेर अनुमति लिनुपर्ने प्रावधान थियो ।
मातृकाप्रसाद कोइरालाले नेपाली कांग्रेसको झन्डा नबोकी मोर्चामा सरकि हुन नपाइने उर्दी सुनाएपछि शैलेन्द्रकुमार उपाध्यायसहित ११ जना कम्युनिस्ट समर्थक विद्यार्थी रक्सौलमा रहेको छुट्टै क्याम्पमा बस्ने गरी त्यहाँबाट बाटो लाग्यौँ । पुष्पलाल श्रेष्ठ, तुलसीलाल अमात्यलगायतका कम्युनिस्ट नेताहरू रक्सौलको त्यही क्याम्पमा आन्दोलनलाई सघाउन पुगिसकेका थिए । आन्दोलनमा सरकि हुन त्यहाँ पुग्नेजति सबैलाई उनीहरूले उसिनाका चामल र भान्टाको तरकारी खुवाउने प्रबन्ध मिलाएका थिए । हामीले पनि खूब खायौँ ।
यत्तिकैमा [[थीरबम मल्ललेमल्ल]]ले सहादत प्राप्त गरेको खबर आयो । मलाई पनि ज्यादै उकुसमुकुस भयो । आन्दोलनको मोर्चामा सरकि भएर 'बरु शहीद हुन्छु, त्यत्तिकै बस्िदनँ' भन्ने अठोट गरेँ । मलाई काठमाडौं गएर आन्दोलनमा सरकि हुन भनियो । तर, राहदानी मिलेन । त्यसपछि म वनारस फर्किएँ । पाल्पा सहायक मण्डल भन्ने पाल्पाली विद्यार्थीको एउटा सङ्गठन थियो, त्यसैको भेला आयोजना गरी पाल्पा जाने र त्यहीँबाट आन्दोलन उठाउने सल्लाह भयो । पाल्पाबाट लालप्रसाद चित्रकार मलाई लिन नौतनवासम्म आउने व्यवस्था पनि उनीहरूले नै मिलाए ।
भारतमा कम्युनिस्ट पार्टी प्रतिबन्धित अवस्थामै थियो भने नेपालमा पनि सहज अवस्था थिएन । २००७ सालको परविर्तनपूर्व कम्युनिस्ट त के नेपाली कांग्रेसको झन्डा पनि सार्वजनिक रूपमा प्रदर्शन गर्न सकिने अवस्था थिएन । तसर्थ, डिल्लीरमण रेग्मीको सम्पर्कमा रहेर केही समय काम गरेको र उनीसँगको सम्बन्ध पनि सुमधुर नै रहेकाले शैलेन्द्रकुमार उपाध्यायको सल्लाहमा रेग्मीको स्वतन्त्रता, समानता र भाइचाराको प्रतीकस्वरूप तीनतारे झन्डा बोकेर पाल्पा जाने र त्यसैका मुनि पाल्पामा कम्युनिस्ट पार्टीको आन्दोलन सञ्चालन गर्ने कुरा भयो ।
चित्रकार मलाई लिन नौतनवा आएर बसेका थिए । उनले नै मलाई गरबि किसानको पहिरनमा छड्के पटुका बाँधिदिए र डोकोमा पुराना लुगाफाटो बोक्न लगाए । उनले मलाई यसरी सिँगारे कि फोटो देखेका र नाम मात्र सुनेकाले चिन्न सक्ने अवस्थै रहेन । त्यहाँबाट बाटो लागेपछि आममानिस र प्रहरीलाई उनी यसरी हँसाउँथे, मान्छे हेरेका हेर्‍यै हुन्थे । उनी मेरो परचिय यसरी दिन्थे, 'मेरो गाउँका दूध बेच्ने जैसी बाहुन हुन् ।' उनको कला ज्यादै उन्मुक्त किसिमको थियो । आमजनताले बुझ्ने, मन पराउने प्रहसन र व्यंग्य चित्र लेखनमा पाल्पामा कमाएको प्रसिद्धि यहाँ पनि ठाउँठाउँमा देखाउँदै हिँडिरहेका थिए ।
एक समय थियो, पाल्पाका मानिसहरू चित्रकारलाई पाहुना बनाएर खुवाउन पाउँदा ज्यादै गौरवको अनुभव गर्थे । यिनका बुबा बज्रकर्मी र रंगरोगन लगाउने काम गर्थे । यिनीहरूले कोरिदएका चित्र अहिले पनि तानसेनका खानदानी पुराना घरहरूमा देख्न पाइन्छन् । ००७ सालको जनक्रान्तिको सम्झना गर्दा सबैभन्दा पहिले मेरो आँखामा 'लाले जोकर'का रूपमा प्रख्यात भएका तिनै चित्रकारको अनुहार मुस्कुराउँछ र हामी हिँडेको बाटोको सम्झना गराउँछ ।
बेलुका अबेर गर्दा पाल्पामा कफ्र्यु लाग्ने डर थियो भने दिउँसै जाँदा मलाई त्यहाँ चिन्छन् कि भन्ने पनि त्रास थियो । त्यसैले हामी झिसमिसे अँध्यारोमा बजार प्रवेश गर्‍यौँ, त्यो पनि मूलबाटोबाट नभई चोरबाटोबाट । त्यहाँबाट हामी सरासर सुन व्यापारी त्रिरत्न शाक्यको पसलमा पुग्यौँ । पसलमा मान्छेहरूको भीड थियो । मैले 'अलिकति सुन बेच्नु थियो साहूजी !' भन्न के पाएको थिएँ, उनले बुझिहाले र मलाई भित्र लिएर गए । लालप्रसाद त्यहीँबाट बिदा भए । म लक्ष्मीप्रसाद श्रेष्ठको घरमा गएर बेलुका बास बसेँ ।
 
