"बम शाह" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ९:
 
== युद्ध पश्चात ==
[[महाकाली नदी|महाकाली]] देखि पश्चिम पट्टिका किल्लाहरू शत्रुलाई सुम्पेर बम शाह फिरेको समाचार काठमाडौं मा आइपुग्दा श्री ५ महाराज [[गीर्वाणयुद्ध विक्रम शाह|गीर्वाणयुद्ध]] र [[भीमसेन थापा]] आदी भारदारहरूका दिलमा बडो आघात पर्न आयो। बम शाह र [[अमरसिंह थापा]]ले बडो इमानदारी सँग युद्ध संचालन गर्दा पनि हार भएको हो भन्ने यिनीहरूलाई बोध भएको हुनाले ती सेनापतिहरू देखि अप्रसन्न थिएनन्। तर बम शाह र भीमसेन थापाथापाका का बीच माबीचमा व्यक्तिगत दोष थियो ।थियो। यस कारणले शत्रुलाई कुमाउँ प्रदेश छाडेर आएको अपराध लगाई भीमसेन थापाले मेरो ज्यान लिने श्री ५ गीर्वाण को आज्ञा पाठाउलान् भन्ने बम शाह को दिलमा भय पैदा भयो। यस कारणले काठमाडौं बाट मेरा कामको समर्थन भएर पत्र नआएसम्म महाकाली वार रहन पाउँ भनी कर्णेल गार्डनर सँग भन्दा मन्जुरी दिए । यतिमात्र होइन, "यदि तपाइँका ज्यानमा धक्का दिने कुरा भीमसेन थापाले गरे भने डोटी दखल गरेर त्यहाँका राजा बन्नुहोस्" भन्ने सल्लाह दिई माइराको अनुमति पनि दिलाए। यो खबर चामु भण्डारीबाट भीमसेन थापाले पाए।
 
वास्तवमा भीमसेन थापाले बम शाहको कामलाई उचितै ठहर्याएका थिए। यस कारणले श्री ५ गीर्वाणयुद्ध का भाकाबाट उनको कामको समर्थन गरी डोटीका हाकिम गरिदिएका हुनाले उनी डडेलधुरामा बसे। अमरसिंह थापा र बम शाहका बीचमा पनि व्यक्तिगत वैरभाव हुनाले बम शाह सँग भेताघट नगरी [[डोटी जिल्ला|डोटी]], [[प्युठान जिल्ला|प्युठान]] र [[पाल्पा जिल्ला|पाल्पा]]को बाटो गरी अमरसिंह थापा काठमाडौं तिर लागे। <ref>{{cite book|title=पूर्णिमा वर्ष २१, अंक ४|author=[[महेशराज पन्त]]; [[दिनेशराज पन्त]]|page=४०|date=२०५० बैशाख|publisher=[[संशोधन मण्डल]]|isbn=|url=http://himalaya.socanth.cam.ac.uk/collections/journals/purnima/pdf/Purnima_21_04.pdf}}</ref>
 
==सन्तान==
उनका श्री चौतारिया दक्ष शाह, मोहन वीर शाह, नीर भञ्जन शाह र भक्तकेशर शाह गरि चार छोरा थिए।
"https://ne.wikipedia.org/wiki/बम_शाह" बाट अनुप्रेषित