"विकिपिडिया:चौतारी (विविध)" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३९६:
 
* माथिका टिप्पणी पढ्दा, मुल भाषा, मुल उच्चारण र अाइपिएको सरासर उल्लङ्घन गरेको भेटिन्छ जसलाई सबै विकिपिडिया र सबै क्षेत्रमा मानकको रूपमा हेरिन्छ, तर, यहाँ किन उल्लङ्घन भएको हो त्यध बुझ्न बाँकी छ। माथि भनिएको कोडिङ त्रुटी खोज्नुहोस् र बदल्नुहोस् भन्ने उपकरणले गर्दा भएको रहेछ, मैले हेरे, कतिपयले अनुवाद गर्छन् अङ्ग्रेजी छोड्छन्, वाक्य मिलाउँदैनन्, आदी गर्छन् त्यो र यो सामन त्रुटी हो जसले देख्यो उहीले सुधार गर्ने खालका, अब केके त्रुटी गरेको छ भनेर खोज्ने भन्दा पनि त्रुटी सुधार गर्नु पर्छ। [[:en:International_Phonetic_Alphabet|अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमाला]] कहाँ काम लाग्छ भन्नु बारे यहाँ लेखिएको छ। यो एउटा जेम्स, जामेस, हामेसको विषय मात्र होइन, कतिछन् कति यस्ता पृष्ठ, उदाहरणका लागि Gilson Espírito Santo एक नाम नचेलेका फुटबल खेलाडीको उच्चार लिने तरिका आइपिए हो। अफ्रिकी देशमा मानिसहरूको चर्चा निकै कम हन्छ भने यसको मुल नाम थाह पाउन निकै गाह्रो हन्छ जहाँ यो काम लाग्छ। आइपिएले गरेका निर्णायक [https://ne.m.wikipedia.org/wiki/%E0%A4%B5%E0%A4%BF%E0%A4%B6%E0%A5%87%E0%A4%B7:MobileDiff/651760 कार्य], अब के थाह पाउन सकिन्छ भने मानक उच्चारणका लागि आइपिए हेर्नुपर्छ। उदाहरण, आयाक्स भन्ने फुटबल क्लब छ जसको शीर्षक सञ्चार माध्यममा विभिन्न ५ थरी, आयाक्स, एज्याक्स, अज्याक्स, एजाक्स, आयक्स आदी छ। र यसको आइपिए [ˈaːjɑks] यस्तो छ, a = आ, ja = या, ks = क्स र हुन्छ आयाक्स जुन मानक हो, र यसै अनुरूप शीर्षक निर्धारित हुन्छ जुन कुनै मञ्चमा वा अन्य भाषामा विकिपिडियामा। नयाँ शब्द आउने बित्तिकै फरक फरक उच्चारण आउँछ जसप्रति सचेत बन्दै आइपिए अनुसार मानक उच्चारण लिनुपर्छ।[[User:हिमाल सुबेदी|हिमाल सुबेदी]] ([[User talk:हिमाल सुबेदी|कुरा गर्ने]]) १६:३७, २ जुलाई २०२० (नेपाली समय)
: यो सब काइते कुरा हुन्। विकिपिडिया कसैको निजी सम्पत्ति हैन। त्यसैले हामी सबै दायरामा रहेर काम गर्नु पर्छ। [[User:हिमाल सुबेदी|हिमाल सुबेदी]] जी तपाईंले बनाएको पृष्ठ दाभी लुइस केही महिना अघि मैले सही नाममा सरेको थिए तर तपाईंले त्यसलाई फेरि उल्टाउनु भयो जुन मलाई ठिक लागेको थिएन। मैले विकिपिडिया छाड्नु पछाडिको मुख्य कारणमा यो पनि पर्दछ। हामी सबै विकिपिडियामा अरु मानिसले सजिलोसँग आफ्नै भाषामा लेख पढ्न सकुन् भनेर योगदान गर्दछौं। हामी हाम्रो यत्रो अमुल्य समय खर्च गर्दछौं तर अन्त्यमा मानिसले गलत शिर्षकको लेख पढ्नु पर्दा धेरै दुख लाग्छ। तपाईंले आइपीए सम्बन्धि गरेको कुरा केही हद सम्म ठिक हो तर सबैमा यसलाई प्रयोग गर्नु पर्छ भन्ने छैन। तपाईं विकिपिडिया कसको लागि लेख्नु हुन्छ, आफैले पढ्न त अवश्य लेख्नु हुन्न होला। मानिसले राम्ररी जानकारी प्राप्त गरुन् भन्ने सोचले गर्नु हुन्छ होला। तपाईं विकिपिडियाका प्रमुख समाचार खण्ड पनि आवेदन नगरीकन सम्पादन गर्नु हुदो रहेछ। प्रबन्धकज्यूहरूले त यसका लागि आवेदन दिनु हुन्छ तर तपाईं केबल ढाँचा सम्पादक भए भन्दैमा आफ्नो अधिकारीको गलत उपयोग गर्ने अनि प्रबन्धकज्यू लाई धम्की दिने (केहि महिना अघि Nirjal stha ज्यूको वार्ता पृष्ठमा प्रबन्धक अधिकार दुरुपयोग गरेको भनेर धम्की दिएको सन्दर्भमा)। तपाईंलाई विकिपिडियामा मात्र लेख बनाउने र त्यसलाई प्रमुख बनाउने काम मात्र गर्नुपर्छ जस्तो लागेको होला तर सर्वप्रथम तपाईंले विकिपिडियामा नीति तथा नियमकानुन पढ्न जरुरी छ। यदि तपाईंले अङ्ग्रेजी विकिपिडियामा यस्तै काम गर्नुभएको थियो भने सधैंका लागि निशेध गरिन्थ्यो। नेपाली विकिपिडिया सानो छ भनेर यसमा राज गर्न कोशिस नगर्नु होला किनभने यो कसैको पेवा हैन। अबदेखि तपाईंलाई यस्ता काइतेतन्त्र नगर्न अनुरोध गर्दछु नत्र प्रबन्धक ज्यू बाट तपाईंले कडाभन्दा कडा सजाय पाउन सक्नु हुनेछ। धन्यवाद।- [[User:Bhupendra Shrestha|Bhupendra Shrestha]] ([[User talk:Bhupendra Shrestha|कुरा गर्ने]]) ०८:२१, ४ जुलाई २०२० (नेपाली समय)