१८ पुस २००७ का दिन पाल्पाका ३२ जना युवा टक्सारमा भेला भयौँ र भोलिपल्टबाट आन्दोलन चर्काउने निर्णय गरी सहीछाप गर्‍यौँ । ३२ जनाले सहीछाप गरे पनि भोलिपल्ट १३ युवक र चार युवतीका साथ हाम्रो आन्दोलन सुरु भयो । तीनतारे झन्डा र व्यानरका साथ अघि बढेको जुलुसमा पूरै तानसेन बजारका मानिसहरू सहभागी हुन थाले । तीन ठाउँमा सम्बोधन गर्दा नगर्दै मलाई शीतलपाटीमा घोक्र्याएर समाउन खोजिए पनि त्यो सम्भव भएन । यत्तिकैमा गजब के भयो भने कर्णेल क्षेत्रविक्रम राणाले मेरो हात समातेर 'हामी पनि राजा त्रिभुवनकै समर्थक हौँ, आजलाई जुलुस बन्द गरेर घरघर जाऔँ' भने । म पनि के कम भनिहालेँ, त्यसो भए तपाईंहरू पनि राजाका पक्षमा नारा-जुलुस गर्नुस् न त ! उनले 'सैनिक अनुशासन'का कारण यसो गर्न नमिल्ने बताएपछि हामी आफ्नै ढंगले जुलुस गर्दै अगाडि बढ्यौँ । त्यस दिन मात्रै मैले १९ ठाउँमा भाषण गरेको थिएँ । यत्तिकैमा चारैतिरका सैनिक पोस्टहरू हटाइए । कफ्र्यु तोडियो । नजरबन्दमा रहेका रुद्रशमशेर राणा पनि मुक्त भए । र, राजबन्दीहरू पनि रहिा हुने क्रम सुरु भयो । यसरी १९ पुसका दिन नै पाल्पाबाट राणाशासनको अन्त्य भयो ।
 
यत्तिकैमा मलाई पाल्पामा वनमा लगेर गोली हानी मारएिको हल्ला वनारसमा खूब चलेछ । भारतका मुख्य समाचारपत्रहरूले ठूल्ठूला शीर्षकमा मेरो सहादतको समाचार प्रकाशित गरेछन् । डिल्लीरमण रेग्मी स्वयंले त प्रधानमन्त्री [[जवाहरलाल नेहरूलाईनेहरू]]लाई 'नेपाली कांग्रेसका मान्छेहरूले मेरो सोझो र निरपराध कार्यकर्ता कमलराज रेग्मीलाई मारेर घोर अन्याय गरेको' तारसमेत दिल्लीमा पठाएका थिए रे ! वनारसमा साथीहरूले मेरो सम्झनामा 'शोकसभा' मनाउने बन्दोबस्त गररिहेका बेला लखनउबाट प्रकाशित हुने नयाँ सबेराले सत्य समाचार प्रकाशित गरेछ, 'कामरेड कमलराज रेग्मी जिन्दा हैं' शीर्षकमा ।
 
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/846875" बाट अनुप्रेषित