"बिदुर नगरपालिका" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३१:
गोरखालाई नुवाकोटसँग सर्म्पर्क बढाउने महत्वपूर्ण मार्गका रूपमा हात्तिगौंडा, र्राईसिंङ्ग, कागुने, सामरी, थर्पु, कटुञ्जे, व्याङ्रुङ, पालुङटार, आरुघाट भएर गोरखा बजार पुग्ने परम्परागत पैदल बाटोलाई मानिन्छ। जुन मागृ भएर गोरखाली सेनाहरू महिनौ अघि आक्रमणको तयारीका लागि त्रिशुली बजारमाथिको खिञ्चेत बगैंचामा आई बसेका थिए। यसप्रकार महिनौदेखि प्रशिक्षण र भारतको बनारसबाट नयाँ हातहतियार, गोलीगÝा खरीद जस्ता व्यापक तयारीले लडाईंलाई सफल तुल्याएको देखिन्छ। नुवाकोट हात परेपछि मल्लकालिन दरबार मन्दिर कायमै राखी गोरखाली राजाले सामाजिक तथा आर्थिक क्रियाकलापलाई बढावा दिए।
 
बडामहाराजद्वारा ललितपुरका कालिगढ झिकाई वि.सं.१८१९मा भव्य नौतले दरबार बनाउन लगाए। पछि नब्बे सालको महा- भूकम्पले गर्दा दुई तल्ला भत्किएर साततले मात्र हुन पुगेको थियो। पुरातात्विकविद् डा.साफल्य अमात्यका अनुसार तत्कालीन अवस्थामा मल्ल राजाहरूले पाँच तल्ला र र्सवसाधारण जनताले तीन तल्लासम्मको घर बनाउने गरेका थिए तर उपत्यकाका मल्ला राजाहरूको घमण्ड तोड्नकै लागि पृथ्वी नारायण शाहले मन्दिर शैलीको नौतले दरबार बनाउन लगाएका हुन। स्मरणीय छ कि यसलाई गृष्मकालिन दरबारका रूपमा उपयोग गरी अर्को शीतकालिन दरबारका रूपमा वि.सं.१८२२मा [[शेरा दरबार]]को निर्माण भएको थियो। साततले रहेको बार्दलीबाट आक्रमणकारीलाई टाढैबाट देख्न सकिने र युद्घ बन्दिका लागि थुन्ने खोरका साथे दरबारको वास्तुकलालाई लिइन्छ। यस दरबार अघिल्तिरको तिलिङ्गा घर जसलाई पछि गएर गारद घर भन्न थालियो। साथै उत्तर पर्ूव कुनाको रणबहादुर शाहको बैठक घर पनि शाह कालमा निर्माण भएको थियो। यसको पुनः निर्माणतर्फसरकारले चासो राखेको देखिदैन। मल्लकालिन धार्मिक तथा सांस्कृतिक सम्पदाका रूपमा प्रसिद्घ भैरवी मन्दिर र सिन्दुर जात्रा लगायत तलेजु मन्दिर, नारायण तथा विष्णुको मन्दिर, नारायण जात्रा, सिपाही जात्रा, रोपाइ जात्रा, [[टाकटुके जात्रा]] र लाखे जात्रा आदि प्रमुख मानिन्छ। यी बाहेक अन्य मन्दिर, पाटी-पौवा, डबलीहरू पनि यहाँ नभएका हैनन्। गत वि.सं.२०२० सालको सदरमुकाम स्थानान्तरणसँगसँगै केही साँस्कृतिक परम्पराहरू लोप हुदै गएका छन्। जुन दुःख लाग्दो विषय हो। मल्लकालमा उपत्याकाबाट बसाँइ सरी आएका नेवार समुदायले आफ्ना टोल बजारको नाम काठमाडौंको जस्तै [[इन्द्रचोक, काठमाडौं|इन्द्रचोक]], ब्रहृमटोल, भूटोल आदि राखेका थिए। जुन अद्यपि कायम छ। यी नेवार जातिमध्ये कतिपय [[साततले दरबार (नुवाकोट)|साततले नुवाकोट दरबार]]को निर्माणका लागि आएका हुनसक्ने अनुमान गर्न सकिन्छ।
 
नेपाल अधिराज्यलाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गर्नु अघिसम्म "पश्चिम १ नम्बर" अर्न्तगत रहेको यस जिल्लाको नामाकरण गोपालवंशिय शासनकालदेखि नवकोट, नवकोट्य, नवक्वाथ, नौकोटबाट अपभ्रंश हुँदै हालको नुवाकोट रहन गउको ऐतिहासिक अनुश्रुति रहेको छ। नुवाकोट जिल्लाको नामाकरण नौं कोटबाट भएको भएतापनि सल्यानकोट र धुवाँकोट पश्चिम. १ नं. बाट २०१९ सालमा जिल्ला विभाजन हुदाँ [[धादिङ जिल्ला]]मा र कालिकोट रसुवा जिल्लामा परेतापनि बाँकी अझै नवकोट यानि नौवटा कोटहरु [[बेलकोट]], मालाकोट, प्यासकोट, सिमलकोट, भैरमकोट फिर्केपकोट तारुकाकोट झिल्टुङकोट र कविलासकोट नुवाकोट जिल्लामा रहेकाछन् । नेपाल अधिराज्यको मानचित्रमा नुवाकोट जिल्लाको अवस्थिति २७४५' देखि २८२०' उत्तरी अक्षांशसम्म र ८५०' देखि ८५४५' पर्वी देशान्तरसम्मको फैलावटमा रहेको छ। समुद्रसतहबाट न्युनतम ४५७' मिटरदेखि अधिकतम ५१४४' मिटर उचाईसम्म भू-धरातल रहेको यस जिल्लाको क्षेत्रफल ११२१ वर्ग किलोमिटर छ। जिल्लाको समग्र भू-धरातलिय हिसाबमा मुख्यतः तीन भागमा विभाजन गर्न सकिन्छ।