"इन्टरनेट चलचित्र डेटाबेस" का संशोधनहरू बिचको अन्तर

→‎इतिहास: शब्द थप
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २३:
=== वेबसाइट भन्दा अगाडिको इतिहास ===
 
यसको स्थापना बेलायती चलचित्र प्रशंसक र कम्प्युटर प्रोग्रामर कोल निधामले गरेका थिए जहाँ उनले पहिलो पटक यसमा सुन्दर आँखा भएकी अभिनेत्रीहरूको बारेमा लेखेका थिए।<ref>{{cite newsgroup
| title = Re: Frequently Asked Questions List (2/28/90)
| author = जेफ डाल्टन
| date = 1 March 1990
| newsgroup = rec.arts.movies
| message-id = 1892@skye.ed.ac.uk
| url = https://groups.google.com/d/msg/rec.arts.movies/_3XDw1YOp6A/11SgWWh24wsJ
| access-date = 13 August 2019
}}</ref> उस्तै रुचि भएका अन्य प्रयोगकर्ताहरूले आफ्ना आफ्नै सूचीहरू थप गर्दै प्रतिक्रिया दिएका थिए। पछि निधामले "अभिनेताहरूको सूची" यसमा थप्न सुरु गरेका थिए भने डेभ नाइटले "निर्देशकहरूको सूची"मा कार्य थालेका थिए र पछि यसमा "अभिनेत्रीहरूको सूची" पनि थप गरिएको थियो। यी सूचिहरूलाई जीवित र काम गरिरहेका मानिसहरूलाई प्रतिबन्धित गरिएको थियो, तर चाँडै नै सेवानिवृत्त व्यक्तिहरूलाई यसमा थप गरिएको थियो। निधामले हाल उपस्थित नभएको एक अलग "मृत अभिनेता / अभिनेत्री सूची" प्रस्तुत गरेका थिए। स्टिभ ह्यामन्डले दुबै अभिनेता र अभिनेत्रीहरूको सूचिहरूको लागि चरित्र नामहरू सङ्कलन र समायोजन गर्न सुरु गरेका थिए। यसले लोकप्रियता प्राप्त गरिरहेको बेलामा, तिनीहरू सूचीमा आफैँ समायोजन गरिएको थियो। सहभागीहरूको लक्ष्य सूचीलाई सकेसम्म समावेशी बनाउनु थियो।
 
सन् १९९० को दशकको अन्त्य सम्ममा, ती सूचीहरूमा अभिनेता र अभिनेत्रीहरूसँग सम्बन्धित १०,००० चलचित्र र दूरदर्शन शृङ्खलाहरू समावेश गरिएको थिए। १७ अक्टोबर १९९० मा, निधामले युनिक्स शेल नामक एक लिपि सङ्ग्रहको विकास र सार्वजनिक गरेका थिए जसलाई चार सूचीहरूको खोजी गर्न प्रयोग गर्न सकिन्थ्यो र यसको साथै "इन्टरनेट चलचित्र भण्डारण"को सुरुवात भएको थियो।<ref>{{cite news |last=चिमिचेस्की |first=डाउन |date=January 19, 2013 |url=http://articles.latimes.com/2013/jan/19/business/la-fi-himi-needham-20130120 |title=Col Needham created IMDb |newspaper=लस एन्जेलेस टाइम्स}}</ref>
 
