"ब्राह्मी लिपि" का संशोधनहरू बिचको अन्तर

सा ब्राहृमी लाई ब्राह्मी लिपिमा सारियो
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[Image:Kanheri-brahmi.jpg|right|thumb| कान्हेरी गुफाको एउटा शिलामा ब्राह्मी लेख]]
ब्राहृमीब्राह्मी लिपि विश्वको प्राचीनतम् लिपिमध्ये एउटा हो । यो लिपिको उत्पत्ति भारतमा भएको भन्ने विषयमा दुईमत छैन । यद्यपि ब्राहृमी लिपिको उत्पत्ति यसैबेला भएको भन्नलाई आज पनि कुनै निश्चित आधार छैन । ब्राहृमण समुदायबाट यो लिपिको उत्पत्ति भएको भन्ने जनविश्वास छ । त्यसैले यो लिपिको नाउँ पनि ब्राहृमणबाट ब्राहृमी भएको भनाइ छ । भारतमा ब्राहृमणले धार्मिक ग्रन्थ 'वेद' को संरक्षणका लागि नै यस लिपिको सिर्जना गरेको भन्ने आमविश्वास छ । भारतमा ई.पू. ४०० वर्षअघि यस लिपिबाट लिखित कुनै ऐतिहासिक सामग्री भेटिएको छैन । जैनसूत्रमा उल्लेख भएका १८ लिपिमा सबैभन्दा अगि्रमपङ्क्तिको लिपि ब्राहृमी लिपि हो । बौद्धग्रन्थ 'ललित विस्तर' मा ६४ वटा लिपिको वर्णनमध्ये क्रमागतरूपले सबैभन्दा पहिलो लिपि ब्राहृमी लिपि हो । ब्राहृमी लिपिको उत्पत्ति राजा अशोक -ई.पू. २७३-२३२) भन्दा दुई शताब्दी अघि भएको विश्वास छ । राजा अशोकको शिलालेखमा यो लिपि धेरै प्रयोग भएको छ । यस लिपिको प्रचारप्रसारको मूल आधार यही शिलालेखहरूलाई लिइन्छ । यद्यपि भारतको गुप्त शासनकालमा आएर यो लिपिको आकृति र स्वरूपमा केही परिवर्तन भयो । त्यसरी परिवर्तित लिपिलाई गुप्त लिपि भन्न थालियो । फेरि समयको अन्तरालमा गुप्त लिपिको आकृतिमा पनि परिवर्तन हुन थाल्यो, त्यस्तो परिवर्तित लिपिलाई कुटिल लिपि वा कुटिलाक्षर भन्ने गरियो । यो कुटिल लिपि ईसाको छैठौँ शताब्दीतिर देखापरेको थियो ।
 
नेपालमा प्रचलित देवनागरी लिपिको जननी ब्राहृमी लिपि हो । नेपालमा ई.पू. २०० वर्षअघिको लुम्बिनीको अशोक स्तम्भ र कपिलवस्तुको निग्लिहवामा रहेको पुष्पीकरणको अशोकस्तम्भ अभिलेखमा उल्लेखित लिपि ब्राहृमी लिपि हो । नेपालको लागि यो सबैभन्दा प्राचीन, ऐतिहासिक सामग्री र लिपि भएको छ । यसरी नेपालको यो स्तम्भ र लिपिको ऐतिहासिक महत्त्व छ ।