=== इन्टरनेटमा उपस्थिति ===
 
यसलाई चलचित्र निर्माता र अन्य जनसाङ्ख्यिकीय सामग्रीका साथै जानकारी मुलक विवरण, जीवनी, र पटकथा सारांशहरूको थप श्रेणीहरू समावेश गर्न विस्तार गरिएको थियो। चलचित्र मूल्याङ्कन सूची आँकडाहरूका साथ राम्रोसँग एकीकृत गरिएको थियो, र भण्डारणमा प्रश्न गर्ने सेवा, केन्द्रीय पृष्ठदृश्यलाई एलन जेले सृजना गरेका थिए। पछि, सन् १९९३ मा, यो कार्डिफ इन्टरनेट चलचित्र भण्डारण नामले भर्खर भर्खरै प्रयोगमा आएको विश्वव्यापी जालमा सरेको थियो। भण्डार वेल्सको कार्डिफ विश्वविद्यालयको कम्प्युटर विज्ञान विभागको सर्भरहरूमा रहेको थियो।<ref>{{cite web |url=http://www.cs.cf.ac.uk/movies/ |title=Historical Internet Movie Database Site |publisher=Cardiff School of Computer Science & Informatics |access-date=March 21, 2013 |url-status=dead |archiveurl=https://web.archive.org/web/20130324121844/http://www.cs.cf.ac.uk/movies/ |archivedate=March 24, 2013}}</ref> रोब हार्टिल मूल वेब पृष्ठदृश्यका लेखक थिए। सन् १९९९ मा, डाँक पृष्ठदृश्यको सबै जानकारीको पेश, स्वीकारका लागि संशोधित गरिएको थियो जसले मानिसहरूलाई तिनीहरुका अद्यावधिक विवरण सहित विशिष्ट सूची अनुरक्षणकर्तालाई डाँक पठाउन सक्षम गर्दछ। तथापि, एकल चलचित्रमा प्राप्त जानकारीलाई धेरै खण्ड व्यवस्थापकहरूमा विभाजित गर्नका संरचनालाई सुधार गरिएको थियो। त्यतिबेला, खण्डहरू चलचित्र कर्मीहरूको श्रेणी र त्यसमा समावेश गरिएका व्यक्तिगत चलचित्रमा गरिएको अभिनयद्वारा परिभाषित र निर्धारण भइरहेको थियो। त्यसपछिका केही वर्षहरूमा, यस इन्टरनेट भण्डार दान गरिएको ब्यान्डविथका साथ विश्वभरि प्रतिकृति सञ्जालमा सञ्चालन गरिएको थियो।<ref>{{cite web |title=आइएमडिबीको इतिहास |url=https://www.imdb.com/help/show_leaf?history |website=आइएमडिबी}}</ref>
 
=== स्वतन्त्र कम्पनीको रूपमा ===
 
सन् १९९६ मा, आइएमडिबीलाई संयुक्त अधिराज्यमा औपचारिक रूपमा स्थापना गरिएको थियो र इन्टरनेट चलचित्र भण्डार लिमिटेडका संस्थापक कोल निधाम प्राथमिक कम्पनीका प्रारम्भिक मालिक बनेका थिए।
वेबसाइट सञ्चालन लागि सामान्य राजस्व विज्ञापन, इजाजतपत्र र साझेदारीको माध्यमबाट उत्पन्न गरिएको थियो।<ref>{{cite web |title=IMDB turned 20 on 17&nbsp;October 2010 |url=https://www.imdb.com/help/show_leaf?history}}</ref>
 
=== अमेजन डटकमको सहायक कम्पनीको रूपमा (सन् १९९८–हाल) ===
 
सन् १९९८ मा, एमेजन डटकममा संस्थापक, मालिक, र कार्यकारी, [[जेफ बेजोस]]ले आइएमडीबीलाई लगभग $५ करोड ५० लाख अमेरिकी डलरमा खरिद गर्नमा लागि संस्थापक निधाम र अन्य प्रमुख शेयरधनीहरूसँग सम्झौता गरेका थिए र जेफ बेजोसले पछि यसलाई उनको कम्पनी [[अमेजन (कम्पनी)|अमेजन]]को सहायक कम्पनीका रूपमा यसमा संलग्न गरेका थिए।<ref>{{cite web |url=http://www.secinfo.com/dr643.7kp.c.htm#2ndPage |title=SEC Info - Amazon Com Inc - '8-K' for 4/27/98 - EX-99.2 |website=सेकइन्फो डटकम |date=April 27, 1998 |accessdate=March 23, 2017}}</ref> यसले आइएमडीबीका सेयरधनीहरूलाई उनीहरूको कामको गरेबापतको तलब प्राप्त गर्न सक्ने क्षमता प्रदान गरेको थियो। अमेजन डटकमले आइएमडीबीलाई डिभिडी र संशोधन नगरिएका श्रव्य दृश्यहरू बेच्नको लागि विज्ञापन स्रोतको रूपमा प्रयोग गर्न सुरु गरेको थियो।<ref>{{Cite web|url=https://www.latimes.com/business/hollywood/la-fi-ct-amazon-imdb-withoutabox-20181019-story.html|title=Amazon-owned IMDb ending film festival submission platform Withoutabox|last=ङ|first=डेभिड|website=latimes.com|access-date=2019-06-13}}</ref>
 
आइएमडिबीले यसको कार्यक्षमता विस्तार गर्न जारी राखेको थियो। १५ जनवरी २००२ मा, यसले मनोरञ्जन व्यवसायीहरूलाई लक्षित गर्ने उद्देश्यका साथ यसमा आइएमडसबीप्रोको रूपमा चिनिने सदस्यता सेवा थप गरेको थियो। आइएमडिबीप्रो सन् २००२ सनडान्स चलचित्र महोत्सवमा घोषणा र सुरुवात गरिएको थियो। यसले चलचित्र निर्माण र बक्स अफिस विवरणहरू, एक कम्पनी निर्देशिका, र ग्राहकहरूको क्षमता विविधतामा विवरण सहित व्यक्तिगत जानकारी पृष्ठहरू थप्नको लागि सेवा प्रदान गर्दछ।<ref>{{cite press release |url=http://www.prnewswire.co.uk/cgi/news/release?id=37602 |title=Internet bookseller Amazon.com announces acquisition of United Kingdom company The Internet Movie Database Ltd. |author=IMDb |agency=PR Newswire Europe |access-date=January 15, 2007 |date= }}</ref>
 
प्रयोगकर्ताहरूको लागि थप प्रोत्साहनको रूपमा, सन् २००३ सम्म, यसले "शीर्ष १०० योगदानकर्ताहरू"लाई सम्मानको रूपमा निःशुल्क पहुँच प्रदान गरेको थियो भने सन् २००६ मा कम्पनीले यो सङ्ख्यालाई ६०० मा वृद्धि गरेको थियो र पछि सन् २०१० मा, सङ्ख्यालाई पुन: वृद्धि गरिँदै २५० पुर्‍याइएको थियोथियो।<ref>{{cite web |url=https://www.imdb.com/updates/guide/top_contributors#top2010 |series=IMD; announcement |title=Top&nbsp;250 contributors for 2010 |access-date=August 25, 2011 |first=कोल |last=निधाम |date=January 1, 2011 |website=आइएमडिबी}}</ref> सन् २००८ मा, कम्पनीले आफ्नो पहिलो आधिकारिक विदेशी भाषा संस्करण [[जर्मनेली भाषा]]मा सुरु गरेको थियो। सन् २००८ मा, आइएमडिबीले विथआउट अ बक्स र बक्स अफिस मोजो लगायतका कम्पनीहरूको अधिग्रहण गरेको थियो।<ref>{{Cite web|url=https://www.cbsnews.com/news/amazons-imdb-acquires-box-office-mojo-will-add-box-office-data-to-service/|title=Amazon's IMDB Acquires Box Office Mojo; Will Add Box Office Data To Service|website=सिबिएस समाचार|language=अङ्ग्रेजी|access-date=2019-06-13}}</ref>
 
वेबसाइट मूल रूपमा पर्लमा<ref>{{cite web |url=https://help.imdb.com/article/imdb/general-information/what-software-are-you-using-to-run-imdb/GH25HF4NB3C2KP9E |title=What software are you using to run IMDb? |publisher=आइएमडिबी |year=2017 |access-date=November 16, 2017}}</ref> आधारित थियो, तर आइएमडीबीले सुरक्षाको कारणका लागि हाल कुन सफ्टवेयर प्रयोग गर्ने गरेको भन्ने कुरा खुलासा भएको छैन। सन् २०१० मा, यस सेवालाई चीनमा प्रतिबन्ध गरिएको थियो।<ref>{{cite news |url=http://news.ynxxb.com/content/2013-3/7/N43454373267.aspx |title=全球最大电影数据库3年后解封 |last= |first= |date=2013-03-07 |work=[云南信息报 |accessdate= |archiveurl=https://archive.is/20130428162203/http://news.ynxxb.com/content/2013-3/7/N43454373267.aspx |archivedate=2019-04-28 }}</ref>
 
== विशेषताहरू ==